कादर खान

भारतीय चलचित्र कलाकार र हाँस्य कलाकार

कादर खान (२२ अक्टोबर १९३७ - ३१ डिसेम्बर २०१८) भारतीय चलचित्र क्षेत्रका बहुचर्चित कलाकार हुन्। उनी हिन्दी चलचित्रमा हाँस्य कलाकारको रूपमा अभिनय गर्दथे । उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा प्रवेश गरेका थिए ।[५] खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।[६][७]

कादर खान
कादर खान २०१२ मा
जन्म(१९३७-१०-२२)२२ अक्टोबर १९३७[१]
काबुल, अफगानिस्तान
मृत्यु३१ डिसेम्बर २०१८(2018-12-31) (उमेर ८१)[२][३]
क्यानडा
नागरिकताभारतीय, क्यानडायन
मातृ शिक्षाप्रतिष्ठानइस्माइल युसूफ कलेज
पेशाअभिनेता
कार्यकाल१९७०-वर्तमान
धर्मइस्लाम[४]

व्यक्तिगत जीवन

कादर खानको जन्म सन् १९३७ साल अक्टोबर २२ तारिखमा अफगानिस्तानको काबुल सहरमा भएको थियो। उनको बुवा को नाम अब्दुल रहमान खान थियो भने आमा को नाम इकबाल बेगमका छोरा थियो । उनी सानो छँदा उनका आमाबुबा काबुल छोडेर मुम्बईको कामठीपुरा जिल्लामा बसाई सरेका थिए ।[८] उनले मुम्बई विश्वविद्यालयको इस्माईल युसुफ कलेजबाट स्नातक गरे । उनले प्राध्यापकको रूपमा काम गरेका थिए र भायकुलाको एम एच साबू सिद्दिक कलेज अफ इञ्जिनियरिमा गणित पढेका थिए ।[९] ५६ वर्षको उमेरमा उनले इस्लामी र अरब साहित्यमा हैदराबादको प्रतिष्ठित उस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरे। एक कुरानिक विद्वानको रूपमा उनले आफ्नो जीवनको अन्तिम दशक विद्यार्थीहरूलाई लिखित शब्दको अर्थ सिकाउन समर्पित गरे।[१०]

चलचित्र क्यारियर

कादर खानले सन् १९७३ सालमा राजेश खन्नाको चलचित्र दागबाट आफ्नो अभिनयको शुरुवात गरे र ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभयो। उनले २५०[११] भन्दा बढी चलचित्रहरूको लागि संवाद लेखे। अभिनेता हुनु अघि उनले जवानी दीवानीका लागि संवाद लेखेका थिए जसमा रणधीर कपूर र जया बच्चन तारान्कित थिए ।[१२]

निधन

कादर खानको ८१ वर्षको उमेरमा निधन भयो। लामो समयदेखि बिरामी उनको क्यानडामा उपचारका क्रममा २०१८ डिसेम्बर ३१ मा निधन भएको थियो। उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए।[१३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू