जुली कुमारी महतो

जुली कुमारी महतो[१] एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।[१] उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्। उनी नेकपा एमालेबाट[२] समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएकी हुन्।[३]

जुली कुमारी महतो
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
कार्यकाल
सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
प्रतिनिधि सभा सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

नेपालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी नेकपा एमालेबाट धनुषा–३ निर्वाचन क्षेत्रबाट उम्मेदवार भएर चुनाव लडेकी थिइन् तर उक्त निर्वाचनमा उनी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्।[४]

नेकपा एमालेको लामो समयदेखि सदस्य रहेकी उनी सन् २०१९ मा नेकपा एमालेनेकपा (माओवादी केन्द्र)को एकीकरणबाट बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको लागि धनुषा जिल्लाको 'सह-इन्चार्ज' नियुक्त भएकी थिइन्। नेपाल कम्युनिष्ट पार्टी लामो समयसम्म टिक्न नसकेर सन् २०२१ मार्च ८ मा विघटन भएको थियो।[५][६][७]

निर्वाचन इतिहास

निर्वाचनवर्षनिर्वाचन क्षेत्र/स्थानीय तहनतिजामतराजनीतिक दलस्रोत
दोस्रो संविधानसभावि.सं. २०७०धनुषा–३पराजित१३,५३९नेकपा एमाले

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड