अक्टोबर क्रान्ति

अक्टोबर समाजवादी क्रान्ति (रूसी:Великая Октябрьская социалистическая революция), वेलिकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेभोल्यूत्सिया) सन् १९१७ मा रूसमा भएको एक रूसी क्रान्ति थियो जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको अन्त्य हुँदै विश्वको इतिहासमा मजदुर र किसानको पहिलो राज्य सोभियत सङ्घको स्थापना भएको थियो।

अक्टोबर क्रान्ति
रूसी गृहयुद्ध, सन् १९१७-२३ को क्रान्तिको भाग

सन् १९१७ मा भुलकान कारखानाका सैनिकहरू
मिति७ नोभेम्बर, (२५ अक्टोबर) सन् १९१७
स्थान
पेत्रोग्राद, रूसी प्रजातन्त्र
परिणाम

बोल्सेभिकको जित

  • रूसी प्रगतिशील सरकारको अन्त्य, रूसी प्रजातन्त्र र दोहोरो शक्ति
  • सोभियत रूसको निर्माण
  • दोस्रो सोभियत रूसी काङ्ग्रेसद्वारा आफूलाई देशकै सर्वोच्च परिचालक निकायको घोषणा
  • रूसी गृहयुद्धको सुुुरुवात
योद्धा
बोल्सेभिक पार्टी
बोर्ड रक्षक
रूसी अस्थायी सरकार
सेनापतिहरू
भ्लादिमिर लेनिन
लेओन त्रेत्स्की
पाभेल दिबेस्क
रूस अलेक्जेन्डर करेनस्की
रूस पेत्र क्रसनोभ
शक्ति
१०,००० लाल नाविक, २०,०००-३०,००० लाल रक्षावाहिनी५००-१,००० स्वयम्सेवक सैनिक, १,००० महिला सैनिक
मृत्यु र क्षति
कयौँ लाल रक्षावाहिनी घाइते[१]कयौँ कैद भए

सन् १९९१ मा साम्यवादी सोभियत सङ्घ विखण्डित भएको थियो। हाल यस क्षेत्रमा १५ फरकफरक पूँजीवादी राज्यहरू छन्।

क्रान्तिको घटना वर्णन

फेब्रुअरीको क्रान्ति

सन् १९१७ को फेब्रुअरीमा रूसमा पूँजीवादी क्रान्ति सुरु भएको थियो भने रूसी राजसत्ता अस्थायी सरकारलाई र पूँजीवादी अधिनायकत्वको त्यस संस्थाको हातमा गएको थियो जसले रूसी राज्यको शासनलाई नियन्त्रणमा लिएका थिए।

युद्ध विरोधी प्रदर्शन

योजना

सन् १९१७ अक्टोबर १० का दिन (२३ अक्टोबर , न्यु स्टाइल) बोल्सेभिक केन्द्रिय समितिले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पारित गरेको थियो।[२] समितिको बैठकमा लेनिनले रूसका जनताहरू "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताएका थिए। त्यससमय लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरेका थिए[३]बोल्सेभिकले सोभियत प्रमुख लेओन त्रेत्स्कीको नेतृत्वमा क्रान्तिकारी सैन्य समितिको निमार्ण गरेको थियो। यस समितिमा सशस्त्र कामदार तथा सैनिकहरू थिए। समितिले सहरका रणनीतिक स्थानहरू आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनाएको थियो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभको सुराकीले यी सबै विस्तृत जानकार थिए। [४][५]

सुरुवात

२४ अक्टोबर (६ नोबेम्बर, न्यु स्टाइल) का दिन बिहानै करेन्स्की सरकार प्रती बफादार एक सैनिक समूहले बोल्सेभिक पत्रिका रबोचिय पतको (नेपाली अनुवाद: मजदुरको बाटो) छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिकाहरू जफत गरि नष्ट गरेको थियो। त्यस लगत्तै सरकारले रबोचिय पत लगायत बामपन्थी पत्रिका सोलदत र उग्र दक्षिणपन्थी पत्रिकाहरू "झिभो स्लोभो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गरेको थियो। यी पत्रिकाका सम्पादक तथा समाचार सङ्कलकलाई अपराधिक मुद्दा तथा विद्रोहको आरोप लगाइएको थियो[६]

त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९  बजे बोल्सेभिक सैन्य क्रान्तिकारी समितिले सरकारको कदमको निन्दा गर्दै वक्तव्य जारी गरेको थियो। बिहान १०  बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्याएको थियो। करेन्स्कीले करिब ३   बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिएका थिए। त्यसपछि पुलहरू नियन्त्रण लिनका लागि सैन्य क्रान्तिकारी समिति सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भएको थियो। करिब ५  बजे सम्ममा सैन्य क्रान्तिकारी समितिले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पूर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गएको थियो। [६][७]

सन् १९१७ अक्टोबर २५ का दिन (७ नोबेम्बर, न्यु स्टाइल) बोल्सेभिकले पेत्रोग्रादमा (हाल सेन्ट पिटर्सवर्ग; तत्कालीन रूसको राजधानी) करेन्स्की सरकार विरुद्ध आन्दोलनका लागि नेतृत्व गरेको थियो। लाल सेना र लाल रक्षकले मुख्य सरकारी भवन, सुविधा, मुख्य सञ्चार क्षेत्र र मुख्य विन्दु कब्जा गरेको थियो। पेत्रोग्राद ग्यारिसन र सहरका सैन्य बलले पनि विद्रोहमा सहभागीता जनाएका थिए।[५] यो सशस्त्र आन्दोलन नियोजित र सङ्गठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिकमा हस्तान्तरण गरेको थियो।

क्रान्तिको समयमा करेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल बनेका थिए। रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिकको नियन्त्रणमा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गाडी राख्न सकेको थिएन।[६]

करेन्स्कीले सहर छोडेपछि लेनिनले रूसका नागरिकहरूलाई सम्बोधन गर्दै सैन्य क्रान्तिकारी समितिले अन्तरिम सरकारलाई विस्थापित गरेको घोषणा गरेका थिए। यस घोषणालाई टेलिग्राफमार्फत रूसभर प्रसार गरिएको थियो।[६]

शीत कालीन दरबारमा आक्रमण

शीत महलमा आक्रमण

शीत महलमा ३,००० कार्यकर्ता, अधिकारी र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भएको थियो।[६][८] हतियार नभेटिएकाले बोल्सेभिकले आक्रमणमा केही ढिलाइ गरेको थियो।[९] ६:१५ मा एउटा ठूलो समूहले हतियार सहित दरबार छाडेेेेको थियो। ८:०० बजे अन्य २०० जनाले दरबार छाडेका थिए। [६]

दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा बोल्सेभिकले आत्मसमर्पण गर्न समय दिएको थियो। मजदुर र लाल सेनाले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गर्दै सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटिदिएका थिए। रात छिप्पिदै गए पछि विद्रोही हरूले दरबार घेरेका थिए।[६] राति ९:४५   क्रुजर अरोराले हार्बरबाट ब्ल्याङ्क सट प्रहार गरेको थियो चने १०:२५ मा केही क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरेेेको ३ घण्टा पछि सबै क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरेका थिए।

२६ अक्टोबरको २:१० बजे बोल्सेभिकले दरबारलाई नियन्त्रण गरेको थियो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,००० सँग लड्नु भन्दा आत्मसमर्पण गरेका थिए।[१०][११] अन्तरिम सरकारको संसदले आत्मसमर्पण गरेेेेपछि उनीहरूलाई पिटर एन्ड पल किल्लामा कैद गरिएको थियो।

उक्त सरकारको कैद नहुने व्यक्ति स्वयं करेन्स्कीनै थिए जसले पहिलेनै दरबार छोडिसकेका थिए। [६][१२]

पेत्रोग्राद सोभियतको कब्जामा आएपछि अखिल रूसी काङ्ग्रेसको अधिवेशनमा अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरिएको खबर बाहिर ल्याइएको थियो। केन्द्र र अन्य स्थानमा राज्यशासन सोभियतको हातमा आएको थियो। अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुर वर्ग सङ्घर्षको लामो प्रक्रियाबाट गुज्रिएका थिए र उनीहरूले बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।

परिणाम

रूसी गृहयुद्ध

क्रान्तिलाई सर्वव्यापी मान्यता नभएकाले यसपछिका दिनहरूमा देशले गृहयुद्धको (सन् १९१७-२२) समना गर्नु परेको थियो भने सन् १९२२ मा सोभियत सङ्घको निर्माण भएको थियो।

सरकारी सुधार

सन् १९१७ डिसेम्बर २० का दिन लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भएको थियो।[१३] यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सन् १९१८ को सेप्टेम्बर पछि लाल-आतङ्क सुरु भएको थियो। फ्रान्सेली आतङ्की शासन सोभियत बोल्सेभिकका लागि उदाहरण थियो। लेेओन त्रेस्त्कीले लेनिनको तुलना माक्सिमिलियेँ रबस्पियरसँग गरेका थिए।[१४]

जमिन सम्बन्धी कानुनले निजी जमिनको पुनर्वितरणलाई अनुमोदन गरेको थियो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत सङ्घको चिन्ह र निशान छापमा हँसिया हथौडा थियो।

अन्य कानुन:

  • सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण
  • सबै रूसी बैङ्कहरू राष्ट्रियकरण
  • निजी बैङ्क खाताहरू जफत
  • गिर्जाघरको सबै सम्पत्ति (बैङ्क खाता सहित) जफत
  • सबै वैदेशिक ऋणहरू अस्विकार वा परित्याग
  • उद्योग कारखानाको नियन्त्रण सोभियतलाई
  • ज्याला निश्चित, युद्धको समयमा बढी र सामन्य अवस्थामा कम, आठ घण्टा कार्य समय तोकियो

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड