अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[३][४]

अर्जुनचौपारी
अर्जुनचौपारी गाउँपालिकाका मनमोहक दृश्यहरू
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरदीर्घनारायण अर्याल[१] (नेपाली काँग्रेस)
 • अधिकृत-
क्षेत्रफल
 • जम्मा५७.२२ किमी (२२.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१७६
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको अर्जुनचौपारी गाविसको कार्यालय
वेबसाइटarjunchauparimun.gov.np

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसङ्ख्या १६,१७६ रहेको छ।[५][६]

भू-वनोट

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड