आँधीखोला गाउँपालिका

स्याङ्जाको एक गाउँपालिका

आँधिखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुलका (१,२,४-६,८,९) वडाहरू, फापरथुम, चिलाउनेबास, विचारीचौतारा र वाङसिङ देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँधिखोला गाउँपालिका घोषणा गरिएको हो ।[४] आधिखोला गाउपालिका 4 बाङ्सिङ, श्रावण कुमार टोलमा श्रावण कुमार मन्दिर रहेको छ, जसमा बालाचतुर्दसीको दिन मेला लाग्ने गर्छ

आँधिखोला
आँधिखोला
आँधिखोला
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ फाल्गुण २७
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसुधिरकुमार पौडेल (एमाले)
 • उपाध्यक्षशर्मिलादेवी पौडेल क्षेत्री (एमाले)
क्षेत्रफल
 • जम्मा६९.६१ किमी (२६.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,५८९
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको सेतीदोभान गाविसको कार्यालय
वेबसाइटaandhikholamun.gov.np

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुलका (१,२,४-६,८,९) वडाहरू, फापरथुम, चिलाउनेबास, विचारीचौतारा र वाङसिङ देउराली गाविसहरूलाई मिलाएर आँधिखोला गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँधिखोला गाउँपालिकाको जनसङ्ख्या १६,५८९ रहेको छ ।[५][६]

भू-वनोट

आँधिखोला गाउँपालिकामा ६ वडाहरू रहेका छन् । आँधिखोलाको कुल क्षेत्रफल ६९.६१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिकाफेदीखोला पर्दछन् भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा फेदीखोलापर्वत जिल्ला छ भने दक्षिणी क्षेत्रमा पुतलीबजार नगरपालिकाअर्जुनचौपारी पर्दछन् ।[७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड