फेदीखोला गाउँपालिका

स्याङ्जाको एक गाउँपालिका

फेदीखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्कफेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदीखोला गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

फेदीखोला
शीर्ष बायाँ देखि दाँया
फेदीखोला गाउँपालिकाका विभिन्न मनोरम दृष्यहरू र फेदीखोला गाउँ कार्यपालिकाको कार्यालय
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
वडा संख्या
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरघनश्याम सुवेदी[१] (एमाले)
क्षेत्रफल
 • जम्मा७३.५१ किमी (२८.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,७२८
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको फेदीखोला गाविसको कार्यालय
वेबसाइटphedikholamun.gov.np

परिचय

पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ । निकट भविष्यमा सञ्चालन हुने बन्जीजम्फिङ तथा ट्रेक्किङका नयाँ रुटहरूले पर्यटनमा थप उत्साह सृजना गर्नेछ ।

जनसङ्ख्या

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाविसहरूलाई मिलाएर फेदीखोला गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर फेदीखोला गाउँपालिकाको जनसङ्ख्या १२,३४१ रहेको छ ।[५][६]

भू-वनोट

फेदीखोला गाउँपालिकामा ५ वडाहरू रहेका छन् । फेदीखोलाको कुल क्षेत्रफल ५६.७३ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला पर्दछ भने पश्चिममा आँधीखोला गाउँपालिका छ। यसको उत्तरी भागमा कास्की जिल्ला क्षेत्रमा पुतलीबजार नगरपालिकाआँधीखोला गाउँपालिका पर्दछन् ।[७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड