इरी ताल

उत्तर अमेरिकाको सबै भन्दा ठूलो तालहरू मध्येको एक

इरी ताल[४] (/ˈɪri/; फ्रान्सेली: Lac Érié) उत्तर अमेरिकाको पाँच ठुला तालमध्ये चौथो ठुलो ताल हो । विश्वका तालहरूमा यो दशौ ठुलो ताल हो । यो ताल ह्युरन र ओन्टारियो तालका बिचमा अवस्थित छ । सीमाका हिसाबमा हेर्दा यसको उत्तरी किनारमा क्यानाड़ा, दक्षिण-पूर्वमा न्युयोर्क, पेनसिलभेनिया तथा ओहायो, पश्चिममा मिचिगन तथा ओहायो राज्यहरू रहेका छन् । यस तालको अधिकतम लंबाइ उत्तर-पूर्वदेखि दक्षिण-पश्चिमसम्म २४५ माइल एवम् औसत चौड़ाइ ५० माइल (२८ देखि ५८ माइलसम्म) तथा क्षेत्रफल ९,६०० वर्ग माइल रहेको छ । यो ताल समुद्र सतहबाट ५७३ फुटको उचाइमा रहेको छ ।[२] यसमा रहेको पानीको अधिकतम गहिराइ २१० फुट छ भने औसत गहिराइ १०० फुट छ । ओन्टारियो ताललाई छोडेर अरु सबै तालको पानी यसैमा आएर मिल्छ । इरि तालको पानीको निकास नायागरा नदीद्वारा भएको छ र यो ओंटारियो तालमा खस्दछ ।

इरी ताल
इरी ताल जाडोयाममा
विशाल ताल सँगै इरी ताल गाढा निलोमा
रहेको स्थानउत्तर अमेरिका
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४२°१२′N ८१°१२′W / ४२.२°N ८१.२°W / 42.2; -81.2 ८१°१२′W / ४२.२°N ८१.२°W / 42.2; -81.2
तालको प्रकारहिमनदी ताल
अन्तर्वाहडेट्रोइट नदी[१]
बहिर्वाहनायगरा नदी
वेल्याण्ड नहर[२]
सिंचित क्षेत्रक्यानाडा
संयुक्त राज्य
अधिकतम लम्बाई२४१ माइल (३८८ किमी)
अधिकतम चौडाई५७ माइल (९२ किमी)
सतहको क्षेत्रफल९,९१० वर्ग माइल (२५,६६७ किमी)[२]
औसत गहिराई६२ फिट (१९ मी)[२]
अधिक गहिराई२१० फिट (६४ मी)
पानीको आयतन११६ घन माइल (४८० किमी3)[२]
अवधारण समय२.६ वर्ष
किनारको लम्बाई७९९ माइल (१,२८६ किमी) सँगै ७२ माइल (११६ किमी) टापुको लागि[३]
सतहको उचाई५६९ फिट (१७३ मी)[२]
टापूहरू२४+
बसोबासबफेलो, न्यू योर्क
एरी, पेन्सिलभेनिया
टोलेडो, ओहियो
क्लेभल्याण्ड, ओहियो
किनारको लम्बाईको उचित मापन भएको छैन ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड