राई जाति

किरात राई भुमिपुत्र मुलबासी मंगोल समुदाय

राई जाति पुर्वी नेपालको मुलबासी धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो। यिनिहरूको पुर्खालाई परुहाङ र सुम्निमा भनिन्छ। राई जाति नेपाल को एक भुमिपुत्र मुलबासी प्रमुख समुदाय हो। राई जातिलाई "खम्बु","जिमिदार" वा "जिमी" पनि भनिन्छ । राई जाति विभिन्न थर/उपथर र पाछाहरुमा विभाजन छन् राई जातिको मुख्य थरहरुमा : आठपहरिया,बान्तवा,बाहिङ,बायुङ, चाम्लिङ,छिलिङ,जेरुङ,कुलुङ,खालिङ,थुलुङ,लोहोरुङ, याम्फु, मेवाहाङ,नेवाहाङ, नाछिरिङ,वाम्बुले,दुमी,साम्पाङ,कोयु,पुमा,तिलुङ,लुङखिम,फाङदुवाली,दुङमाली,देवास,मुगाली आदि हुन्।

राई जाति
राई समुदायका महिला अनि पुरुषहरु जातिय भेषभुषामा
जम्मा जनसङ्ख्या
नेपाल ६,९०,९८९ (वि.सं २०६८)[१][२]
भारत ३,२७,९५४
पश्चिम बङ्गाल दार्जिलिङकालिम्पोङ जिल्ला२,५०,००० (वि.सं २०६८)[३]
सिक्किम७७,९५४ (वि.सं २०५८)[४]
भाषाहरू
राई भाषा किराँत भाषा
नेपाली भाषा
धर्महरू
किराँत धर्म
हिन्दु धर्म
ईसाई धर्म
साकेलामा परम्परागत पोशाकको साथ राई महिलाहरु

बसोबास

खासगरी राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, संखुवासभा, धनकुटा जिल्लाहरु इनीहरुको मूलथलो हो भन्न सकिन्छ। [५] यसका साथै खम्बु/राईहरू पाँचथर जिल्ला, सुनसरी, मोरङ जिल्ला, झापा, इलाम जिल्ला, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ,कालिम्पोङ जिल्लामा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

रहन सहन

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरूमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। यिनीहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।

खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरूको महान चाड साकेला हो उधौली उभौलिमा यिनीहरू १०/१५ दिन सम्म सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँ दाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। माया प्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।

राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू

  • अगनसिंह राई १३ भिक्टोरिया क्रस विजेता
  • लैनसिंह बाङ्देल नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति
  • इन्द्रबहादुर राई - लेखक र साहित्यिक आलोचक
  • गणेश रसिक लेखक तथा कलाकार।
  • बलबहादुर राई -नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मन्त्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
  • नारदमुनि थुलुङ - मन्त्री
  • प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखक।
  • शम्भू राई कलाकार (गायक संगीतकार)
  • धीरज राई कलाकार (गायक)
  • सबिन राई - कलाकार (गायक)
  • राजेश पायल राई कलाकार (गायक) -
  • विल्सन बिक्रम राई कलाकार
  • दयाहाङ राई अहिलेको (नायक)
  • सत्यकला राई कलाकार (गायिका)
  • समृद्धी राई मिस नेपाल/गीत रचनाकार/गायिका
  • मेलिना राई कलाकार (गायिका )
  • बिना राई कलाकार (गायिका)
  • चक्र भुषन राई कलाकार (गायकार)
  • पार्बती राई कलाकार (गायिका)
  • विष्णु मुकारुङ कलाकार (गायक)
  • आभा मुकारुङ कलाकार (गयिका)
  • उदय सोताङ कलाकार (गायक)
  • मनिला सोताङ कलाकार (गायिक)
  • दुर्ज कुमार राई -
  • गणेश राज राई - DIGP
  • सुमन बाङ्देल, सम्पादक, मुन्धुमस्टार डटकम र चलचित्र निर्देशक
  • शेरधन राई -सुचना तथा संचारमन्त्री हाल १ न. प्रदेश मुख्यमन्त्री
  • मीरा राई - ट्रयाल रेसिङ चेम्पीयन
  • प्रमिला राई नेपाल आइडल ५ गायिका
  • सरला राई गायिका
  • मेनुका राई गायिका
  • हर्कराज राई धरान मेयर
  • सुदन किराँती-माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  • जीवनजित राई लेखक/डारेक्टर हौवा मिडिया प्रा.लि‍.

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्र

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड