कीर्तिपुर नगरपालिका

(किर्तिपुरबाट अनुप्रेषित)

कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर[२] तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ।[३][४] कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।[५]सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।[६][७]

कीर्तिपुर
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर is located in बागमती प्रदेश
कीर्तिपुर
कीर्तिपुर
नक्सामा कीर्तिपुर नगरपालिकाको अवस्थिति
कीर्तिपुर is located in नेपाल
कीर्तिपुर
कीर्तिपुर
कीर्तिपुर (नेपाल)
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694 ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694
देश नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
सरकार
 • मेयरराजकुमार नकर्मी
 • उप मेयरशुभ लक्ष्मी शाक्य (सुनीता)
क्षेत्रफल
 • जम्मा१४.७६ किमी (५.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६५६०२
 • घनत्व४४००/किमी (१२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक सङ्केत
४४६१८
क्षेत्रीय सङ्केत०१
वेबसाइटआधिकारिक वेबसाइट

नामकरण

कीर्तिपुर नाम संस्कृत शब्द 'कीर्ति' (महिमा) र 'पुर' (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई 'किपू' समेत भन्ने गर्छन्।[८]

नगर निर्वाचन इतिहास

वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन[९] नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।

वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[१०]

इतिहास

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै मानव बस्ती विकास भइसकेको थियो।[११] पशुपतिनाथको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।[१२] काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।[१३]

संस्कृति र स्थल

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रादशैंतिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड