जयप्रकाश मल्ल

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए।[१] जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए । आफ्नो शासनकालको अधिकांश समय उनले भाइ-भारदार तथा बाह्य चुनौतीको सामना तथा शक्तिसंघर्षमा विताउनु पर्यो।

जयप्रकाश मल्ल
कान्तिपुरका राजा
जयप्रकाश मल्लको तस्विर
शासनकालवि सं १७९२ - वि सं १८२५
पूर्वाधिकारीजगज्जय मल्ल
उत्तराधिकारीपृथ्वीनारायण शाहद्वारा नेपालमा गाभियो
जन्मकान्तिपुर दरबार
मृत्यु१८२६
ने.सं. ८९१ मार्ग वदि ७ रोज ६
आर्यघाट
जीवनसाथीरानी दयावती
सन्तानज्योति प्रकाश मल्ल
वंशमल्ल वंश
बाबुजगज्जय मल्ल
आमाकुमुदिनी रानी
धर्महिन्दू

आफ्ना पिता राजा जगज्जय मल्लका राजेन्द्रप्रकाश, जयप्रकाश राज्यप्रकाश, नरेन्द्रप्रकाश, चन्द्रप्रकाश छोराहरू मध्य माहिला छोराका रूपमा जन्मिएका जयप्रकाश मल्ल आफ्ना दाजुको राजेन्द्रप्रकाश अल्पायुमै निधन भएपछि मात्र युवराज घोषित भएका थिए। त्यही कारणले उनलाई उनकै कतिपय भारदारले समेत राजाका रूपमा स्वीकार गरेनन्।

शासन काल तथा सङ्घर्ष

राजा जगज्ज्य मल्लको वि सं १७९२ (नेपाल सम्वत् ८५५ फाल्गुन वदी ६ मा[२] मा मृत्यु भए पछि उनका छोरा जयप्रकाश मल्ल राजा भए। तर परिस्थिति उनको अनुकुल भएन ।

आन्तरिक संघर्ष

उनी राजा हुने बित्तिकै राज्यमा आन्तरिक कलह सुरु भयो, भाइभारादार मा गुटबन्दी सुरु भयो । त्यसको कारण जयप्रकाश मल्ल माहिला हुनुले पनि हो तापनि उनका जेठा दाजुको मृत्यु भैसकेको थियो।

उनले आफूलाई हटाएर भाइ राज्यप्रकाश मल्ललाई राजा बनाउन खोज्ने खस, जैसी, भँडेल, राजलवट माथी दगा गरे। यी कुल्याहाहरू सँग मिली मेरो राजगद्दीमा बस्न शत्रु भएपछि सानो देख्नु छैन भनी पिता जगज्जयको शुद्धशान्ती पनि नसकिदै भाइ राज्यप्रकाशलाई बन्धनमा राख्ने डरधाक देखाई धपाए। राज्यप्रकाश मल्ल दाजु सँग डराएर भाग्दा बागमतीमा बाढी आएको भए पनि निकै कष्ट गरी तरी पाटनका राजा बिष्णु मल्ल आफ्ना भिनाजुको शरण पर्न गए । बिष्णु मल्लले बहुतै दया गरी "मेरा सन्तान छैनन् । मेरो शेष पछी तिमीलाई राजा बनाउँला" भनी दरबारमा आफु सँगै राखे।  

उता खस थरीहरूले "अब जयप्रकाश ले हामीलाई छोड्दैनन्" भनी यी राजाका अर्का भाइ नरेन्द्रप्रकाश मल्ललाई सम्झाई बुझाई देउपाटनमा राखेर टुकुचा पारीका पाँच गाँउ अर्थत साँखु, चाँगु, गोकर्ण , नन्दीगाँउ र देउ पाटनका राजा बनाए । पछी यी थरी, मुखिया र काजीहरूले राजा नरेन्द्र प्रकाश मल्ल लाई हातमा लिई प्रजाहरूको घरखेत लुटपाट गरे। चार महिना पछी राजा जयप्रकाश दलबल सहित आफैँ गई भाइ सँग लडाईं गरेर भक्तपुर धपाए । नरेन्द्रप्रकाश मल्ल भक्तपुर पुगी राजा रणजित् मल्लका शरण परे। उनले सदाशिव चोकमा उनको खानपिन को बन्दोबस्त मिलाई राखे । केही दिन पछी यी नरेन्द्रप्रकाश मल्ल कालगतीले परलोक भए। खेल गर्ने थरी काजीहरूलाई आफू देखी टाढा गरी जय प्रकाश मल्लले राखे। उनले पछि ती काजीहरूलाई केही सल्लाह गर्नु छ भनी भण्डारखालमा डाकेर काजीलाई मारे , इनारमा खसालीदिए र माटाले पुरिदिए।

त्यसपछि राजा जयप्रकाश मल्लले कान्तिपुरका सबै काजी प्रधानहरू जम्मा गरि ," अब मेरो कोही द्रोही छैनन्। अब तिमीहरूले मेरो भरसक सेवा गर। सेवा गरे अनुसार प्रसाद बक्सौला" भन्ने आज्ञा गरे। "मुख्य काजी बिना राजकाज हुन सक्दैन। लौ काजी होउ" भनेर एकदुई जनालाई भने पनि राजाको उग्र स्वभावको कारणले कसैले पनि काजी हुन कबूल गरेनन्। तैपनी उपाध्याय भाजु वार्सी भाजुलाई काजी बनाए। त्यसपछि सबै फौज जम्मा गरि आफू समेत भएर भक्तपुर माथि चढाई गरे। तैपनी आफ्नो राज्य फिर्ता लाउन नसकी त्यसै फर्के। अनि उपाध्याय बाहुन काजीलाई खोसी तौडिकलाई मुख्य काजी बनाए। त्यसै बेला नेपाल संवत् ८५९ मा जयप्रकाश मल्ललाई एक्लो देखेर भक्तपुरका राजाले कान्तिपुरले भोगचलन गरिरहेको पलांचोक आदि ७/८ गाउँहरू कब्जा गरे।

त्यसपछि जयप्रकाश ले पाटनका राजा विष्णु मल्लसँग मिली भक्तपुरका राजा रणजित मल्ल माथि चढाई गरे। आफ्नो गुमेको राज्य मध्ये केही गाउँ हात लगाई दाप्चा फूलबारीका कोटमा आगो लगाइदिए।

त्यसै बखत विसं १८०२ पाटनका राजा विष्णु मल्लको मृत्यु हुँदा जयप्रकाश मल्लका भाइ राज्यप्रकाश मल्ल राजा भए।

यिनको पालामा पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरी गोरखा राज्य नेपालमा गाभेका थिए । काठमाडौंको युद्धमा गोरखाली फौज विजय भएको थियो । उक्त समयमा कान्तिपुरमा क्षत्रिय सैनिक अधिकारी जस्तै सरदार अटल थापा[३], काजी रणभीम थापा, काजी काशीराम थापापर्शुराम थापा खटिएका थिए [४]। त्यस्तै मगर सेनापति जयन्त राना मगर पनि खटिएका थिए। उनले पर्वते सेनापतिहरू माथि अविश्वासको भावना राखेर मधेसी सेनाको निर्माण पनि गरेका थिए। [५]

गोर्खा द्वारा नुवाकोट कब्जा र फिर्ताको लागि लडाइँ

वि सं १७९६ मा गोरखाका राजा नरभूपाल शाहले नुवाकोटमाथि आक्रमण गरे। राजा जय प्रकाश मल्लले गोरखालाई हराइदिए। बाह्य आक्रमणका साथ-साथै आन्तरिक विद्रोहको सामना गर्नु परेकाले जयप्रकाश मल्ल सतर्क रहनुपर्ने हुन्थ्यो। एक पटक आफ्ना भाइ राज्यप्रकाश मल्ललाई केही भारदारहरूले भड्काएर विरोधी बनाए तापनि भाइ पाटन तिर भागे। [६]

गोरखाका राजा पृथ्वीनारायण शाहले भक्तपुर सँग सम्पर्क बढाएका थिए। वि सं १७९९ मा गोरखाले नुवाकोट माथी गरेको आक्रमण कान्तिपुरले विफल पारिदियो । तर अर्को वर्ष नुवाकोट गोरखाले लियो ।

विसं १८०२ पाटनका राजा विष्णु मल्लको मृत्यु हुँदा जयप्रकाश मल्लका भाइ राज्यप्रकाश मल्ल राजा भए। १८०३ बैशाखमा यिनका सल्लाहले पुरानो शत्रुभाव भुली जयप्रकाश मल्लले काशीराम थापा लाई लगभग १००० सैनिकाका साथ नुवाकोट पठाए । धेरै साल नुवाकोटमा हाकिम भएर रहेको हुनाले त्यहाँका बाटाघाटा र जनातामा समेत यिनी खूब परिचित थिए। यस कारणले गोरखाली सेनालाई छलेर नुवाकोटको उत्तरमा गेर्खुटारसम्म पुगे तर यो आशा ब्यर्थ भयो। गेर्खु र चोकदेका दुई लडाइँमा हार हुँदा काशीराम थापा भागी आफ्ना घर पाँगुमा पुगेर दम लिए ।

जयप्रकाश मल्लले पलाञ्चोके भारदार काशीराम थापालाई त्यसको जिम्मेवारी ठानी गौरीघाटमा श्राद्ध गर्ने बेलामा मार्न लगाए।

गद्दीच्युत

गोरखाले लगातार साँखु, महादेवपोखरी, दहचोक, खड्पु जस्ता ठाउँ कब्जा गरेको बेलामा कान्तिपुरकि रानी दयावतीले आफ्नो छोरा ज्योतिप्रकाश मल्ललाई गद्दीमा बसाली जयप्रकाश मल्ललाई गद्दीच्युत गराइन् । वि.सं. १८०९ मा उनलाई पक्री कैद गर्न भनी गएको सेनाले आफ्नो समर्थन गराई गद्दी हात लगाई रानी दयावतीलाई कैद गरे। उनका भाइले पाटनमा शरण लिएका बेलामा त्यहीँका राजा भए तर प्रधान (भारदार)ले उनका आँखा फोरी अन्धो बनाइदिए।

किर्तिपुरको पहिलो लडाइँ

वि.सं. १८१४ सालमा बल्खुखोलामा रहेका पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गरे । घमासान युद्ध भयो ।

दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो।गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए। पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए। सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन्। उसले कान्तिपुर, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो।

गोर्खाली सेनाले तीनथानातिरबाट आक्रमण गर्दा बल्खु खोलाको तीरमा काटाकाट चल्यो। गोरखालीहरूका सेनानायक कालु पाँडे त्यहीँ युद्धमा काटिए।[७]

कीर्तिपुरको दोश्रो लडाइँ

कीर्तिपुरको तेश्रो लडाइँ

अंग्रेज सँग सहयोग माग

किर्तिपुर गोर्खाको कब्जामा पर्न गएपछि निकट भविष्यमै उपत्यकामा गोर्खाली आक्रमणको ठूलो सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरुसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर पाटन र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरुसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो।

सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले आधुनिक हतियारसहितको अंग्रेज सेनामाथि आक्रमण सुरु ग-यो । एकातिर वंशीराज पाण्डे र वीरभद्र उपाध्याय नेतृत्वको ठूलो संख्याको गोर्खाली फौज, अर्कोतिर सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली फौजको आक्रमण । अंग्रेज सेना चेपुवामा प-यो । अंग्रेज सेनासँग बन्दुक धेरै भएकाले केहीबेर घमासान लडाइँ भयो । दुवैतिर केही सेना हताहत भए । तर, दुवैतिरबाट आक्रमणको चेपुवामा परेको अंग्रेज फौज अन्ततः हतियार छाडेर जंगलैजंगल भागे ।[८]

अंग्रेजको सहयोगको सम्भावना पनि सकिएपछि जयप्रकाश मल्लको अब कुनै बाटो रहेन।

कान्तिपुर गोर्खामा विलय

वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे।काजी वंशराज पाण्डे, तुलाराम पाण्डे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवी तिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेल तिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ इन्द्रजात्रा मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागे । गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा तुलाराम पाण्डे केही सिपाही साथ पिल्सिएर मरे। उता पृथ्वीनारायण शाह कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।[९][१०]

पाटनमा शरण

जयप्रकाश मल्ल भागेर ललितपुर पुगी शरण लिए र प्रधानहरूसँग भेटी षड्यन्त्रपूर्वक आत्मसमर्पण गर्न नहुने बताए । तर पृथ्वीनारायण शाहले दस दिनपछि केहरसिंह बस्न्यातलाई ललितपुर हान्न पठाए। उनले पनि १४ दिनमा पूर्णत ललितपुरलाई गोरखामा मिलाइदिए। [९]

भक्तपुरमा शरण

ललितपुर पनि गोरखाको अधिनमा परेको हुनाले राजा जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजीत मल्लकहाँ शरण लिन पुगे । उनीहरू पहिले भक्तपुर राज्यस्थिन दत्तात्रेयको मन्दिरमा पसे ।[९] राजा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए ।

भक्तपुरको लडाइँ

पृथ्वीनारायणले भाइ शूरप्रताप र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।

सुरक्षाको लागि तलेजु मन्दिरको भर्‍याङ उक्लन खोज्दा कसैले चलाएको गोली देब्रे गोडामा लागेर जयप्रकाश ढले। उनै थिए त्यहाँ हाँक पारेर लड्ने। उनी ढलेपछि अरूले आत्मसमर्पण गर्नु सिवाय अरू उपाय रहेन। रणजित मल्लका अनुमतिले उनका अंगरक्षकले आफ्नो पगरी फुकालेर झयालबाट तल झुण्ड्याइदिए। तत्काल हानाहान बन्द भयो।[११][१२]

भक्तपुर कब्जापछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [१३]। बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[१४]

मृत्यु

ने.सं. ८९१ मार्ग वदि ७ रोज ६ मा उनको मृत्यु पशुपति आर्यघाटमा भयो। उनी भक्तपुरको युद्धमा घाइते भएका थिए।

भाषा वंशावलीमा जय प्रकाश मल्लको अन्त्यकालको विषयलाई लिएर यस्तो लेखिएको छ-[१५]

[१६]


जयप्रकाश मल्ललाई बेथा साह्रो हुँदा मार्गवदि ५ रोज ५ को दिन बिहानै श्रीपशुपति लैजाई राजा जयप्रकाश मल्ललाई श्रीमहाराज पृथ्वीनारायण शाहबाट क्या कुरा माग्छौ, दानपुण्य भन्या पनि म गराइदिउँला भनी हुकूम हुँदा जयप्रकाश मल्लले छाता जुत्ता मात्र मागी दान गरी नेपाली संवत् ८९१ मार्गवदि ७ रोज ६ का दिन आर्यघाटमा प्राणत्याग गरी श्रीपशुपति अघोरनाथमा मिल्न गया भनी भन्न लाग्या।

उनको मृत्यु पछि उनको श्रद्धाको लागि सरकारी रकम दिइदै आएको छ।[१७]

कार्यहरू

  • विश्वकै सबैभन्दा सानो मुद्रा यिनले प्रचलनमा ल्याएको "जावा" हो ।
  • स्वर्ण मुद्रा प्रयोगमा ल्याउने राजा हुन् ।
  • बालाजु पार्कका २१ धारा र गोकर्णेस्वरमा मन्दिर बनाएका थिए।

यो पनि हेर्नुहोस्

जय प्रकाश मल्ल अन्तिम मल्ल राजा का रूपमा परिचित राजा हुन |

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड