तेज नरसिंह मल्ल

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए। उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटनका छ प्रधानले उनलाई राजा बनाएका थिए। यिनी विश्वजित मल्लका वंशज थिए।

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो। उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो। ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालो गयो। अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो। पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए। तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जयप्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए। कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे। [१] पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए।

भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [२] । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड