जेटटिई

जेटटिई संस्था (अङ्ग्रेजी: ZTE Corporation) सामान्यतया जेटटिई को नामबाट प्रसिद्ध चिनिया बहुराष्ट्रिय दूरसञ्चार उपकरण तथा प्रणाली उत्पादन गर्ने कम्पनी हो यसको मुख्य कार्यालय सेनझेनको गुवांगडोंगमा रहेको थियो ।

जेटटिईले मुख्यतया तीन व्यवसायिक इकाईहरू सञ्चालन गर्ने गर्दछ । जसमा क्यारियर नेटवर्क ५४ प्रतिशत, टर्मिनल्स २९ प्रतिशत तथा दूरसञ्चार १७ प्रतिशत रहेको छ । जेटटिईको मुख्य उत्पादहरू वायरलेस एक्सचेञ्ज, अप्टिकल प्रसारण तथा डाटा सम्बन्धी दूरसञ्चार उपकरणहरू, मोबाइल र दुरसञ्चार सफ्टवेयर रहेको छ ।[१] यसले भ्यालु एडेड सेवाहरू सम्बन्धी उत्पादन[२] जस्तै भिडियो अन डिमान्ड तथा स्ट्रिमिंग मिडिया हरू समेत बेच्ने गर्दछ ।[३] जेटटिईले आफुले बिक्री गर्ने उत्पादन आफ्नो नाम बिक्री गर्ने गर्दछ ।

जेटटिई चिनको प्रमुख पाँच ठूला स्मार्टफोन उत्पादकहरू मध्ये पर्दछ । [४]

इतिहास

जेटटिई स्थापना हुँदा सेनझेन, गुआनडोंग प्रान्तमा सन् १९८५ मा झोंगजिंग सेमिकन्डक्ट कम्पनी लिमिटेडको रूपमा चिनको अन्तरिक्ष सम्बन्धी मन्त्रालयको[५] लगानीकर्ताको लगानी स्थापना भएको थियो । सन् १९९३ मार्चमा झोंगजिंग सेमिकन्डक्टले युआन ३० लाख पूँजि सहित आफ्नो नाम परिवर्तन गरी झोंगजिंग न्यू टेलिकम्युनिकेशन इक्युपमेन्ट कम्पनी लिमिटेड गरेको थियो भने यो संस्था चिनको नयाँ व्यावसायिक मोडेल देशको स्वामित्व तथा प्राइभेट सञ्चालन अन्तर्गत तयार गरिएको थियो ।

सन् २००९ सम्ममा यो कम्पनी संसारको तेश्रो ठूलो जीएसएम दूरसञ्चार उपकरण आपूर्तिकर्ता भएको थियो । सन् २००९ मा विक्रि भएको करिब २० प्रतिशत जीएसएम सामानहरू जेटटिईको उत्पादन थियो ।[६] सन् २०११ मा थ्रीजीपिपि लंग ट्रम इभोलुसनको ७ प्रतिशत पेटेन्टहरू यसका छन् ।[७]

उत्पादनहरू

जेटटिईको व्लेड एस ६ प्लस स्मार्टफोन

जेटटिईले मुख्य तीन उत्पादन खण्डमा सञ्चालन गरेको छ । जसमा क्यारियर नेटवर्क ५४ प्रतिशत, टर्मिनल्स २९ प्रतिशत तथा दूरसञ्चार १७ प्रतिशत रहेको छ । जेटटिईको मुख्य उत्पादहरू वायरलेस एक्सचेञ्ज, अप्टिकल प्रसारण तथा डाटा सम्बन्धी दूरसञ्चार उपकरणहरू, मोबाइल र दुरसञ्चार सफ्टवेयर रहेको छ ।[८] सन् २०१० अक्टोबरमा जेटटिईको एकिकृत इन्क्रिपशन मोड्युले अमेरिका/क्यानाडाको एफआईपिएस १४०-२ सुरक्षा प्रमाणित भएको थियो । [९][१०]

ग्राहकहरू

स्पेनको बार्सिलोनामा भएको मोवाईल बल्ड कंग्रेसमा जेटटिईको बुथ

यस कम्पनीको धेरै ठूलो संख्यामा ग्राहकहरू चिन भन्दा बाहिर रहेको छ । सन् २००० को दशकमा धेरै विकास उन्मुख देशहरूमा मोबाइल नेटबर्क अपरेटहरूमा भएता पनि जेटटिईका उत्पादनहरू विकसित देशहरूमा समेत प्रयोगमा रहेका थिइ । संयुक्त अधिराज्यको भोडाफोन, क्यानाडाको टेलुस, अस्ट्रेलियाको टेलस्ट्रा लगायत फ्रान्स टेलिकमले सबै उपकरणहरू जेटटिईबाट खरिद गरेका थिए । [११]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड