जैविक विविधता

जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता हो भने करोडौ जिवात्मामा भएको फरकपन हो। मानिस, वनस्पती, पशुपन्छी, सूक्ष्म जीव आदीको भिन्न रुपहरू जैविक विविधता अन्तरगत पर्दछन्। जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण, जीव, जन्तु, वनस्पति र मानवबिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधता नै जैविक विविधता हो। नेपालको वातावरण संरक्षण ऐन २०७६ अनुसार जैविक विविधता भन्नाले पारिस्थितिकीय प्रणाली को विविधता, प्रजातीय विविधता तथा वंशाणु विविधता सम्झनु पर्दछ। जैविक विविधता स्थान अनुसार फरक हुन्छ। जैविक विविधतालाई निम्न ३ किसिममा बिभाजन गरिएको छ।

  1. प्रजातीय विविधता
  2. वंशाणुगत विविधता
  3. पारिस्थितिकीय प्रणालीको विविधता[१]

नेपालको जैविक विविधता बारे केही रोचक तथ्य

  • उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस ३२ प्रकारको पाइन्छ भने सुनगाभा/सुनाखरी परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्।[२]
  • सपूर्ण अमेरिकि भू-भाग(महादेश)मा भन्दा नेपालमा धेरै प्रजाति का चराहरू पाइन्छन्।
  • पुतलीका सबै भन्दा धेरै प्रजाति नेपालमा पाइन्छ।
  • ब्राजील पश्चात सबै भन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो।
सन् १९७८,१९९८ र २००२मा स्वीस पर्वत (हरीत गृह् प्रभाव)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड