जोमसोम

मुस्ताङ जिल्लाको सदरमुकाम

जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो।[२] जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ।[३]

जोमसोम
सदरमुकाम
जोमसोम
जोमसोम
जोमसोम is located in गण्डकी प्रदेश
जोमसोम
गण्डकी प्रदेशको नक्सामा जोमसोम
जोमसोम is located in नेपाल
जोमसोम
जोमसोम (नेपाल)
निर्देशाङ्क: २८°४७′०″उ॰ ८३°४३′५०″पू॰ / २८.७८३३३°N ८३.७३०५६°E / 28.78333; 83.73056 ८३°४३′५०″पू॰ / २८.७८३३३°N ८३.७३०५६°E / 28.78333; 83.73056
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ
गाउँ परिषद्घरपझोङ
वडा नम्बर
उन्नतांश
२,७४३ मिटर (८९९९ फिट)
जनसङ्ख्या
 (वि.सं २०६८)[१]
 • जम्मा१,३७०
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
हुलाक कोड
३३१००
क्षेत्रीय सङ्केत०६९

जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जोमसोमको कुल जनसङ्ख्या १,३७० मध्ये ७०२ पुरुष र ६६८ महिलाहरू ४३० व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[४]

नामाकरण

तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ।[३]

भौगोलिक स्थिति

जोमसोम अन्नपूर्ण हिमशृङ्खलाको उत्त पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेक भएको हुनाले दिउसको समयमा उच्च बेगले हावा बहने गर्दछ।[३]

सञ्चार तथा यातायात

जोमसोममा जोमसोम विमानस्थल रहेको छ जहाँबाट पोखरा सम्म सिधा हवाई सम्पर्क हुने गर्दछ। त्यसका साथै यहाँबाट कालीगण्डकी नदीको तीरै तीर हुँदै गोरेटो बाटोले दक्षिणमा बेनी तथा बाग्लुङ बजार सम्म यसलाई जोड्ने गर्दछ। हाल बेनीबाट जोमसोमलाई जोड्न एक सडक पनि निर्माण हुँदै छ।[५]

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

जोमसोम विकियात्रामा यात्रा सहयोगी

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड