टम एन्ड जेरी

टम एन्ड जेरी हलिउड मेट्र गोल्डविन मेयर स्टुडियो र हाल हन्ना बारबेरा स्टुडियोमा निर्मित एक लोकप्रिय कार्टुन शृङ्खला हो। यसमा टम बिरालो हो र जेरी सानो मुसाको नाम हो।यस शृङ्खलाका मुख्य संस्थापकहरू विलियम हन्ना र जोसेफ बार्बरा हुन्। टम एन्ड जेरी शृङ्खलाका लगभग सबै भागहरूमा टमले जेरीलाई समात्न गरेको घातक प्रयासलाई चित्रित गरिएको हुन्छ।

टम एन्ड जेरी
टम एन्ड जेरी
निर्देशकविलियम हन्ना, जोसेफ बार्बरा, जीन डिच, चक जोन्स, मौरिस नोबल, अबे लेवी, टम रोय, वेन वसम
लेखकविलियम हन्ना, जोसेफ बार्बरा, जीन डिच, इली बाउर
निर्मातारुडोल्फ ईसिग्, फ्रेड कुइमई, विलियम हन्ना, जोसेफ बार्बरा, विलियम एल सेन्डर, चक जोन्स, वाल्टर बिन, लेस गोल्डम्यान, अर्ल जोन्स
वितरकमेट्र गोल्डविन मेयर
देशसंयुक्त राज्य अमेरिका
भाषाअंग्रेजी

ईतिहास

मौलिक रुपमा हन्ना बारबेरा स्टुडियोले ११४ वटा शृङ्खला उत्पादन गरेका थिए। [१] यस समयमा, तिनीहरूले सातवटा एकेडेमी पुरस्कार पनि जीतेका थिए। १९९६० र १९६१ एमजीएमले १३ वटा शृङ्खला उत्पादन गरेका थिए। चक जोन्सले त्यसपछि १९३७ र १९६७ थप ३४ शृङ्खला उत्पादन गरेका थिए। यसै गरि यसका अरुपनि थुप्रै शृङ्खला उत्पादन भएका छन्।

पात्रहरु

टम बिरालो

टम एक खैरो रङंको घरेलू बिरालो हो। त्यो प्रायजसो आरामदायक जिन्दगी बिताईरहेको रूपमा चित्रित हुन्छ। धेरै ऊर्जावान, दृढ संकल्प र धेरै ठूलो भए पनि, टम जेरीलाई समात्न सक्दैन। बिरालाहरूले सामान्यतया मुसालाई खानको लागि पीछा गर्दछन्, तर टमले वास्तवमा जेरीलाई खानको लागि समात्ने प्रयास गर्दैन।

जेरी मुसो

जेरी पनि शक्तिसाली र चलाख मुसो हो। यो मुसाले टमलाई सतउने काम गर्छ।

स्पाइक‌‌ कुकुर

जेरीलाई समात्ने प्रयासमा, टम प्रायः स्पाइकनामको कुकुर सँग सामना गर्नुपर्‍ने हुन्छ। यो कुकुर रिसालु प्रक्रितिको छ।

बुच र टुडल्स गैलोर‌‌

बुच कालो रङंको सिगार पिउने बिरालो हो यसले जेरीलाई खान चाहन्छ। तर टम यसको विरोधी हो। बुच र टुडललाई हग हर्मनको १९४१मा टम र जेरीमा समाहित गरेका थिए।

निब्बल्स

निब्बल्स एक सानो खैरो मुसो हो। ऊ प्राय: जेरीको भतिजाको रूपमा देखा पर्दछ। उनी लापरवाह मुसो हो र खतरालाई बुझ्न सक्दैन। प्राय जेरीले उसलाई बचाउछ।‌‌

मम्मी

मम्मी मध्यवय्स उमेरको काली महिला हुन।

अन्य मिडियामा

टम र जेरी हास्य कमिक १९४२ मा सुरु भएको थियो। यो २१२ भाग सम्म प्रकाशीत भएको थियो। [२]यसैगरि टम र जेरी भिडियोगेमको रपमा पनि देखा परेको थियो। सेगा जेनेस प्लसका नामक कम्पनि ले यसको निर्माण गरेको थियो। जापानको संगीतिक कार्यक्रममा यसको प्रयोग भएको थियो। [३]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड