तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको एक व्यापारिक सहर हो। यो नगर नेपालको राजधानी काठमाडौँदेखि ४३० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।[५] भौगोलिक विस्तारको कारण यो उपमहानगरपालिका महाभारत पर्वत शृङ्खलादेखि दक्षिणमा चुरे क्षेत्रसम्म फैलिएर रहेको छ। दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०४८ चैत्र ३० गते यसलाई नगरपालिका घोषणा गरिएको थियो।[२]

तुलसीपुर
तुलसीपुर is located in लुम्बिनी प्रदेश
तुलसीपुर
तुलसीपुर
नक्सामा तुलसीपुरको अवस्थिति
तुलसीपुर is located in नेपाल
तुलसीपुर
तुलसीपुर
तुलसीपुर (नेपाल)
निर्देशाङ्क: २८°०७′४०″उ॰ ०८२°१७′४४″पू॰ / २८.१२७७८°N ८२.२९५५६°E / 28.12778; 82.29556 ०८२°१७′४४″पू॰ / २८.१२७७८°N ८२.२९५५६°E / 28.12778; 82.29556
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
नगरपालिकावि.सं. २०४८ चैत्र ३०[२]
सम्मिलित (गाविस)तुलसीपुर र अमृतपुर
सम्मिलित (गाविस)उरहरी, टरिगाँउहलवार
सम्मिलित मितिवि.सं. २०७१ पुस २८[३]
उपमहानगरपालिकावि.सं. २०७३ फाल्गुण २७[४]
सम्मिलित (गाविस)मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर
सरकार
 • नगरप्रमुखघनश्याम पाण्डे (नेकपा एमाले)
 • उप मेयरमाया शर्मा (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा३८४.६३ किमी (१४८.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४१५२८[१]
 • क्रम११औँ (नेपाल)
दोस्रो (लुम्बिनी प्रदेश)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
२२४१२
क्षेत्रीय सङ्केत०८२
वेबसाइटtulsipurmun.gov.np

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन उरहरी, टरिगाँउहलवार गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[३]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै तुलसीपुरलाई वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। तुलसीपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर गाउँ विकास समितिलाई समावेश गरिएको थियो।[४]

नामकरण

ऐतिहासिक पृष्ठभूमि रहेको यस क्षेत्रमा भारतको तुलसीपुरबाट आएको राजाले राज्य गरेको र उनै तुलसीपुरे राजाको कारणले गर्दा यस स्थानको नाम पनि 'तुलसीपुर' भएको अनुमान गरिएको छ।[६][७]

इतिहास

भारतको अवधको सबैभन्दा ठूलो तालुकमा तुलसीपुरका राजाहरूले शासन गरेका थिए, जसमा वर्तमान दाङ र देउखुरी उपत्यकाहरू समावेश रहेका थिए।[६] तसर्थ, यसलाई बाइसे राज्यमध्ये एकको रूपमा पनि गणना गरियो[८], जुन पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि पश्चिम नेपाल बनेको हो। सुकौराकोट (बबई नदीको उत्तरी किनारमा)को थारु सभ्यता सबैभन्दा पुरानो मानव सभ्यता हो जुन यस समुदायका मानिसहरूको पूर्वतिर बसाइँसराइसँगै देशको पूर्वी भागसम्म विस्तार भएको हो।[९][१०][११]

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार तुलसीपुरको जनसङ्ख्या १,४१,५२८ रहेको छ भने कुल ३४,९७८ घरधुरी रहेका छन्। यस नगरमा मुख्यतया ब्राह्मण, क्षेत्री, थारु रहेका छन्। यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बु लगायतका जातजाती बसोबास गर्छन्।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड