त्रिवेणी गाउँपालिका, सल्यान

त्रिवेणी नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लामा रहेको एक गाउँपालिका हो।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशमा स्थानीय तह लागू गर्दा सल्यान जिल्लामा साविकको काभ्रा, काँरागिठी, फलावाङत्रिबेणी गाउँ विकास समितिहरूलाई जोडेर यो गाउँपालिका बनाइएको हो।[५][६] यो गाउँपालिकाको कुल क्षेत्रफल ११९.११ वर्गकिलोमिटर रहेको छ।[७]

त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका is located in कर्णाली प्रदेश
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका
नक्सामा त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका is located in नेपाल
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१८′N ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29 ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापनावि.सं. २०७३ फागुन २७
समावेश (गाविस)काभ्रा, काँरागिठी, फलावाङत्रिबेणी
सरकार
 • मेयरखिम बहादुर रावत
 • उपमेयरसीता खड्का पुन
क्षेत्रफल
 • जम्मा११९.११ किमी (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,६२४
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटtrivenimunsalyan.gov.np

नामकरण

शारदा खोला, लुहाम खोला र घुर खोलाको सङ्गम स्थल भएकाले यो गाउँपालिकाको नाम 'त्रिवेणी' राखिएको हो।

भूगोल

यो गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिकाछत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ। त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८° १४' देखि २८° २०' उत्तरी आक्षांश र ८२° ०८' देखि ८२° २०' पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ।

जनसङ्ख्या

वि.सं. २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसङ्ख्या १६,६२४ रहेको छ। कुल जनसङ्ख्यामध्ये महिलाको जनसङ्ख्या ८,८९८ (५३.५३ प्रतिशत) र पुरुषको जनसङ्ख्या ७,७२६ (४६.४७ प्रतिशत) रहेको छ। यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ। वि.सं. २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी क्षेत्री जाति ९,०९३ जना (५४.७२%), दोस्रोमा मगर जाति ४,४३५ (२६.६८%) र तेस्रोमा कामी जाति १,२९६ (७.८०%) रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड