द वेल्थ अफ नेसन्स


द वेल्थ अफ नेसन्स (अङ्ग्रेजी: An Inquiry into the Nature and Causes of the Wealth of Nations शाब्दिक अनुवाद: राष्ट्रको धन) स्कटल्याण्डका प्रसिद्ध अर्थशास्त्री एडम स्मिथको प्रसिद्ध कृति हो। यसको प्रथम प्रकाशन १७७६ मा भएको थियो। यो शास्त्रीय अर्थशास्त्रको मूलभूत ग्रन्थ हो।

Inquiry into the nature and causes of the wealth of nations, 1922

औद्योगिक क्रान्ति को पूर्ववर्ती अर्थशास्त्रीय विचारहरूको साथ यस ग्रन्थमा कार्य विभाजन, उत्पादकता तथा स्वतन्त्र बजार आदि विषयको चर्चा गरिएको छ।[१]

एड्म स्मिथको अनुसार कम भन्दा कम सरकारी हस्तक्षेप हुँदा नै व्यक्तिगत र देशको समृद्धिको लागि पूँजीको सर्वश्रेष्ठ उपयोग गर्न सकिन्छ। उनले यो मान्थे कि स्वतन्त्र बजारमा प्रतिस्पर्धाबाट व्यावसायिक गतिविधि बढी हुन्छ, जुन कुनै देशको र उसको नागरिकको लागि हर तरिकाले फाइदामुलक हुन्छ।

इतिहास

द वेल्थ अफ नेसन्स ९ मार्च १७७६ मा प्रकाशित भयो।,[२] जुन स्कटिस इनलाइट्मेन्ट र स्कटिस कृषि क्रान्ति को समय थियो।[३]

सार

प्रथम खण्ड: श्रमको उत्पादक शक्तिमा सुधारको कारण

श्रम विभाजन

मानिस दिन भर मेहनत त सबै देशमा गर्छन्। तर एक देशमा दैनिक श्रमबाट अधिक सम्पन्नता र अर्कोमा कम किन हुन्छ? यो देखिन्छ कि जहाँ उद्योग र आर्थिक सुधार धेरै छ, त्यहाँ श्रम विभाजन पनि धेरै छ र यसैबाट यी देशहरूमा सर्वव्यापी समृद्धि उत्पन्न भएको छ। प्राकृतिक रूपमा कृषिमा श्रम विभाजन कम र निर्माण (म्यानुफ्याक्चरिङ)मा धेरै हुन्छ। त्यसैले कृषि क्षेत्रमा गरीब र धनी देशमा अन्तर त्यति धेरै हुँदैन तर विनिर्माणमा धनी राष्ट्रहरू गरीब देशहरू भन्दा निकै अगाडि हुन्छन्। विनिर्माण-केन्द्रित हुनाले नै सम्पन्नता आउँछ, कृषि-केन्द्रित भएर कहिल्यै आउँदैन।

श्रम विभाजन बजारको आकारबाट सीमित हुन्छ

जहाँ व्यापार गर्ने बजार सानो हुन्छ, त्यहाँ श्रम विभाजन पनि सिमित हुन्छ। खुले व्यापारद्वारा व्यापारिक क्षेत्र बढाउनाले श्रम विभाजन र राष्ट्रिय धनमा वृद्धि हुन्छ। यही कारण है कि इतिहासमा बन्दरगाह नजिकको क्षेत्र अधिक धनी हुने गर्छ किनकी उनीहरूको व्यापारिक पहुँच अन्य क्षेत्र भन्दा निकै अधिक हुन्छ।

पैसा उत्पत्ति र प्रयोग

कोही एक्लै जति नै श्रम गरे पनि, उसको सबै आवस्यकता स्वयं कहिलयै पूरा गर्न सक्दैन। यसैबाट वस्तु विनिमय (बार्टर, अर्थात वस्तुको व्यापारिक लेनदेन) आरम्भ भएको थियो। यसको विस्तारको लागि पैसाको आविस्कार भएको थियो। मुद्रा धातुबाट (सिक्का) बनाउन थालियो।

श्रमिकको आय

श्रमिकहरू आपसमा कामको लागि प्रतिस्पर्धा गर्छन् र उनीहरूलाई काम दिने मालिकहरू आपसमा दक्ष राम्रा श्रमिकलाई आफ्नो काममा लगाउन प्रतिस्पर्धा गर्छन्को। यसैबाट आय उत्पन्न हुन्छ। (हेर्नुहोस्: आर्थिक सन्तुलन)। जब श्रमिकको सङ्ख्या अधिक हुन्छ तब श्रमिकको आय (श्रमको मूल्य) घट्छ र जब काम धेरै हुन्छ, आय बढ्छ। सरकार हस्तक्षेपद्वारा कुनै पनि आर्थिक क्षेत्रलाई दिइएको आर्हिक सहायता सहायिकी (सब्सीडी) प्रायः नराम्रो परिणाम ल्याउँछ। किनभने यसबाट आवश्यकता भन्दा धेरै मानिसहरू उक्त आर्थिक क्षेत्रमा काम गर्न सुरु गर्छन्। र पछि गएर उनीहरूको आयमा गिरावट आउँछ।

प्रभाव

आधुनिक विवेचना

३६,३३१ उद्धरण सहित, सन् १९५० भन्दा अगाडि "द वेल्थ अफ नेसन्स" कार्ल मार्क्सको दास क्यापिटल (पूँजी) पछि सर्वाधिक उद्धरण गरिएको किताब थियो।[४]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड