नृवंशशास्त्र

नृवंशशास्त्र (एथ्नोग्राफी) मानवशास्त्रको एक शाखा हो जसमा विश्वको विभिन्न संस्कृतिहरूको व्यवस्थित अध्ययन गरिन्छ।[१] मानव जाति विज्ञानको सहयोगद्वारा यो शास्त्रले सांस्कृतिक घटनाहरूको पत्ता लगाउँदछ। [२] नृवंशशास्त्र एक प्रकारको सामाजिक अनुसन्धान पनि हो जुन एक सामाजिक स्थितिमा सहभागीहरूको आचरणको परिक्षण गर्न व्यक्ति स्वयं उपस्थित हुन्छ र समूहका सदस्यहरूको व्यवहारको आफ्नै व्याख्या गरि बुझ्ने बुझाउने गर्छ।[३]

जनजाती बिज्ञान
नृवंशशास्त्रको अध्ययन

अनुसन्धानको एक रूपरेखाको रूपमा, नृवंशशास्त्र सहभागी भएर गरिने अवलोकनमा निर्भर गर्दछ र अनुसन्धानकर्ताले अध्ययन गरिरहेका व्यक्तिहरूसँग प्रत्यक्ष सहभागी भएर आफ्नै अनुभवको आधारमा दस्तावेज तैयार गर्छन्। सामाजिक अन्तरक्रियाबाट सहभागीहरू र उनीहरूको स्थानीय सन्दर्भलाई बुझ्नको लागि यसको प्रयोग गरिन्छ। २०औँ शताब्दीको शुरुमा यसको सामाजिक र सांस्कृतिक अध्ययन गर्ने क्रममा यो शास्त्रको उत्पत्ति भएको थियो, पछि अन्य समाजशास्त्रहरूमा समेत यसको प्रयोग हुन थाल्यो र विशेष गरि समाजशास्त्रमा यसको प्रयोग गरिन थालिएको हो।

नृवंशशास्त्रीहरू मुख्यतया गुणात्मक विधिहरूमा यसको प्रयोग गर्छन्, यद्यपि मात्रात्मक तथ्याङ्कमा पनि प्रयोग नभएको हैन। यो शास्त्र स्वयं उपस्थित भएर गरिने एक समग्र अध्ययन हो।[४] [५]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड