नेपालका राजाहरूको सूची

नेपालका राजा वि.सं १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए। अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए। नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो शाहवंशीय राजतन्त्रको अन्त्य गरेको थियो।[१] नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक हिन्दु राज्य थियो। तथापि, १९०३ देखि सम्म सात सालको क्रान्ति, सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो। ४६ सालको जनआन्दोलन पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।[२]

पृथ्वीनारायण शाहको चित्र
गीर्वाणयुद्ध विक्रम शाहको चित्र
राजा त्रिभुवनको तस्वीर
राजा महेन्द्रको तस्वीर
राजा वीरेन्द्रको तस्वीर
राजा ज्ञानेन्द्रको तस्वीर
बायाँ देखि दायाँ सम्म, माथि देखि तल: (क) पृथ्वीनारायण शाह, जसले नेपालको नेपालको एकीकरण गरेका थिए; (ख) गीर्वाणयुद्ध विक्रम शाह, जसको पालामा नेपाल अङ्ग्रेज युद्ध भएको थियो भने नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको थियो; (ग) त्रिभुवन वीर विक्रम शाह, जसले राणा शासनको अन्त्य गरेका थिए र शक्तिमा आएका थिए; (घ) महेन्द्र, जसले निर्दलीय पञ्चायतको सुरुवात गरेका; (ङ) वीरेन्द्र, जसले देशलाई संवैधानिक राजतन्त्र बनाएका थिए; (च) ज्ञानेन्द्र, जो नेपालका अन्तिम राजा थिए।

श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाह आफ्नो बुबा नरभुपाल शाहको मृत्यु पछि १८०० मा, गोरखा राज्यको सिंहासनमा विराजमान भएका थिए। उनले १८०१ मा नुवाकोट माथि आक्रमण गरि एकीकरणको सुरु गरे र १८२५ मा इन्द्रजात्रामा कान्तिपुरमा विजय गरेपछि आधुनिक नेपालको स्थापना गरेका थिए जसले वर्तमान देश नेपालको एकीकरण प्रक्रिया सुरू गरेको थियो।[३] ३१ वर्ष भन्दा बढीको शासन पछि उनको मृत्यु १८३१ माघ १ मा भएको थियो। आफ्नो शासनको अन्तमा उनले नुवाकोट, मकवानपुर र काठमाडौँ उपत्यकाका विजयी हासिल गरेका थिए। पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजाको रूपमा नियुक्त भएका थिए। १८३४ मा, २६ वर्षको उमेरमा उनको अकाल मृत्यु भएको थियो। सोही दिन उनका जेष्ठ छोरा, रणबहादुर शाह राजा बने, आफ्नी आमा रानी राजेन्द्रलक्ष्मी र पछि उनका काका बहादुर शाह उनका प्रतिनिधि बनेका थिए। पछि रणबहादुरले सिंहासन छोडे र उनका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई नेपालको राजाको रुपमा राज्याभिषेक गराएका थिए। गीर्वाणको शासनकालमा नेपाल अङ्ग्रेज युद्ध भयो जुन १८७२ मङ्सिर १९ मा सुगौली सन्धिमा हस्ताक्षर गरेपछि समाप्त भएको थियो, जसको परिणामस्वरूप नेपालले आफ्नो क्षेत्रको एक तिहाई भूभाग गुमाउन पुगेको थियो।[४] १८७३ मङ्सिर ७ मा राजाको मृत्यु भएको थियो त्यसको १२ दिन पछि गीर्वाणयुद्धको रानीको रहस्यमय म्रुत्यु भयो। तीन वर्षका बालक राजेन्द्र विक्रम शाह राजा बने र उनको संरक्षक उनका सौतेनी हजुरआमा रानी ललिता त्रिपुरा सुन्दरी देवी र प्रधानमन्त्री भीमसेन थापा भएका थिए।

१९०३ भदौ ३१ का कोत पर्व घटेको थियो। घटना पछि जङ्गबहादुर राणा सत्तामा आएका थिए[५] र उनले देशको शासन सत्तामा नियन्त्रण कायम गरेका थिए भने उनले एक शताब्दी भन्दा बढी समयसम्म देशमाथि शासन गर्ने राणा वंशको सुरुवात गरेका थिए।[६] अर्को वर्ष, राजेन्द्र विक्रम शाहलाई जङ्गबहादुरले भक्तपुर दरबारमा कैद गरेका थिए र उनका छोरा सुरेन्द्र विक्रम शाह सिंहासनमा विराजमान भएका थिए। उनको शक्ति सीमित थियो। उनको जेठो छोरा, त्रैल‍ोक्यको मृत्युको तीन वर्ष पश्चात् उनको मृत्यु १९३८ मा भएको थियो। त्यस पश्चात्, सुरेन्द्रका नाति पृथ्वी वीर विक्रम शाह नेपालको राजा भएका थिए तर हजुरबुबाजस्तै उनीसँग सिमित शक्तिहरू थिए। पृथ्वी वीर विक्रम शाहको मृत्यु ३६ वर्षको उमेरमा भएको थियो र उनका पाँच वर्षीय छोरा त्रिभुवन उनको उत्तराधिकारी भएका थिए।[७] राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ २००७ मा, त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए। यसको प्रतिउत्तरमा, त्रिभुवनका नाति ज्ञानेन्द्रलाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो। दिल्ली सम्झौता अनुसार सात सालको क्रान्ति पश्चात्, राणा शासनको अन्त्य भएको थियो[८][९] र पुन: त्रिभुवन नेपालको राजामा नियुक्त भएका थिए। त्रिभुवनको निधन पश्चात्, महेन्द्र २०११ मा, नेपालको राजा बनेका थिए। २०१७ मा, उनले निर्दलीय राजनीतिक प्रणाली, पञ्चायतको सुरुवात गरेका थिए।[१०]४६ सालको जनआन्दोलन पश्चात्, पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो।[११]

२०२८ माघमा हृदयघातबाट राजा महेन्द्रको निधन भएपछि उनका पुत्र युवराजा विरेन्द्र राजा भए। २०५८ जेठ १९ मा, राजा वीरेन्द्रको वंश नाश हुने गरि शाही परिवारमा एक दरबार हत्याकाण्ड घटेको थियो। यस घटनामा युवराज दीपेन्द्रको हात रहेको बताइन्छ।[१२] दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरि हत्या गरेको र पछि आफैँलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएको थियो। दरबार हत्याकाण्ड पश्चात्, दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो।[१३] राजा घोषित भएको तीन दिन पश्चात् उनको निधन भएको थियो। त्यस पछि उनका काका, ज्ञानेन्द्र नेपालको राजामा नियुक्त भएका थिए। राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा, निर्वाचित सरकार भङ्ग गरी सत्ता आफ्नो हातमा लिएका थिए।[१४] यसको विरुद्धमा, जनआन्दोलन २०६३ भएको थियो जसले २४० वर्षे लामो राजतन्त्रको अन्त्य गरेको थियो भने नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको थियो।

राजाहरूको सूची

क्र.संचित्रराजा
(जन्म–मृत्यु)
कार्यकालवंशविवरण
शासनको सुरुवातशासनको अन्त्यअवधि
पृथ्वीनारायण शाह
(१७७९ – १८३१)
१८२५ असोज १३१८३१ माघ १६ वर्ष, १०८ दिनशाहगोरखा राज्यका राजा
प्रतापसिंह शाह
(१८०८–१९३४)
१८३१ माघ ११८३४ मंसिर ६२ वर्ष, ३१० दिनशाहपृथ्वीनारायण शाहका छोरा
रणबहादुर शाह
(१८३२–१८६३)
१८३४ मंसिर ६१८५५ फागुन २८
(पदत्याग)
२१ वर्ष, १११ दिनशाहप्रतापसिंह शाहका छोरा
गीर्वाणयुद्ध विक्रम शाह
(१८५४–१८७३)
१८५५ फागुन २८१८७३ मंसिर ७१७ वर्ष, २५७ दिनशाहरणबहादुर शाहका छोरा
राजेन्द्र विक्रम शाह
(१८७०–१९३८)
१८७३ मंसिर ७१९०४ बैशाख ३१
(पदत्याग)
३० वर्ष, १७३ दिनशाहगीर्वाणयुद्ध विक्रम शाहका छोरा
सुरेन्द्र विक्रम शाह
(१८८६–१९३८)
१९०४ बैशाख ३११९३८ जेष्ठ ६३४ वर्ष, ५ दिनशाहराजेन्द्र वीर विक्रम शाहका छोरा
पृथ्वी वीर विक्रम शाह
(१९३२–१९६८)
१९३८ जेष्ठ ६१९६८ मङ्सिर २६३० वर्ष, २०८ दिनशाहसुरेन्द्र वीर विक्रम शाहका नाति
त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
१९६८ मंसिर २६२००७ कार्तिक २२
(निर्वासन)
३८ वर्ष, ३३१ दिनशाहपृथ्वी वीर विक्रम शाहका छोरा
ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)
२००७ कार्तिक २२२००७ पुष २३
(बर्खास्त)
६१ दिनशाहत्रिभुवन वीर विक्रम शाहका नाति
(८) त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
२००७ पुष २३२०११ फागुन ३०४ वर्ष, ६५ दिनशाहपृथ्वी वीर विक्रम शाहका छोरा
१० महेन्द्र वीर विक्रम शाह
(१९७७–२०२८)
२०११ चैत १२०२८ माघ १७१६ वर्ष, ३२३ दिनशाहत्रिभुवन वीर विक्रम शाहका छोरा
११ वीरेन्द्र वीर बिक्रम शाह
(२००२–२०५८)
२०२८ माघ १७२०५८ जेठ १९
(हत्या)
२९ वर्ष, १२१ दिनशाहमहेन्द्र वीर विक्रम शाहका छोरा
१२ दीपेन्द्र वीर विक्रम शाह
(२०२८–२०५८)[क]
२०५८ जेठ १९२०५८ जेठ २२
(दरबार हत्याकाण्ड'जेठ १९ मै हत्या भएको)
३ दिनशाहवीरेन्द्र वीर विक्रम शाहका छोरा
(९) ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)[ख]
२०५८ जेठ २२२०६५ जेठ १५
(हटाइएको)
६ वर्ष, ३५९ दिनशाहमहेन्द्र वीर विक्रम शाहका छोरा

टिप्पणी

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड