पद्म श्री

'पद्म श्री, गणतन्त्र भारतको भारत रत्न, पद्म विभूषणपद्म भूषणपछिको चौथौ सर्वोच्च नागरिक सम्मान हो। यो पुरस्कार वार्षिक रूपमा भारत सरकारद्वारा भारतको गणतन्त्र दिवसको दिन दिइने गरिन्छ।[२]

पद्म श्री
Padma Shri medal suspended from its riband

State Emblem of India
भारतको राष्ट्रपति[१]द्वारा पुरस्कृत
देश भारत
प्रकारराष्ट्रिय नागरिक
फिता
अघिल्लो भागमध्य भागमा कमलको फूलको माथिल्लो पट्टि देवनागरी लिपिमा 'पद्म' र तल्लो पट्टि 'श्री' लेखिएको
पछिल्लो भागमध्य भागमा प्लेटिनमको भारतको राज्यचिह्नसँगै देवनागरी लिपिमा 'सत्यमेव जयते' लेखिएको
तथ्याङ्क
स्थापितसन् १९५४
पूर्व नाम(हरू)पद्म विभूषण 'तीसरा वर्ग' (तेस्रो वर्ग)
पहिलो पुरस्कृतसन् १९५४
अन्तिम पुरस्कृतसन् २०२०
जम्मा पुरस्कृत३,१२३ जना
प्रधानता
आगामी (उच्च)Padma Bhushan riband पद्म भूषण

इतिहास

पद्म श्री सम्मान पुरस्कारको स्थापना सन् १९५४ मा भारत सरकारद्वारा गरिएको हो। यो सम्मान भारतको नागरिकलाई कला, शिक्षा, उद्योग, साहित्य, विज्ञान, खेल, औषधि, समाजिक सेवा र सार्वजनिक मामिला लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदानको लागि दिइने गरिन्छ। यो सम्मान केही गैर भारतीय प्रतिष्ठित व्यक्तिहरूलाई समेत दिइएको छ, तर उनीहरूले भारतको लागि विभिन्न क्षेत्रमा योगदान दिएका थिए।

केही विशिष्ट व्यक्तिहरूलाई पुरस्कृत गर्नको लागि धेरै जना योग्य कलाकारहरू पुरस्कृत नगरिएको भनेर यस सम्मानको चयन मापदण्डको आलोचना समेत समय समयमा गरिएको छ।[३][४] भारत सरकारले हाल आएर आम नागरिकहरूलाई वार्षिक रूपमा दिइने 'पद्म श्री' नागरिक सम्मानको लागि नामाङ्कन सिफारिस गर्नको लागि छुट्टै अनलाइन नामाङ्कन मञ्च बनाएको छ।[५]


पद्म श्री सम्मानको अगाडिको भागमा, 'पद्म' र 'श्री' शब्द देवनगारी लिपिमा लेखिएको छ जसको अर्थ क्रमशः संस्कृत भाषामा कमल र सम्मानीय 'श्री' वा 'सुश्री' हुन्छ। यी दुवै शब्द कमल फूलको चित्रको माथि र तल पट्टि रहेको छ भने दुवै पट्टि रहेको ज्यामितीय आकृति कांस्यको छ भने कुँदिएको आकृति सेतो सुनको रहेको छ।

सन् २०२० सम्म यो पुरस्कार ३,१२३ जना विशिष्ट व्यक्तिहरूले पाइसकेका छन्।[६]

अस्वीकारोक्ति र विवादहरू

सितार वादक विलायत खान[७], शिक्षाविद् र लेखक मामोनी रायसोम गोस्वामी[८], पत्रकार कनक सेन डेका[९]बलिउडका लोकप्रिय पटकथा लेखक सलीम खान सहित कयौं सम्मान प्राप्तकर्ताहरूले विभिन्न कारण देखाइ पद्मश्री सम्मानलाई अस्वीकार गरेका छन्।[१०]

यसका साथै पर्यावरण कार्यकर्ता सुन्दरलाल बहुगुणा[११] र अङ्ग्रेज बिलियर्ड्स च्याम्पियन माइकल फरेराले[९] यो सम्मान अस्वीकार गरेका थिए, तर पछि उनीहरूले पद्म भूषण वा पद्म विभूषण जस्ता प्रतिष्ठित पुरस्कार लिन सहर्ष स्वीकार गरेका थिए। अन्य व्यक्तिहरू, जस्तै लेखक फणीश्वर नाथ 'रेणु'[१२], पञ्जाबी लेखक दलिप कौर तिवाना[१३] र प्रख्यात कवि जयन्त महापात्राले[१४] सुरुमा यो सम्मान स्वीकार गरेको भएता पनि पछि यो सम्मान फर्काएका थिए।

दशकको आधारमा पुरस्कार प्राप्तकर्ताहरू

  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (१९५४–१९५९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (१९६०–१९६९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (१९७०–१९७९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (१९८०–१९८९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (१९००–१९९९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (२०००–२००९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (२०१०–२०१९)
  • पद्म श्री पुरस्कार प्राप्तकर्ताहरूको सूची (२०२०–२०२९)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड