विज्ञान

अध्यन र ज्ञान

विज्ञान व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, वा कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

प्राकृतिक विज्ञान

प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा। वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसका तीन मुख्य शाखाहरू छन्: भौतिक शास्त्र, रसायन शास्त्रजीव विज्ञान

सामाजिक विज्ञान

सामाजिक विज्ञान मानव समाजको बनावट र यसका सदस्यहरूका क्रियाकलापहरूसित सम्बन्धित अध्ययन हो। यसमा इतिहास, अर्थशास्त्र, समाजशास्त्र, आदि शामेल छन्।

निगमनात्मक प्रणाली

निगमनात्मक प्रणाली यो यस्ता विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा गणित र तर्क सामेल छन्।

प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मानिंदैन।

विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय

क्र०सं०शाखाहरूनेपाली

समान्तर शब्द

अध्ययनको विषय
अन्तरिक्ष विज्ञानअन्तरिक्ष यात्रा एवं सम्बन्धित विषय
इक्थ्योलोजीमत्स्यविज्ञानमाछाहरू एवं सम्बन्धित विषय
अस्टियोलोजी(हड्डीहरूको अध्ययन
अर्निन्थोलोजीपक्षीहरूसित सम्बन्धित विषय
अप्टिक्सप्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजीपरिस्थितिको अध्ययन
इक्क्राइनोलोजीगुप्त सूचनाहरू एवं सम्बन्धित विषय
एनाटोमीमानव-शरीरको संरचना
एयरोनटिक्सविमानहरूको उडान
१०एस्ट्रोनमीताराहरू एवं ग्रहहरूसित सम्बन्धित विषय तथा आकाशीय पिंडहरूको अध्ययन
११एग्रोलोजीभूमि (माटो)को अध्ययन
१२एंटोमोलोजीकिरा एवं सम्बन्धित विषय
१३एरेक्नोलोजीमाकुरा आदिको एवं सम्बन्धित विषय
१४एम्ब्रायोलोजीभ्रूण एवं सम्बन्धित विषय
१५समुद्र विज्ञानसमुद्रसँग सम्बन्धित विषय
१६कस्मोलोजीब्रम्हाण्डको अध्ययन
१७क्रिप्टोग्रफीगुप्त लेखन अथवा गूढ लिपि
१८गायनोकोलोजीस्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
१९जियोलोजीपृथ्वीको आन्तरिक संरचना
२०जेम्मोलोजीरत्नहरूको अध्ययन
२१टेराटोलोजीट्‌यूमरको अध्ययन
२२टैक्टोलोजीपशु – शरीरको रचनात्मक संघटन
२३डर्मेटोलोजीछाला एवं सम्बन्धित रोगहरूको अध्ययन
२४डेन्ड्रोलोजीवृक्षहरूको अध्ययन
२५डेक्टाइलोजीअंकहरू (संख्याहरू)को अध्ययन
२६न्यूरोलोजीनाडी स्पंदन एवं सम्बन्धित विषय
२७न्यूमिसमेटिक्समुद्रा – निर्माण एवं अंकन
२८पैथोलोजीरोगहरूको कारण एवं सम्बन्धित विषय
२९जीवाश्म विज्ञानजीवाश्म एवं सम्बन्धित विषय
३०पैरासाइटोलोजीपरजीवी वनस्पतिहरू एवं जीवाणु
३१फायनोलोजीजीव-जन्तुहरूको जातीय विकास
३२ब्रायोलोजीदलदल एवं हिलोको अध्ययन
३३बैलनियोलोजीखनिज निष्कासन एवं सम्बन्धित विषय
३४बायलोजीजीवधारीहरूको शारीरिक अध्ययन
३५बोटनीबिरुवाहरूको अध्ययन
३६बैक्टीरियोलोजीजीवाणुसित सम्बन्धित विषय
३७मिनेरालोजीखनिजहरूको अध्ययन
३८मेटेरोलोजीवातावरण एवं सम्बन्धित विषय
३९माइक्रोलोजीझ्याउ एव सम्बन्धित विषय
४०मायोलोजीमांस-पेशीहरूको अध्ययन
४१रेडियो बायोलोजीजीव-जन्तुहरूमाथि सौर विकिरणको प्रभाव
४२लिथोलोजीचट्‌टान एवं ढुङ्गाहरूसित सम्बन्धित विषय
४३लिम्नोलोजीझीलहरू एवं स्थलीय जल भागहरूको अध्ययन
४४सीरोलोजीरक्त सीरम एवं रक्त आधानसित सम्बन्धित
४५स्पलैक्नोलोजीशरीरका आन्तरिक अङ्ग एवं सम्बन्धित
४६स्पेस बायलोजीपृथ्वी बाहिरका आन्तरिक जीवनको सम्भावनाको अध्ययन
४७रक्तविज्ञानरक्त एवं सम्बन्धित विषयहरूको अध्ययन
४८हेलियोलोजीसूर्यको अध्ययन
४९हरपेटोलोजीसरीसृपहरू (साँप आदि)को अध्ययन
५०हिस्टोलोजीशरीरका ऊतक एवं सम्बन्धित विषय
५१हिप्नोलोजीनिद्रा एवं सम्बन्धित विषयहरूको अध्ययन

वाह्य सूत्र

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड