प्युठान जिल्ला

प्यूठान जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँचीगुल्मी, पश्चिममा रोल्पादाङ, उत्तरमा बाग्लुङरोल्पा र दक्षिणमा अर्घाखाँचीदाङ जिल्ला रहेका छन्।

प्यूठान जिल्ला
स्वर्गद्वारी
लुम्बिनी प्रदेशमा प्युठानको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा प्युठानको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामप्यूठान
क्षेत्रफल
 • जम्मा१३०९ किमी (५०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३१८४८
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ। यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ। प्यूठान जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका कायम गरेको छ।[१][२][३] प्युठान जिल्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ।

नामाकरण

प्यूठान शव्दको उत्पति बारे मतैक्यता पाईदैन। कर्कपेट्रीकले प्रार्थाना (पूरथाना)बाट अपभ्रंश हुँदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथानाबाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन। अर्थात - प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको हो। निरज सुवेदीले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ। सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।

इतिहास

प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ आदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४औँ शताब्दी सम्म रहयो। पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए। यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ। विक्रम संवत् १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिएँ। खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ।

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ७ गाउँपालिका छन्।

प्युठान जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
प्युठान नगरपालिका१०खलङ्गा३८,४४९
स्वर्गद्वारी नगरपालिकाभिंग्री३०,९४०
गौमुखी गाउँपालिकाबरौंला२५,४२१
माण्डवी गाउँपालिकाजस्पुर१५,८६३
सरुमारानी गाउँपालिकासरूमारानी१८,६२७
मल्लरानी गाउँपालिकाखलङ्गा१७,६८६
नौवहिनी गाउँपालिकाबाहाने३०,२९२
झिमरुक गाउँपालिकाभ्यागुते२६,४९१
ऐरावती गाउँपालिकाबरौंला२०,४०४

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड