बिरुवा गाउँपालिका

स्याङ्जाको एक गाउँपालिका

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर बिरुवा गाउँपालिका घोषणा गरिएको हो।[३]

बिरुवा
शीर्ष बायाँ देखि दाँया
बिरुवा बजार, बिरुवा गबुडाँडा, गबुडाँडा, एक बस्ती, कार्की डाँडा, पुरातन मन्दिर, वडा नं. ७ मनकामना मन्दिर परिसरबाट देखिएको मनोरम दृष्य र विद्यालय
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरचुनप्रसाद शर्मा[१] (एमाले)
क्षेत्रफल
 • जम्मा९५.७९ किमी (३६.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,४१३
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको विरुवा अर्चले गाविसको कार्यालय
वेबसाइटbiruwamun.gov.np

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाविसहरूलाई मिलाएर बिरुवा गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बिरुवा गाउँपालिकाको जनसङ्ख्या १८,४१३ रहेको छ।[४][५]

भू-वनोट

बिरुवा गाउँपालिकामा ८ वडाहरू रहेका छन। बिरुवाको कुल क्षेत्रफल ९५.७९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिकातनहुँ जिल्ला पर्दछन् भने पश्चिममा वालिङ नगरपालिकाभीरकोट नगरपालिका छ। यसको उत्तरी भागमा पुतलीबजार नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चापाकोट नगरपालिका पर्दछ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड