बेडेन पावेल

रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए।

रोर्बट बेडेन–पावेल, प्रथम बरुन बेडेन–पावेल
स्काउटिङका संस्थापक
उपनाम(हरू)वी.पी
जन्म२२ फेब्रुअरी १८५७
प्याडिङटन, लण्डन, बेलायत
मृत्यु८ जनुअरी १९४१
नेयरी, केनिया
विनियुक्त
  • चिएफ अफ स्टाफ , दोस्रो म्याटेवल युद्ध (१८९६ –१८९७)
  • पाँचौं ड्रयागन गार्ड इन इन्डिया (1897)
  • Inspector General of Cavalry, England (1903)
युद्ध
  • Anglo-Ashanti Wars
  • Second Matabele War
  • Siege of Mafeking
  • Second Boer War
पुरस्कारहरू
  • Ashanti Star (1895)[१]
  • Matabele Campaign, British South Africa Company Medal (1896)[२]
  • Queen's South Africa Medal (1899)[३]
  • King's South Africa Medal ( 1902)[४]
  • Boy Scouts Silver Wolf
  • Boy Scouts Silver Buffalo Award (1926)[५]
  • World Scout Committee Bronze Wolf (1935)[६]
  • Grand Cross of the Order of Dannebrog, Denmark (1921)
  • Großes Dankabzeichen des ÖPB (1927)
  • Großes Ehrenzeichen der Republik am Bande (1931)
  • Goldene Gemse (1931)
  • Grand-Cross in the Order of Orange-Nassau (1932)
  • Order of Merit (1937)
  • Wateler Peace Prize (1937)
  • Order of St Michael and St George
  • Royal Victorian Order
  • Order of the Bath
अन्य कार्यFounder of the international Scouting Movement; writer; artist
हस्ताक्षर

उनले स.न्.१९०७मा ब्राउन सी आईल्याण्ड स्काउट क्याम्पको आयोजना गरेका थिए, जसलाई विश्व स्काउटिङ अभियानको औपचारीक शुरुवात पनि मानिन्छ । उनले आफ्नो सैनिक कार्यकालको दौरान युवा नेतृत्व सम्बन्धी विभिन्न प्रकारका किताब तथा लेखहरू लेखेका थिए। उनका ती सबै लेखहरू समेटी स.न्.१९०८ मा सर आरथर पियरसनले ‘स्काउटीङ फर ब्वाईज’ नामको पुस्तक प्रकाशन गरेमा थिए ।उनले ओलेभ सेन्ट क्लेयर सोमेस सँग विवाह गरे पश्चात उनी, उनको बहिनी एग्नीस बेडेन–पावेल र उनकी श्रीमति ओलेभ सेन्ट क्लेयर सोमेस सबैले संगै मिलेर स्काउटिङ अभियानमा मार्गदर्शकको भूमिको निर्वाह गरेका थिए। बेडेन–पावेलले आफ्नो जिवनको उत्तरार्ध केनियाको नेयरीमा बिताएका थिए। उनको मृत्यु स.न्.१९४१मा केनियाको नेयरीमै भएको थियो ।

व्यक्तिगत जिवन

स.न् १९१२को जनावरीमा स्काउटीङको विश्व भ्रमणका दौरान एक पानी जहाजमा बेडेन पावेलको भेट ओलेभ सेन्ट क्लेयर सँग भएको थियो। त्यस बेला बेडेन पावेल ५५ वर्षका थिए भने ओलेभ सेन्ट क्लेयरमात्र ३० वर्षकी थिइन्। उनीहरूले २२ फेब्रेवरीको दिनमा बेडेन पावेलको जन्मउत्सव पनि संगै मनाएका थिए। त्यसै वर्षको अक्टोबर ३१मा पार्कस्टोनको सेन्ट पिटर चर्चमा उनीहरू वैवाहिक बन्दनमा बाँधिएकाथिए। उनीहरूको विवाहमा उपहार स्वरूप वेलायती स्काउटहरूले १–१ पेनी र्खचेर उनीहरूलाई कार उपहार दिएका थिए।

"बन्द कोठा भित्र बस्ने मानिसको सोच सञ्कोचीत हुन्छ"

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड