भियतना मोबाइल

भियतना मोबाइल एक मोबाइल सञ्जाल सञ्चालक हो।[२] यसलाई सरकारी स्वामित्वको हनोई दूरसञ्चार (५०%) र हङकङमा आधारित हचिसन एसिया दूरसञ्चार समूह (४९%) ले संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना गरेका थिए। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यो ग्राहकहरूको सङ्ख्याको आधारमा सरकारी स्वामित्वका कम्पनीहरू जस्तै भिट्टेल मोबाइल, भिनाफोनमोबिफोन पछिको भियतनामको चौथो सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक हो। यसको प्रधान कार्यालय भियतनामको एक प्रमुख व्यापारीक केन्द्र हो चि मिन्ह सहरमा रहेको छ।

भियतना मोबाइल
व्यवसाय प्रकार
संयुक्त उद्यम
उद्योगदूरसञ्चार
पूर्ववर्तीएचटि मोबाइल
स्थापितअप्रिल २००९
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
 भियतनाम
सेवाहरूमोबाइल सञ्चार सेवा
मालिकहनोई दूरसञ्चार र हचिसन एसिया दूरसञ्चार समूह[१]
वेबसाइटvietnamobile.com.vn

इतिहास

एचटी-मोबाइल एक अनुमति पत्र प्राप्त भियतनामको छैटौँ मोबाइल सञ्जाल सञ्चालन हो। यो संयुक्त पूँजी कम्पनीको रूपमा स्थापित भएको थियो। जसमा हनोई दूरसञ्चार र हङकङको अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हचिसन समूहको सहभागीता रहेको थियो।[३] एचटि-मोबाइल नोभेम्बर २००६ देखि सेवा प्रदान गरिरहेको थियो भने यसको आधिकारिक सुरुवात १५ जनवरी २००७ मा भएको थियो र यसको लोगो मौरीको आकारको थियो। एचटी-मोबाइलले प्रयोग गर्ने सङ्ख्या भनेको ०९२ हो।[३]

जनवरी २००८ मा, एचटी-मोबाइलले आफ्नो प्रविधि सिडिएमएबाट विमोसप्रमा रुपान्तरण गर्नका लागि निवेदन दर्ता गरेको थियो र प्राधिकरणबाट उक्त निवेदनले स्वीकृति पनि प्राप्त गरेको थियो। उक्त प्रविधि रुपान्तरणलाई लागू गर्नका लागि एचटी-मोबाइलले सबै ग्राहकहरूलाई भियतनाममा एउटै आवृत्तीको प्रयोग गर्ने अर्को सिडिएमए मोबाइल सञ्जाल सञ्चालक एस-फोनमा पठाइदिएको थियो। [४]जून २००८ मा, हनोई दूरसञ्चार र हचिसनले एरिक्सन र हुवावेसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए जसले गर्दा ३ वर्षमा एक नयाँ मोबाइल सञ्जाल सञ्चालकको बनाउन, प्रबन्ध गर्न र सञ्चालन गर्न सफल भएका थिए यसका साथसाथै सम्पूर्ण सञ्जालहरू सिडिएमएबाट विमोसप्र/एजमा रूपान्तरण गर्न पनि सफल भएका थिए।[५]

९ अप्रिल २००९ मा, हनोई दूरसञ्चारले एक नयाँ मोबाइल सञ्जाल सञ्चालकको सुरुवात गरेको थियो जसको जाम भियतना मोबाइल राखिएको थियो। यसले आफ्नो सम्पर्क नम्बर भने परिवर्तन गरेको नगरि सोही ०९२ नै राखेको थियो र विमोसप्र प्रविधि युक्ति नयाँ दूरभाष यन्त्रहरू पुराना ग्राहकहरूको लागि साट्दिने कुरा पनि बताएको थियो। ९ अप्रिल २००९ देखि एलिजाबेथ फोङले भियतना मोबाइलको महाप्रबन्धकको रूपमा सेवा दिँदै आइरहेकी छिन्।

सन् २०११ को अन्त्य देखि, भियतना मोबाइलले उच्च गतिको तेस्रो पुस्ता सञ्जाल सेवाको प्रदान वा परीक्षण गर्दै आइरहेको थियो।[६] यसले सन् २०११ को अन्त्यमा हनोई, डा नाङ, हो चि मिन्ह सहर लगायतका भियतनामका प्रमुख व्यापारीक केन्द्रमा तेस्रो पुस्ता सञ्जाल सेवा प्रदान गरेको थियो।

जुन २०१३ मा: श्री गार्मोन सले छोटो अवधिका लागि महाप्रबन्धकको रूपमा सेवा दिएका थिए।

१२/५/२०१६ मा, भियतना मोबाइलले आधिकारिक रूपमा व्यापारको प्रकार परिवर्तन गरी भियतना मोबाइल संयुक्त पूँजी कम्पनी बनेको थियो जसमा हनोई दूरसञ्चार र हङकङको अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हचिसन दूरसञ्चार समूह गरी दुईवटा प्रमुख सेयरधनीहरू रहेका थिए। भियतना मोबाइलको अभिभावक कम्पनी हचिसनले विभिन्न देशहरू दूरसञ्चार सेवा प्रदान गरेको छ जसले गर्दा योसँग दूरसञ्चार क्षेत्रमा ठूलो अनुभव बटुलेको छ। यसले सेवा प्रदान गर्ने देशहरूमा इन्डोनेसिया, भियतनाम (tktech), श्रीलङ्का, अस्ट्रेलिया, अस्ट्रिया, डेनमार्क, हङकङ, आयरल्यान्ड, इटाली, इङ्ल्यान्ड, स्विडेन र मकाउ पर्दछन्। सन् २०१६ देखि पुन एलिजाबेथ फोङले महाप्रबन्धकको रूपमा सेवा दिँदै आइरहेकी छिन्।.

जनवरी २०१८ मा, भियतना मोबाइलले आधिकारिक रूपमा राष्ट्रव्यापी रूपमा तेस्रो पुस्ता सञ्जालले सम्पूर्ण क्षेत्र ढाकेको थियो जसले गर्दा धेरै ग्राहकहरूको यसले ध्यान खिच्न सफल भएको थियो। जून २०१८ मा, भियतना मोबाइलले आधिकारिक रूपमा चौथो पुस्ता सञ्जालको सुरुवात गरेको थियो जसमा यसले सुरुवाती चरणमा १० वटा उत्तरी प्रदेश र १४ वटन दक्षिणी प्रदेशमा गरी भियतनामका २४ वटा प्रदेशहरूमा सेवा सञ्चालन गरेको थियो। जनवरी २०१९ मा यसले राष्ट्रव्यापी रूपमा चौथो पुस्ता सेवा प्रदान गर्दै आइरहेको छ। ९ अप्रिल २०१९ देखि क्रिष्टिना हुईले भियतना मोबाइलको निर्देशकको रूपमा सेवा दिँदै आइरहेकी छिन्।

बजार साझेदारी तथा प्रतिस्पर्धीहरू

सन् २०१२ मा अनुमानित राजस्वका अनुसार, भियतना मोबाइलले ८% बजनर साझेदारी गरेको छ।[२] यसका मुख्य प्रतिस्पर्धीहरू भिट्टेल जसको बजार साझेदारी ४०.६७% रहेको छ यसमन साथै भिनाफोन ३०%, मोबिफोन १७.९% रहेको छ। यी तीनवटा कम्पनीहरूले भियतनामको दूरसञ्चार क्षेत्रमा लगभग ९०% बजार साझेदारी गरेका छन् र बाँकी जिमोबाइल र एस-फोनका एकदमै न्यून ग्राहकहरू रहेका छन्।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१२ मिति

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड