भ्वाङ

भ्वाङ [१], भवान अथवा भवाङ (अङ्ग्रेजीमा sinkhole) सिङ्क होल चून क्षेत्रमा हुने भू-धरातलीय स्वरूप हो। जमीनको सतहमुनी रहेको चुन पानीसँगको सम्पर्कमा आएपछि पग्लेर यो स्थलरूप बन्दछ। यस्ता भ्वाङ विभिन्न आकारमा पाइएको भएतापनि धेरैजसो भ्वाङ बाटुलो आकारका पाइन्छन्। भ्वाङ पर्दाको आकार भन्दा विस्तार विस्तार बढ्दै जाने गरेको पाइन्छ। कुनै भ्वाङ खाली टोड्को मात्र हुन्छन् भने कुनै भ्वाङमा पानी भरिएको हुन्छ। [१]

Mosul भ्वाङ
लुकायान राष्ट्रिय निकुञ्जमा देखिएको नीलो भ्वाङ

नेपालको पोखरामा यो किसिमका स्थलरूप देख्न सकिन्छ। पोखराको अर्मला गाविसमा २०७० मंसीरमा जमीनमा भ्वाङ परेको देखिएको छ।[२][३][४]अर्मलामा परिरहेका भ्वाङको संख्या ५० नाघेको छ। संख्या पनि बढेको छ भने परेका भ्वाङहरू पनि क्रमशः बढेर ठूलो आकारको हुँदै छन्। [१] धेरैवटा भ्वाङहरू मिलेर अझ ठूलो भ्वाङको आकृति बन्दछ जसलाई बृहत भ्वाङ अथवा उभाला (Uvalla) भन्दछन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड