मिनियन्स् (चलचित्र)

मिनियन्स् (अङ्ग्रेजी: Minions) सन् २०१५ को अमेरिकी 3D कम्प्युटर-एनिमेटेड पारिवारिक हास्य प्रधान चलचित्र हो। विशेषत: डिस्पेकेवल मि चलचित्रको कथाको पूर्व भाग (prequel) को रूपमा रहेको छ। इलुमिनेसन इन्टरटेनमेन्टद्वारा युनिर्भर्सल पिक्चर्सका लागि निर्मित यश चलचित्रका निर्देशक पियरे कोफिन र काइल ब्याल्डा हुन् । यसका लेखक ब्रायन लिन्च र निर्माता क्रिस मेलिडेन्ड्री र जेनेट हिले हुन्। चलचित्रमा कोफिन (मिनियन्स्को रूपमा), स्यान्ड्रा बुल्लक, जोन ह्यम्म, माइकल किटन, एलिजन जेनी र स्टिभ कुगनको आवाज-अभिनय रहेको छ र जियोफ्रि रसद्वारा वाचन गरिएको छ। ''डिस्पिकेबल'' २ चलचित्रको को अन्तमा मिनियन्स् बन्ने सङ्केत दिइएको थियो ।

मिनियन्स्
रिलिज पोस्टर
निर्देशक
  • पियर कोफिम
  • काइल बाल्डा
लेखकब्रायन लिन्च
निर्माता
  • क्रिस मिलिन्ड्यान्ड्रिल
  • ज्यानेट हिले
मुख्य कलाकार
  • स्यान्ड्रा बुल्लक
  • जोन ह्याम्म
  • माइकल किटन
  • एलिजन जेनी
  • स्टिभ कुगन
  • जेनिफर सोउनडर्स
  • पियर कोफिन
Narrated byजियोफ्री रस
सम्पादनक्लेयर डजसन
सङ्गीतहिओटर पेरिरिया[२]
वितरक
कम्पनी
इलियुमिनेसन इन्टरनेटमेन्ट
वितरकयुनिभर्सल पिक्चर्स्
प्रदर्शन मिति
११ जुन २०१५, लण्डन प्रिमियर[१]
अवधि
९१ मिनेट [३]
देशअमेरिका
भाषाअङ्ग्रेजी
बजेट$७४ लाख
बक्स अफिस$1.159 अर्ब[४]

मिनियन्स् को पहिलो प्रदर्शनी जुन ११, २०१५ मा लेस्टर स्क्वायर, लण्डनमा भयो र जुलाई १० मा अमेरिकामा सामान्य रूपमा रिलिज गरियो । चलचित्रको समीक्षा भने मिश्रति पाइयो: केही समिक्षकले चलचित्रको हास्य पक्ष राम्रो भएको बताए, केहीले चलचित्रका मुख्य पात्रले कथा बाँध्न नसकेको र खलपात्रहरू फिक्का भएको बताए । चलचित्रले अमेरिकी डलर १.१ अर्ब कमाउन सफल हुँदै (डिस्पेकेवल मि १ र २ लाई पछि पार्दै), हाल सम्मको ११औँ सर्वाधिक कमाउन सफल चलचित्र, दोस्रो बढी कमाउन सफल एनिमेटेड चलचित्र र डिज्नी बाहेकका सबै भन्दा बढी कमाउन सफल एनिमेटेड चलचित्र बन्यो ।

कथा सारंश

मिनियन्स् समयको प्रारम्भ देखि नै एक कोषिकाबाट विकास हुदैँ उत्पत्ति भएका साना पहेँला जीव हुन्। यिनको मुख्य उद्देश्य भनेको संसार राज गर्ने ठुला जीवको बफादार नोकर या सहयोगी बन्नु हो। विभिन्न जीव क्रमश: डाइनासोर, गुफामा बस्ने वन मानव, इजिप्टका शासक, ड्राकुला, नेपोलियन हुदैँ गर्दा धेरै पटक मिनियन्स् नै उक्त मालिकको बिनाशका कारण पनि बन्न जान्छन्। नेपोलियनको सहयोगी बन्ने क्रममा नेपोलीयनको विनाशका कारण बन्न पुगेपछि मिनियन्स्हरू लेखेटिन्छन् र पृथ्वीको आर्टिक जोनमा बस्न बाध्य हुन्छन् । कयौँ वर्ष मानव समुदायबाट टाढा रहेका मिनियनस्हरू आफ्नो अस्तित्व गुमाए झैँ हुन्छन् । मिनियन्स् परिवारको सम्मान र उद्देश्य खोज्न निडर मिनियन केभिन, नयाँ मालिक खोज्ने सोच्दछन् । केभिनको यात्रामा स्ट्वार्ट: सङ्गीत प्रेमी एउटा आँखा भएको मिनियन, बब: कलिला तर यात्राका इच्छुक मिनियन सहयोगी हुन पुग्छन् ।

यी तीन मिनियन सन् १९६८ को न्यु योर्क शहरमा पुग्दछन् । शहरमा घुम्दाघुम्दैँ उनीहरू एक डिपार्टमेन्ट स्टोरमा रात कटाउँछन् । उनीहरू ओर्ल्यान्डोमा हुन गइरहेको कमिक कोन, खलनायक र महाखलनायकको सभाको बारेमा विज्ञापनबाट थाहा पाउँछन् । केभीनको टोली नेल्स्न परिवारसँग लिफ्ट माग्दछन् र उनीहरूलाई प्रभाव पार्दछन् । उक्त सभामा स्कार्लेट ओभरकिल, एक महिला महाखलनायकद्वारा केभिनका टोली विशेष कार्यका लागि चुनिनिन्छन् र इङ्ल्यान्ड लगिन्छन् । स्कार्लेट ओभरकिलद्वारा इङ्ग्ल्यान्डकी महारानीको ताज चोर्न कार्यमा मिनियन्स्हरू असफल हुन पुग्छन् । बरु उल्टै बब महारानीको स्थानमा राजा बन्न पुग्दछन् । अन्तत: स्कार्लेट बदला लिने सोच्छिन् तर उनको महारानी बन्ने सपना भने पुर्ण हुन पाउँदैँन ।

अन्तत: तीन मिनियन्स्हरू महारानीबाट सम्मानित हुन पुग्छन् । त्यस सँगै मिनियन्स्हरू साना 'ग्रु' को पिछा गर्दछन् ।

कलाकार छनोट

  • पियर कोफिन : केभिन, स्टुवार्ट, बव र अरू मिनियन्स्का रूपमा
  • स्यान्ड्रा बुल्लक: स्कारलेट ओभरकिल, नारी खलपात्रका रूपमा
  • जोन ह्याम्म: हर्ब ओभरकिल, आविष्कारक र स्कारलेटका पतिका रूपमा
  • माइकल किटन: वाल्टर नेल्सनका रूपमा
  • एलिजन जेनी: म्याज नेलस्नको रूपमा
  • स्टिभ कुगन: प्रोफेसर फल्स र टाओरका सुरक्षा कर्मीका रूपमा
  • जेनिफर स्यान्डर्स: रानी एलिजावेथ द्वितीयकी रूपमा
  • जियोफ्रि रस: वाचकका रूपमा
  • केटी मिक्सन: टिना नेलसनको रूपमा
  • स्टिभ करेल: बालक ग्रुको रूपमा, डिस्पेकेबल मि का मुख्य पात्र
  • हिरोयुकी सानाडा: डुमो (सुमो खेलाडी) का रूपमा
  • माइकल विटि: वाल्टर नेलसन जुनियर र भिलेन कोन अनाउनसरका रूपमा
  • पल थोर्नली: समाचार रिपोर्टरका रूपमा

निर्माण

सन् २०१२ मा युनिभर्सल स्टुडियोज र इल्युमिनेसन इन्टरटेनमेन्टले डिस्पेकेबल मि का मिनियन्स्का छुट्टै चलचित्र बनाइने पूर्व घोषणा गरेका थिए[५] र सन् २०१४ सम्ममा रिलिज गराउने कुरा गराए । ब्रायन लिन्च, जसले हप (२०११) र पुस इन बुट्स (२०११) मा सह-पटकथा लेखक भएर काम गरिसकेका थिए, उनलाई नै चलचित्रको पटकथा लेख्न प्रस्ताव राखिएको थियो ।[६]

अगस्ट २१, २०१२ मा चलचित्र डिसेम्बर १९, २०१४ मा रिलिज हुने घोषणा गरियो ।[७] फेब्रुअरी २०१३ मा स्यान्ड्रा बुल्लक,[८] र दुई महिना पछि जोन ह्यम्म चलचित्रको कलाकारका रूपमा जोडिए ।[९] चलचित्रको रिलिज मिति सेप्टेम्बर २०, २०१३ मा जुलाई १०, २०१५ मा सारियो; जुलाई १३ मा डिस्पेकबल मि २ को सफलता, युनिभर्सलले यसलाई सन्तोषजनक मान्नु र चलचित्रको व्यवसायीक पक्ष केलाउन रहर हुनु यसको कारण थियो ।[१०]

रिलिज

चलचित्रको पहिलो प्रदर्शनी जुन ११, २०१५ मा लण्डनमा भयो, जुन १७ मा इन्डोनेसियाअस्ट्रेलिया र त्यसको भोलिपल्ट मलेसियासिङ्गापुरमा रिलिज गरियो । अमेरिकामा जुन २६ मा प्रदर्शनी गरियो र जुलाइ १०, २०१५ मा सामान्य रूपमा रिलिज गरियो । चिनमा सेप्टेम्बर १३ मा रिलिज गरिएको थियो ।

मार्केटिङ

मिनियन्स को पहिलो ट्रेलर नोभेम्बर ३, २०१४ मा युट्युबमा इलियुमिनेसनद्वारा हालिएको थियो । चलचित्रको कमिक्स र ग्राफिक्स उपन्यास टाइटन कमिक्सले प्रकाशन गर्दै आएको छ । युनिभर्सलको माऊ कम्पनी कोमकास्ट र उसको साझीदारीहरूले चलचित्रको टेलिभिजन विज्ञापनका लागि अमेरिकी डलर २६.१ लाख खर्चिएका थिए । युनिभर्सलले यसलाई "इतिहासमा नै सबै भन्दा ठूलो र व्यापक" भएको बताए ।

घरेलु मिडिया

मिनियन्स् डिभिडिमा सन् नोभेम्बर १६, २०१५ मा युरोपमा गरिएको थियो र उत्तर अमेरिकामा डिसेम्बर ८ मा रिलिज गरिएको थियो । उक्त चलचित्र सँग अन्य छोटा चलचित्र पनि समावेश गरिएका थिए । अमेरिकामा रिलिज भएको पहिलो हप्तामा नै ६३% बिक्री नतिजा आएको थियो ।

समीक्षा

युनिभर्सल स्टुडियो फ्लोरिडा प्रवेशद्वार, जुलाई १२, २०१५

बकस अफिस

मिनियन्स $३३६ लाख उत्तर अमेरिकामा र अन्य ठाउँबाट $८२१.२ लाख कमाउन सफल भयो । विश्वभरमा, सन् २०१५ को सर्वाधिक कमाउन सफल चलचित्रमा पाँचौं स्थान हात पार्न सफल भयो । $१ अर्ब भन्दा बढी कमाउन सफल मिनियन्स पहिलो डिज्नी बाहिरको एनिमेटेड चलचित्र हो। यसैसित युनिभर्सल पिक्चर्स, फ्युरिस सेबेन, जियुरेसिक वर्लडमिनियन्स् सँगैँ $१ अर्ब भन्दा बढि कमाउन सफल ३ वटा चलचित्रको पहिलो स्टुडियो बन्यो।

उत्तर अमेरिका

चलचित्रको अमेरिका र क्यान्डामा भव्य रिलिज र प्रदर्शनी भयो। प्रदर्शनीखो एक हप्तामा नै अमेरिको डलर ११५.७ लाख कमाइ गरेका थिए । सन् २०१५ को अमेरिकी डलर १०० लाख भन्दा बढी कमाउन सफल चलचित्र (चौथो) बन्न सफल भयो । यसैसँग छैटौँ बढी कमाउन सफल युनिभर्षल पिक्चर्सको चलचित्र र हालसम्मकै ३७ औँ बढी कमाउन सफल चलचित्र रह्यो ।

उत्तर अमेरिका बाहिर

२०१५ को जुन र जुलाइ भर ४४ देशहरूमा चलचित्र रिलिज भयो । अमेरिकी डलर १२.५ लाख पहिलो हप्तामा कमाउन चलचित्र सफल भयो ।

नयाँ भाग

जनवरी २०१७ मा मिनियन्स २ जुलाई ३, २०२० मा रिलिज हुने घोषणा गरिएको थियो । चलचित्रका निर्देशन ब्याल्डा र सहनिर्देशन ब्रेड एब्लेसन नै गर्नेछन् जसका लेखक लिन्च हुनेछन् ।[११]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड