याहु! आन्सर

याहु! आन्सर (अनुवाद: याहु! उत्तर) याहू!द्वारा सञ्चालित सामुदायिक प्रश्न-उत्तर वेबसाइट हो वा याहुद्वारा बनाइएको एक ज्ञानको भण्डार हो जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको जवाफ दिन र अन्य प्रयोगकर्ताद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छ।

याहु! उत्तर
याहु! उत्तरको पर्दाचित्रण
साइटको प्रकार
सहयोगी
उपलब्ध भाषाचिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इन्डोनेसियन, इतालियाली, जापानी, कोरियाली, पुर्तुगाली, स्पेनी, थाई, भियतनामी
युआरएलanswers.yahoo.com
व्यवसायिकहैन
चालु भएको मितिजुन २८, २००५; १८ वर्ष पहिले (२००५-०६-28)

इतिहास

याहु! को वेबसाइटलाई २ मार्च १९९५ मा याहु! का संस्थापक जेरी याङ र डेभिड फिलोद्वारा आधिकारिक रूपमा सुरुवात गरिएको थियो।[१] यो विभिन्न वेबसाइटहरूको लागि खोजी निर्देशिकाको रूपमा सुरु भएको थियो र स्थापित इन्टरनेट संसाधनमा वृद्धि भएको थियो जसलाई "याहू उत्तर"को मञ्चमा प्रस्तुत गरिएको थियो।[२][३] याहु! उत्तरलाई १८ जून २००५ मा आन्तरिक अल्फा परीक्षणको लागि सुरू गरिएको थियो। परीक्षण संस्करणको याहु! उत्तरलाई ८ डिसेम्बर २००५ मा सर्वसाधारणका लागि लागि सुरू गरिएको थियो र यो १४ मे २००६ सम्म उपलब्ध भएको थियो।[४][५] अन्तत: याहु! उत्तरको आधिकारिक संस्करण १५ मे २००६ मा, सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।[६]

याहु! उत्तरलाई याहु!को पहिलाको प्रश्नोत्तर मञ्च, याहु! सोधसँग बदल्नको लागि सृजना गरिएको थियो जसलाई मार्च २००६ मा बन्द गरीएको थियो।[७] वेबसाइटले सदस्यहरूलाई सहभागिता प्रोत्साहित गर्ने तरिकाको रूपमा अङ्क कमाउने अवसर दिन्छ जुन नाभरको नलेज इन नामक सेवामा आधारित छ। [८][९] याहु! उत्तर, १२ भाषाहरूमा उपलब्ध छ, तथापि धेरै एसियाली वेबसाइटहरूले भिन्न मञ्च सञ्चालन गरेका छन् जसले गैर तालिन वर्णहरूलाई अनुमति दिन्छन्। [१०] जापानमा यो मञ्च याहु! चिबुकुरोको (知 恵 袋 ) रूपमा चिनिन्छ भने यो कोरिया, ताइवान, चीन, र हङकङमा याहु! ज्ञानको रूपमा चिनिन्छ। [११] सिन जिम नामक अरबी भाषाको प्रश्नोत्तर मञ्च याहु! को सहायक मक्तुब मार्फमा उपलब्ध छ। ८ डिसेम्बर २०१६ मा, याहु! यसको आधिकारिक अनुप्रयोग आइओएसएन्ड्रोइडको लागि जारी गरिएको थियो।[१२][१३][१४][१५][१६]

खराब तवरले बनाइएको प्रश्न र गलत उत्तरहरूको सङ्ख्याले गर्दा वेबसाइटलाई उपहासको लक्ष्य बनाएको छ। [११][१७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड