एन्ड्रोइड (सञ्चालन प्रणाली)

गुगलद्वारा सिर्जना गरिएको मोबाईल अपरेटिङ सिस्टम


एन्ड्रोइड लिनक्समा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो गुगलको अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले विकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ जाभा प्रोग्रामिङ भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।आजको स्मार्टफोन विश्व बजारमा एन्ड्रोइड को प्रमुख हिस्सा रहिआएको छ।

एन्ड्रोइड को लोगो
एन्ड्रोइड ४.४

जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइड मा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन।एन्ड्रोइड मा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइड मा कुल ६००,००० मध्ये।ती एप्सहरू गुगलको एप्स भण्डार एन्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।

इतिहास‍

एन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा एन्डि रूविन(सायक संस्थापक डेन्जर),रिच मिनर(सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,निक सियर,तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख वेवटिभी),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारी राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए।सोहि वर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। गुगलले एन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गुगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइड सँग आबद्द रहिरए।गुगलले एन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारी थिएन तर पनि धेरैले गुगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।

एन्ड्रोइड भर्सन‍

एन्ड्रोइड भर्सनको उपयोग

यस मानचित्रमा एन्ड्रोइड डिभाइसले हालै गुगल प्ले स्टोरमा गर्दै आएको उपयोग तथा एन्ड्रोइड भर्सनको हालसम्म बजार स्थिति देखाइएको छ (तथ्य ५ अक्टोबर २०१५ सम्मको हो)[१]

भर्सनकोड नामजारि मितिएपिआई स्तरवितरण
५.१.xलोलिपपमार्च ९,२०१५२२७.९ %
५.०-५.०.२नोभेम्बर ३,२०१४२११५.६%
४.४-४.४.४किटक्याटअक्टोबर ३१,२०१३१९३८.९ %
४.३.xजेली बिनजुलाई २४,२०१३१८४.३ %
४.२.xनोभेम्बर १३,२०१२१७१४.५%
४.१.xजुलाई ९,२०१२१६११.४ %
४.०.३–४.०.४आइस क्रिम स्यान्ड विचडिसेम्बर १६,२०१२१५३.४ %
२.३.३–२.३.७जीन्जर ब्रेडफेब्रुअरी ९,२०१११०३.८ %
२.२फ्रोयोमे २०,२०१००.२ %

प्रयोग‍

एन्ड्रोइड को अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग स्मार्टफोन, ल्यापटप, नेटबुक, ट्याबलेट कम्प्युटर , गुगल टिभी, रिस्टवाच, हेडफोन, कार सिडि, डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ।यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम आर्किटेक्चर हो।

सन्दर्भ

बाह्य लिङ्क

‍‍

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड