याहु! न्युज

याहु! न्युज (अनुवाद: याहु! समाचार) याहु!द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहुको इन्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो। वेबसाइटलाई सन् १९९६ को अगस्टमा याहुका सफ्टवेयर इन्जिनियरिङ ब्राड क्लोजीले सृजना गरेको थियो। यसका लेखहरू मूल रूपमा एसोसिएटेड प्रेस, रेउटर्स, फक्स न्युज, अल जजिरा, एबिसी न्यूज, युएसए टुडे, सिएनएन र बिबिसी समाचार जस्ता समाचार सेवाहरूबाट आएका हुन्।

याहु! न्युज
साइटको प्रकार
समाचार
मालिकभरिजोन मिडिया
(भरिजोन सञ्चार)
सर्जकयाहु!
युआरएलआधिकारिक वेबसाइट
व्यवसायिकहो
दर्तावैकल्पिक

सन् २००१ मा, याहु! न्युजले वेबमा पहिलो 'सर्वाधिक विद्युतीय-इमेल गरिएको' पृष्ठको प्रक्षेपण गरेको थियो। अनलाइन समाचार स्रोतहरूले समाचार उपभोगमा पार्ने प्रभावको बारेमा मानिसहरूको बुझ्ने क्षमतालाई विस्तार गर्दै यसले एक नवप्रवर्तन विचारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको थियो।[२] याहुले १९ डिसेम्बर २००६ सम्म समाचार लेखहरू माथि टिप्पणीहरू गर्न अनुमति दिएको थियो र पछि यसले उक्त सुविधा हटाएको थियो। टिप्पणीहरू २ मार्च २०१० मा पुन: सक्षम पारिएको थियो।[३] टिप्पणीहरू १० डिसेम्बर २०११ र १५ डिसेम्बर २०११ को बीचमा, प्राविधिक समस्याका कारण अस्थायी रूपमा असक्षम पारिएका थिए।

सन् २०११ सम्म, याहु!ले मुख्य सञ्चार माध्यम सङ्गठन बन्ने योजनाको अंशको रूपमा मूल सामग्रीहरू समावेश गर्नका लागि आफ्नो विचारलाई विस्तार गरेको थियो।

वाल्टर सापिरो र भर्जिनिया हेफर्नन लगायतका दिग्गज पत्रकारहरूलाई उक्त कामका लागि नियुक्त गरिएको थियो [४]जबकि वेबसाइटले फेब्रुअरी २०१२ मा पहिलो पटक ह्वाइट हाउस प्रेसमा संवाददाता खटाएको थियो।[४][५] अमेजनको स्वामित्वमा रहेको बजारशास्त्र आँकडा सङ्कलन कम्पनी (अलेक्सा) याहु! यस बिन्दुमा विश्वको शीर्ष समाचार साइटहरू मध्ये एक भएको दावी गरेको थियो।[६] यसमा टुइटरको सामग्री पनि थप्ने योजनाहरू बनाइएको थियो।[७] नोभेम्बर २०१३ मा, याहुले पूर्व टुडे सो र सिबीएस इभिनिङ न्यूजमा कार्यरत केटी क्युरिकलाई याहु! समाचारको विश्वव्यापी संवाददाताको रूपमा नियुक्त गरेको थियो।[८] उनले सन् २०१७ मा याहु! समाचार छोडेकी थिइन्।

मोबाइल अनुप्रयोग

याहु!ले आइओएसएण्ड्रोइडका लागि विभिन्न श्रेणीहरूबाट सबैभन्दा पढिएका समाचारका लेखहरू सङ्कलन गर्ने अनुप्रयोगको विकसित गरेको थियो। अनुप्रयोगल सन् २०१४ को एप्पल बनावट पुरस्कारको विजेताहरू मध्ये एक थियो। [९]

वरियता

जनवरी २०१९ सम्म, याहु! न्युज अलेक्साका अनुसार, फक्स न्युजभन्दा अगाडि र सिएनएनभन्दा पछाडि, विश्वव्यापी समाचार साइटहरूको बीच छैठौँ स्थानमा रहेको छ।[१०]

यो पनि हेर्नुहोस्

  • एप्पल समाचार
  • गुगल समाचार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड