रियाना

रोबेन रियाना फेन्टि (/riˈænə/ ree-AN;[१][n १] जन्म फेब्रुअरी २०, १९८८)[२] (जन्म २० फेब्रुअरी १९९८) उत्तर अमेरिकाको देश बार्बाडोसकी गायिका, गीतकार, र अभिनेत्री हुन्। उनी बार्बाडोसको सेन्ट माइकलमा जन्मिएता पनि देशको राजधानी ब्रिजटाउनमा हुर्केकी थिइन्। उनलाई सन् २००३ मा उनकै देशमा, एक अमेरिकी रेकर्ड निर्माता इभान रोगर्सले पत्ता लगाएका थिए। सन् २००४ मा, उनले रेकर्ड निर्माता इभान रोजर्सको निर्देशनमा विभिन्न छोटा सङ्गीतहरू रेकर्ड गराएकी थिइन्।[३] उनले डेफ जाम रेकर्डिङका अध्यक्ष, र्‍यापर र हिप हप निर्माता जे जीको लागि परिक्षण प्रस्तुति दिएकी थिइन्। उनले त्यसपछि डेफ जाम रेकर्डिङसँग अनुमोदनमा हस्ताक्षर गरेकी थिइन्।[४] सन् २००५, मा म्युजिक अफ द सन नामक उनको पहिलो स्टुडियो गिती सङ्ग्रह सार्वजनिक गरे पश्चात्, उनी चर्चामा आएकी थिइन्। त्यसलगत्तै सन् २००६ मा उनले आफ्नो दोस्रो स्टुडियो गिती सङ्ग्रह अ गर्ल लाइक मिपनि सार्वजनिक गरेकी थिइन्। उनका दुबै गिती सङ्ग्रहहरू अमेरिकी बिलबोर्ड २०० को दस भित्र पर्न सफल भएको थियो।[५]

रियाना
Rihanna
सन् २०१८ मा रिहाना
जन्मरोबिन रिहाना फेन्टी
(1988-02-20) २० फेब्रुअरी १९८८ (उमेर ३६)
सेन्ट माइकल, बार्बाडोस
पेशा
  • गायिका
  • गीतकार
  • अभिनेत्री
  • व्यवसायी महिला
कार्यकालसन् २००३–वर्तमान
जम्मा सम्पतियुएस$६०० मिलियन (सन् २०१९ को अनुमान)
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
विधा
  • आर एन्ड बी
  • पप
  • रेगे
  • हिप हप
  • नृत्य
वाद्ययन्त्रभोकल्स
लेबल
  • रक नेसन
  • डेफ ज्याम
  • एसआरपी
  • वेस्टबरी रोड
सहयोगी
बार्बाडेली राजदूत असाधारण र साधिकार
पद बहाली
सेप्टेम्बर २१, २०१८
वेबसाइटrihanna.com

सन् २००७ मा गुड गर्ल गन ब्याड नामक आफ्नो तेस्रो गिती सङ्ग्रह सार्वजनिक गरेसँगै रियानाले, मानिसहरूले उनलाई हेर्ने दृष्टिकोणको विकास गरेकी थिइन् जसले गर्दा उनलाई सबैका माझ प्रणय प्रतीकको रूपमा हेरिएको थियो र उनले आफ्ना सङ्गीतहरूमा नृत्य-पपको सुरुवात गरेकी थिइन्।[६] यो रियानाको साङ्गीतिक कार्यजीवनका लागि एक निर्णायक सुरुवात रहेको थियो। सन् २००८ वा ५०औँ वार्षिक ग्रामी पुरस्कार समारोहमा रियानाले आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरेकी थिइन् तथापि उनका त्यसबेलाका प्रेमी क्रिस ब्राउनले उनीमाथि हमला गरेका थिए।[७]

उनको चौथो गिती सङ्ग्रह, रेटेड आर भने सन् २००९ मा सार्वजनिक गरिएको थियो। उनको पपमा आधारित पाँचौ गिती सङ्ग्रह, लाउड सन् २०१० मा सार्वजनिक गरिएलगत्तै उक्त गिती सङ्ग्रहले अमेरिकी बिलबोर्ड हट १००मा पर्न सफल तिन वटा गीत उत्पादन गरेको थियो जसमा "अोन्ली गर्ल (इन द वर्ल्ड)", "ह्वाट्स माइ नेम" र "एस एन्ड एम" समावेश छन्।[८]

उनको सन् २०११ मा प्रकाशन गरिएको टक द्याट टक नामक गिती सङ्ग्रहलाई अमेरिकी रेकर्डिङ उद्योग सङ्घले बहु-प्लेटिनम प्रमाणित गरेको थियो।[९] उनको अर्को युनापोलोजेटिक (२०१२) नामक गिती सङ्ग्रहले भने ग्रामी पुरस्कार प्राप्त गर्न सफल भएको थियो। उनको आठौँ स्टुडियो गिती सङ्ग्रह, एन्टि (२०१६) बिलबोर्ड २०० को शीर्ष स्थानमा पर्ने सफल उनको व्यक्तिगत दोस्रो गिती सङ्ग्रह बनेको थियो।[१०] उक्त गिती सङ्ग्रहमा समावेश गीतहरूलाई त्यस वर्ष अनलाइनमा सबैभन्दा धेरै अनलाइनमा बजाइएको थियो। उनी उत्कृष्ट व्यापार गर्न सफल कलाकार समेत हुन् जसमा उनका विश्वभरि २८ करोड प्रस्तुतिहरू बिक्री भइसकेका छन् जसले गर्दा उनलाई एक उत्कृष्ट पप गायिकाको रूपमा लिन सकिन्छ। उनका धेरै जस्ता गीतहरू सर्वाधिक बिक्री भएको एकल सङ्गीतको रूपमा प्रख्यात छन् जसमा समावेश केही गीतहरू जस्तै "अम्ब्रेला", "स्टे", र "वर्क"लाई उनले अमेरिकी गायक एमिनेमसँग सहकार्यमा निर्माण गरेकी थिइन्। उनको गीत "लभ द वे यु लाइ" सर्वाधिक बिक्री भएको गीतहरूको सूचीमा समावेश छ।[११] उनले सार्वजनिक गरेका १४ वटा गीतहरू बिलबोर्ड हट १०० को शीर्ष स्थानमा पुगेका छन् जसले गर्दन उनी सबैभन्दा सानो उमेरको एकल कलाकार बन्न सफल भएकी छिन्। उनका गीतहरू मध्ये जम्मा ३१ वटा गीतहरू बिलबोर्ड हट १००को शीर्ष १० मा पर्न सफल भएका छन्। बेलायत र अस्ट्रेलियामा उनका ३० वटा भन्दा धेरै गीतहरू शीर्ष १० मा पुगेका थिए। सो सफलता प्राप्त गर्ने उनी २१औँ शताब्दीकी एकमात्र कलाकार हुन्।[१२] बिलबोर्डले उनलाई सन् २००० दशकको डिजिटल सङ कलाकार, २०१० दशकको उत्कृष्ट हट १०० कलाकार र सबै समयको लागि उत्कृष्ट पप गायिकाको रूपमा नामाकरण गरेको थियो। यसका अतिरिक्त, महिलाको तर्फबाट उनकै गीत स्पोटिफाई र एप्पल सङ्गीतमा सबैभन्दा धेरै बजाइएको (रूचाइएको) छ।[१३] विभिन्न पुरस्कार र सम्मानको कुरा गर्ने हो भने, उनले हालसम्म ९ वटा ग्रामी पुरस्कार, १३ वटा अमेरिकी सङ्गीत पुरस्कार र १२ वटा बिलबोर्ड सङ्गीत पुरस्कार हात पारेकी छिन्। उनले हाल छ वटा गिनिज विश्व किर्तिमान कायम गरेकी छिन्।

त्यसबाहेक, उनी सबैभन्दा पहिलो सन् २०१३ मा साङ्गीतिक प्रतिमाहरूका लागि अमेरिकी सङ्गीत पुरस्कार र सन् २०१६ मा माइकल ज्याक्सन भिडिओ भेनगार्ड पुरस्कारकाट सम्मानित हुन पुगेकी थिइन्। उनी फेसन आइकन पुरस्कारबाट सम्मानित भएकी थिइन्। उक्त पुरस्कार भने सन् २०१४ मा अमेरिकाको फेसन बनोटकर्ता सङ्घले प्रदान गरेको थियो।[१४][१५]

सन् २०१२ मा, फोर्ब्सले उनलाई चौथो सबैभन्दा शक्तिशाली प्रख्यात मानिसहरूको वरियतामा राखेको थियो। जहाँ टाइम नामक एक अमेरिकी पत्रिकाले भने उनलाई विश्वकै सबैभन्दा प्रभावशाली व्याक्तिहरूको सूचीमा समावेश गरेको थियो जसमा उक्त पत्रिकाले सन् २०१२ र २०१८ को आफ्नो वार्षिक सूचीमा उनलाई सुचीकृत गरेको थियो। सन् २०१७ को सुरु तिर, हर्भाड फाउन्डेसनले उनलाई हर्भाड विश्वविद्यालयको वर्षको मानवीय कार्यकर्ताको रूपमा नामकरण गरेको थियो। सन् २०१८ मा बार्बाडोस सरकारको निमित्त उनलाई राजदूतको रूपमा नियुक्त गरिएको थियो जहाँ उनको कार्य भनेको देशमा शिक्षा, पर्यटन र लगानीको पदोन्नति गर्नु हो।

सङ्गीत बाहेक, रियाना मानवीय, उद्यमी, र फेसन उद्योगमा उनको संलग्नताको लागि परिचित छिन्। उनी गैर-नाफामुखी संस्था क्लारा लियोनेल फाउन्डेसन, प्रसाधन सामग्री ब्रान्ड फेन्टी ब्यूटी, र एलभिएमआस-मोएत एन्सी लुई भितोँ अन्तर्गतको फेसन गृह फेन्टीको संस्थापक हुन्।[१६] रियानाले अभिनयमा क्षेत्रमा पनि संलग्न छिन् जहाँ उनले ब्याटलसिप (सन् २०१२) भालेसियन एन्ड द सिटी अफ अ थाउजेन्ड प्लानेट्स (सन् २०१७) र ओसन्स ८ (सन् २०१८) लगायतका चलचित्रहरूमा प्रमुख भूमिकामा अभिनय प्रस्तुत गरेकी थिइन्।

जीवनी र साङ्गीतिक यात्रा

सन् १९९८–२००३: प्रारम्भिक जीवन

रियाना ब्रिजटाउन, बार्बाडोसमा हुर्किएकी थिइन्।

रोबेन रियाना फेन्टि २० फेब्रुअरी १९८८ बार्बाडोसको एक प्रमुख सहर सेन्ट माइकलमा जन्मिएकी थिइन्।[१७][१८] उनकी आमा, मोनिका (जन्म नाम: ब्रेथवेट), एक सेवानिवृत्त लेखा परिक्षक थिइन् उनी अफ्रिकी-गीनी मुलकी र उनका बुबा रोनाल्ड फेन्टि, एक गोदाम परिवेक्षक थिए र उनी अफ्रिकी-बार्बाडेली र आयरल्यान्डेली मुलका थिए।[१९][२०] रियानाका रोरी र रजद फेन्टि गरि दुईवटा दाइहरू छन् र उनका बुबाको तर्फबाट २ जना सौतेनी दिदी र १ जना दाइ छन्।[२१] दुई जनानै फरक आमाबाट जन्मिएका थिए। उनी ब्रिजटाउनमा ३ वटा कोठा भएको एक बङ्गलामा हुर्किएकी थिइन्।उनले आफ्ना बुबासँग बाटोको छेउमा कपडा बेच्ने काम गर्थिन्।[१८][२२]

बाल्यकालमा उनको बुवाले धेरै मदिरा वा लागूऔषधको प्रयोग गरेको हुँदा उनमा गहिरो छाप परेको थियो।[१९][२३] रियानाका बुबाले उनकी आमालाई कुटपिट समेत गर्दथे र उनीहरूको लडाइँमा, उनले छुट्याउने गरेको उनले एक अन्तर्वार्तामा बताएकी थिइन्। सानै उमेर छँदा, उनको टाउको दुख्ने पीडा समस्यका कारण उनले धेरै सिटी स्क्यानहरू गरेकी थिइन्।[२४][१९] तथापी, चिकित्सकहरूले भने टाउकामा मासु पलाएको भनेर टिप्पणी समेत गरेका थिए। उनी त्यसबेला जम्मा चौध वर्षकी थिइन्। रियानाको बुबा आमाको सम्बन्ध विच्छेद भएपश्चात्, उनको स्वास्थवस्थामा सुधार आएको थियो।उनको बाल्यकाल रेगे सङ्गीत (एक प्रकारको सङ्गीतको किसिम) सुन्दै हुर्किएकी थिइन्।उनले चार्ल्स एफ ब्रोमे स्मारक प्राथमिक विद्यालय र कोम्बेरमेरे विद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनले भविष्यका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, क्रिस जोर्डन र कार्लोस ब्राथवेटसँगै पठनपाठन गरेकी थिइन्।[२५] रियाना उप-शैन्य कार्यक्रममा, नौछात्रा सेना थिइन, जहाँ भविष्यकी बार्बाडेली गायिका-गीतकार शोन्तेल्ले उनको हवल्दार थिइन्। यद्यपि उनले, सुरुमा अध्ययनलाई प्राथमिकतामा राखि अगाडि बढ्ने सोचेता पनि पछि सङ्गीत क्षेत्रमा लागेकी थिइन्।[२६]

सन् २००३ मा, रियानाले आफ्ना दुई सहपाठीहरूका साथ एक साङ्गीतिक समूहको गठन गरेकी थिइन्। उनलाई सन् २००३ मा उनकै देशमा, एक अमेरिकी रेकर्ड निर्माता इभान रोगर्सले पत्ता लगाएका थिए।[२७] कुनै आधिकारिक नाम वा कुनै सामग्रीहरू बिना, समूहले परिक्षण प्रस्तुति दिएको थियो जसमा प्रस्तुति पश्चात्, रोगर्सले टिप्पणी जारी गर्दै, प्रस्तुतिमा आएका तीन जना मध्ये उनलाई उनी बाहेक अरू त्यहाँ उपस्थिति नभएको जस्तो भान भएको बताएका थिए। रियाना रोगर्सको कक्षमा गएर, डेस्टिनी चाइल्डको "इमोसन" र मारिया क्यारीको "हिरो" लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन्।[२८] रियानाको प्रस्तुतिबाट प्रभावित भएका रोगर्सले रियाना र उनकी आमासँग दोस्रो बैठकको लागि समय र स्थान निर्धारण गरेका थिए र त्यसपछि रियानालाई संयुक्त राज्य अमेरिकामा रोगर्सको गृहनगरमा केही परिक्षण अन्तर्गतका गीतहरू रेकर्ड गर्न आमन्त्रित गरिएको थियो जसलाई पछि उत्कृष्ट भएको खण्डमा रेकर्ड लेबमा पठाइने बताइएको थियो।[१९] उनले अध्ययन गरेको विद्यालय बन्द वा बिदामा उनले गीतहरू रेकर्ड गरेकी थिइन् जसले गर्दा रेकर्डिङहरू निरन्तर नभई केही समयको अन्तरालमा भएका थिए।[२९] "पोन दे रिप्ले" र "द लास्ट टाइम" परिक्षण गीतको रूपमा रेकर्ड गरिएका उनका दुईवटा गीतहरू हुन्[३०] जसलाई अन्ततोगत्वा उनको प्रथम गिती सङ्ग्रह "म्युजिक अफ द सन"मा समावेश गरिएको थियो। सोही वर्ष, रियानाले रोगर्स र कार्ल स्टर्केनको उत्पादन कम्पनी, सिन्डिकेटेड रिदम प्रोडक्सन्समा हस्ताक्षर गरेकी थियो।[२९]

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड