व्यास नगरपालिका

व्यास नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको एक नगरपालिका हो। तनहुँ जिल्लाको सदरमुकाम दमौली यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। यो नगरपालिका मादी नदीको किनारमा पर्दछ। व्यास नगरपालिका नेपालको राजधानी सहर काठमाडौँदेखि १५० किलोमिटर पश्चिममा तथा प्रादेशिक राजधानी पोखराबाट ५० किलोमिटर पूर्व पृथ्वी राजमार्गको छेउमा रहेको छ।

व्यास
भानुघाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिक
भानुघाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिक
व्यास is located in गण्डकी प्रदेश
व्यास
व्यास
नक्सामा व्यासको अवस्थिति
व्यास is located in नेपाल
व्यास
व्यास
व्यास (नेपाल)
निर्देशाङ्क: २७°५८′३५″उ॰ ८४°१६′०५″पू॰ / २७.९७६३९°N ८४.२६८०६°E / 27.97639; 84.26806 ८४°१६′०५″पू॰ / २७.९७६३९°N ८४.२६८०६°E / 27.97639; 84.26806
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
वडा सङ्ख्या१४
नगरपालिकावि.सं. २०४८ चैत्र ३०[१]
सम्मिलित (गाविस)फराकचौर, गुणाडी र घाँसीकुवा
सम्मिलित (गाविस)पोखरी भञ्ज्याङ
सम्मिलित मितिवि.सं. २०७१ पुस २८[२]
सम्मिलित (गाविस)केशवटार (२-७), क्यामिन, घाँसीकुवा (२-८), तनहुँसुर (४-९), रिस्ती (१-५, ७-९), श्याम्घा र सतिश्वरा (६-९)
सम्मिलित मितिवि.सं. २०७३ फाल्गुण २७[३]
सरकार
 • मेयरवैकुण्ठ न्यौपाने (नेपाली कांग्रेस)[४]
 • उप मेयरमिरा जोशी (नेपाली कांग्रेस)[४]
क्षेत्रफल
 • जम्मा२४८ किमी (९६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७०३३५
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३३९००
क्षेत्रीय सङ्केत+९७७-६५

नेपालको नगरपालिका ऐन, २०४७ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०४८ चैत्र ३० गतेदेखि लागु हुने गरि गरेको निर्णय र सोही मितिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तनहुँ जिल्लाको तत्कालीन फराकचौर, गुणाडी र घाँसीकुवा गाउँ विकास समितिको आंशिक भूभागहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। व्यास नगरपालिका तनहूँ जिल्लाको मध्य भागमा रहेकाले आवागमन सुविधा, प्रचुर जलप्रवाह तथा अपेक्षाकृत भू-समताले गर्दा आर्कषणको केन्द्र विन्दु बनेको हो। जिल्ला सदरमुकाम दमौली समेत यसै नगरपालिकाको केन्द्रीय स्थल रहेकोले जिल्लाका विभिन्न स्थानहरूबाट सरकारी कामकाजको लागि मानिसहरूको आवतजावत भइरहेको हुन्छ।

राजनैतिक तथा प्रशासनिक इतिहास

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[७] नगरपालिका ऐन, २०४७ घोषणा गरिएको थियो। यसै ऐनलाई टेकेर तत्कालिन सरकारले वि.सं. २०४८ चैत्र ३० गते नेपालमा तीन वटा नयाँ नगरपालिका थप्दा व्यास पनि नयाँ नगरपालिका बन्न पुगेको थियो।[८] नगरपालिका ऐन, २०४७ बमोजिम गठन हुने नेपालको पहिलो तीन नगरपालिकाहरू मध्ये व्यास नगरपालिका पनि एक हो।

व्यासलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन पोखरी भञ्ज्याङ गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।[२] सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा तत्कालीन केशवटारको वडा नं. २ देखि ७, क्यामिन, घाँसीकुवाको वडा नं. २ देखि ८, तनहुँसुरको वडा नं. ४ देखि ९, रिस्तीको वडा नं. १ देखि ५ र वडा नं. ७ देखि ९, श्याम्घा र सतिश्वराको वडा नं. ६ देखि ९ वडासम्मको गाउँ विकास समितिहरू थपेर यसको क्षेत्र विस्तार गरेको थियो।[३][९][१०][११]

नामकरण

हिन्दू धर्मका महर्षि वेदव्यासको जन्म यसै पावनभूमिमा भएको विश्वासको आधारमा उनै ऋषि वेदव्यासको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो। मगर भाषामा 'व्यास' को अर्थ 'भूलभूल' वा 'जमीनबाट पलाएको पानी' भन्ने हुन्छ। यो क्षेत्र आदिम कालदेखि नै महर्षिहरूको आदर्श तपोभूमि मानिएको छ।

भूगोल

यो मादीसेती नदीको सङ्गमदेखि उत्तर किनारमा अवस्थित छ। समुद्र सतहदेखि ३०८ मिटरको उचाइमा पर्ने यो नगर महाभारत पर्वत शृङ्खलाको उत्तरी खोचमा पर्दछ। यस नगरपालिकाको पूर्वमा भानु नगरपालिकाबन्दीपुर गाउँपालिका, पश्चिममा म्याग्दे गाउँपालिकाशुक्लगण्डकी नगरपालिका, उत्तरमा लम्जुङकास्की जिल्ला तथा दक्षिणमा ऋषिङ्ग गाउँपालिकादेवघाट गाउँपालिका रहेको छ। चारैतिर हराभरा वनजङ्गल तथा फाँट र नदीहरूको साथमा अवस्थित यो नगरपालिका आफ्नो प्राकृतिक क्षेत्रको लागि लोकप्रिय रहेको छ।

जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार व्यास नगरपालिकाको जनसङ्ख्या ७०,३३५ रहेको छ।[५]यहाँ १८,३३९ घरधुरीहरू रहेकोमा महिलाको सङ्ख्या ३९,०७५ र पुरुषको सङ्ख्या ३१,२६० रहेको छ।[४]

पर्यटकीय स्थल

व्यास नगरपालिकाभित्र भानुघाँसी स्मारक पार्क, छाब्दी बराह, तनहुँसुर[१२], व्यास गुफा[१३], मानहुँकोट[१४], गलेखामकोट लगायतका प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरू रहेका छन्।[४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड