शङ्खेकिरा

शङ्खेकिरा अथवा गँड्याल एकप्रकारको ढाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शङ्खेकिरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन्। साधरणतया शङ्खेकिरा भन्नाले समुन्द्रमा, जमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन्।

शङ्खेकिरा
Helix pomatia,जमीनमा बस्ने शंखेकीराको एक प्रजाती
वैज्ञानिक वर्गीकरण e
जगत:जनावर
सङ्घ:Mollusca
वर्ग:Gastropoda

जमिनमा बस्ने शंखेकिरा

जमीनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन्। यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ। अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये Syrinx aruanus नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ। जमिनमा बस्ने शंखे किरा प्रायः बैशाख महिना देखी कार्तिक महिना भित्रको याममा बढी देखिन्छन् ।[१]

शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन्। सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ। जमीनमा पाइने शंखेकीराहरूसँग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमीनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ। शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ। यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन्। हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमीनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन्।

फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा (Pulmonata) समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक (Paraphyletic) समुहमा पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला (Radula) भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन्।

यो पनि हेर्नुहोस्

  • चिप्लेकिरा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड