सन् २०२१ को बर्मेली जनआन्दोलन

सन् २०२१ को बर्मेली जनआन्दोलन (बर्मी: ၂၀၂၁ မြန်မာနိုင်ငံဆန္ဒပြမှုများ) सन् २०२१ फेब्रुअरी १ का दिन बर्मेली सेनाद्वारा सरकारी अधिकारीहरूलाई पदच्युत गराई सत्ता आफ्नो हातमा लिए पश्चात् सुरु भएको थियो।[३] नागरिक सरकार र सेनाबीच हालैको निर्वाचनलाई लिएर उत्पन्न विवादका बीच बर्मेली सेनाले सत्ता कब्जा गरेको थियो।[४] यो जनआन्दोलन सैन्य विद्रोहको विरोधमा बर्माको घरेलू नागरिक प्रतिरोधको प्रयास हो जसलाई देशका सशस्त्र बलका सेनापति तातमाडोओ मिन आङ ह्लाङद्वारा गरिएको थियो।[५][६] सन् २०२१ मार्च ४ सम्म सैन्य शासनको विरुद्धमा लगभग १,७०० मानिसहरूलाई हिरासतमा लिइएको थियो भने यस समयसम्म १ नेपाली भाषी बर्मेली लगायत ५० भन्दा बढी सर्वसाधारणहरूको मृत्यु भएको थियो।[७] प्रदर्शनकारीहरूले विरोधलाई शान्तिपूर्ण र अहिंसक रूपबाट नियोजित गर्दै नागरिक अनज्ञाकारिता आन्दोलन, श्रम हड्ताल, एक सैन्य बहिष्कार अभियान, रातो रिबन अभियान, सार्वजनिक विरोध प्रदर्शन र निर्वाचित प्रतिनिधिहरूद्वारा चुनाव परिणामको औपचारिक मान्यता सामेल छ।[८]

सन् २०२१ को बर्मेली जनआन्दोलन
म्यानमारको आन्तरिक द्वन्द्व तथा सैन्य विद्रोहको प्रतिक्रियाको भाग
'घडीको सुईको दिशामा:
  • रङ्गुनका हजारौँ मानिसहरूको सरकारी विरुद्ध विरोध प्रदर्शन गर्दै
  • प्रदर्शनकारीहरूले ३ औँले सलाम गर्दै विरोध प्रदर्शन गर्दै
  • सवारीसाधनमा प्रदर्शनकारीहरू
  • प्रदर्शनकारीहरूको समूह
  • झण्डा सहितका प्रदर्शनकारीहरू
मिति२ फेब्रुअरी २०२१ - हाल
स्थान
कारणसन् २०२१ को बर्मेली सैन्य विद्रोह
लक्ष्य
  • जनरल मिन आङ ह्लेइङले बर्मेली सरकारको अध्यक्षको रूपमा प्रशासकीय परिषद्को अध्यक्षको पदबाट राजीनामा गर्नु
  • सैन्य सरकारको राजीनामा र सैन्य कानुन फिर्ता
  • राष्ट्रपति विन मिन्त, राष्ट्रिय सल्लाहकार आङ सान सूची र म्यानमारका अन्य राजनैतिक नेताहरूको रिहाइ
  • गणतन्त्रको पुनर्स्थापना
विधिनागरिक अनाज्ञाकारिता राजनैतिक आन्दोलन, विद्रोह, विरोध प्रदर्शन
Statusचालु
नागरिक द्वन्द्वका पक्षहरू
सरकार-विरोधी आन्दोलनकारी
( राष्ट्रिय प्रजातान्त्रिक सङ्घ समर्थित)
राष्ट्रिय प्रशासनिक परिषद्
तातमादओ
Lead figures
अ-केन्द्रीकृत नेतृत्व
( राष्ट्रिय प्रजातान्त्रिक सङ्घ समर्थित)
मिन आङ ह्लाइङ
सो विन
मिन्त सुयी
मिया तुन उ
Casualties
मृत्यु(हरू)२११ (संयुक्त राष्ट्र सङ्घका अनुसार)[१]
[२]
पक्राउ२,१७५

बर्मेली लोकतान्त्रिक सङ्घ नामक एक राजनैतिक दल रातो रङ्गसँग जोडिएको छ जसलाई हाल विद्रोहको विरुद्धमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले रातो रिबन आन्दोलनक‍ नामबाट सञ्चालन गरिरहेका छन्। [९]"काबर मा क्य बु" एक गीत जो सन् १९८८ को विद्रोहको गीतको रूपमा लोकप्रिय बनेको थियो भने हाल यस गीतलाई एक विरोध गीतको रूपमा नागरिक अनाज्ञाकारिता आन्दोलनद्वारा पुनर्जीवित गरिएको छ। तीन औँले सलामीलाई प्रदर्शनकारीहरूले विरोध प्रतीकको रूपमा व्यापक रूपबाट अपनाएका छन्।[१०] बढिरहेको विरोध आन्दोलनको जवाफमा सैन्य विद्रोह सञ्चालन गरेका सैन्य अधिकारीहरूले कयौँ कार्वाहीहरू गरेका छन् जसमा इन्टरनेट तथा समाजिक सञ्जालमा प्रतिबन्ध, एक सञ्चार माध्यम प्रतिबन्ध, प्रदर्शनकारीहरू विरुद्ध फौजदारी सजाय आदि सामेल छन्।[११][१२] हाल समर्थक सैन्य अधिकारीले प्रदर्शनकारीहरूलाई दबाउनका लागि बलको हिंसक प्रयोग गरिरहेका छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड