सि जिनपिङ

सि जिनपिङ (सी चिनफिङ) जनवादी गणतन्त्र चीनको एक राजनीतिज्ञ हून्, जो २०१२ देखि चीनियाँ कम्युनिष्ट पार्टीको महासचिव, केन्द्रिय सैन्य आयोगको अध्यक्ष तथा जनवादी गणतन्त्र चीनको राष्ट्रपति हुन्। २०१३ देखि, सि चीनको सर्वोच्च राजनीतिज्ञ हुन्।

सि जिनपिङ
习近平
सि जिनपिङ सन् २०१९ मा
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको महासचिव
पद बहाली
१५ नोभेम्बर २०१२
पूर्वाधिकारीहु जिन्ताओ
७औ जनवादी गणतन्त्र चीनको राष्ट्रपति
पद बहाली
१४ मार्च २०१३
प्रमुखली कच्याङ
उपराष्ट्रपतिली युआनचाओ
पूर्वाधिकारीहु जिन्ताओ
केन्द्रिय सैन्य आयोगको सभापति
पद बहाली
१५ नोभेम्बर २०१२ (पार्टी आयोग)
१४ मार्च २०१३ (राज्य आयोग)
सहायकफां चाङलोङ
जु कीलाङ
पूर्वाधिकारीहु जिन्ताओ
राष्ट्रिय सुरक्षा आयोगको सभापति
पद बहाली
२५ जनवरी २०१४
सहायकली कच्याङ
झाङ डेजियाङ
पूर्वाधिकारीनयाँ पद
कम्युनिस्ट पार्टी चीनको केन्द्रिय समितिको सचिवालयको पहिलो सचिव
कार्यकाल
२२ अक्टोबर २००७ – १५ नोभेम्बर २०१२
महासचिवहु जिन्ताओ
पूर्वाधिकारीजेङ कीङहोङ
उतराधिकारीलिउ युन्शन
जनवादी गणतन्त्र चीनको उप राष्ट्रपति
कार्यकाल
१५ मार्च २००८ – १४ मार्च २०१३
राष्ट्रपतिहु जिन्ताओ
पूर्वाधिकारीजेङ कीङहोङ
उतराधिकारीली युआनचाओ
केन्द्रीय पार्टी विद्यालयको अध्यक्ष
कार्यकाल
२२ डिसेम्बर २००७ – १५ जनवरी २०१३
सहायकली जीङटियान
पूर्वाधिकारीजेङ कीङहोङ
उतराधिकारीलिउ युन्शन
व्यक्तिगत विवरण
जन्म (1953-06-15) १५ जुन १९५३ (उमेर ७०)
बेइजिङ, चीन
राजनीतिक दलकम्युनिस्ट पार्टी
जीवन साथीपेङ लीयुआन
सन्तान(हरू)जी मीङजे
निवासझोङनाहाई
मातृ शिक्षाप्रतिष्ठानबेइजिङ मध्य विद्यालय
सीङघुवा विश्वविद्यालय
जीवनवृतिरासायनिक इन्जियर,
वकील

सि जिनपिङ चीनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी सि जोङ्सुनको पुत्र हुन्, तय्सैले सिको बाल्यकाल (१ देखि १५-१६ वर्ष) बेइजिङमा थियो। चीनको सांस्कृतिक क्रान्ति शुरु भएपछि, सिको बुवा सि जोङ्सुनको पार्टी भित्रको स्थान तल खस्यो, चीनियाँ सर्कारले सि जिनपिङलाई शान्सी प्रान्तको येनान शहरको ल्याङ्गज्याह गाउँमा कर्मचारी बन्न पठायो। ल्याङ्गज्याहमा सि चीनियाँ कम्युनिष्ट पार्टीको सदस्य बने । उनि ती गाउँमा काम गर्दै ल्याङ्गज्याहको पार्टी सचिव बने।

चीनको साँस्कृतिक क्रान्तिको अन्तकालमा (सन १९७०-१९७६), सिले बेजिंगको चिङ्ह्वा विश्वविद्यालयमा रासायनिक ईन्जिनियरिङ् पढे । त्यस्वेला, बेजिंगका विश्वविद्यालय विध्यार्थीहरु मध्य धेरैका राजनीतितीर जाने इक्षा थियो, जस्तो ली कच्याङ, वाङ हुनिङ, ली झान्शू तथा अनेक अरुहरु । चिङ्ह्वामा पढेको पस्छात, सन १९९२ देखि २००२ सम्म सि फुज्येन प्रान्तको पार्टी सचिव बने, जुन उस्को पहिलो राष्ट्रिय स्तर थियो । सन २००२ देखि २००७ सम्म सि जज्याङ प्रान्तको पार्टी सचिव थिए, सन २००७मा ६ महिनालाई शाङ्हाएको पार्टी सचिव थिए । सन २००७को अक्टोबरमा सि चीनियाँ कम्युनिष्ट पार्टीको पोलिट्बुरो स्ट्यान्डिङ समितिको सदस्य बने ।

प्रारम्भिक जीवन

सि जिनपिङ

विदेश नीति

सि को कालमा , चीनले उत्तर कोरिया सँगको सम्बन्ध झनै जटिल रूपमा लिएको छ, भने दक्षिण कोरिया संगको सम्बन्ध सुधारेको छ ।[१] सी प्रसासनमा चीन जापान सम्बन्ध मा चिसो बढेको छ; दुवै देश बीच सेन्काकु टापु, जसलाई चीनले दिओयु (Diaoyu) भन्ने गरेको छ, लाई लिएर विवाद कायम छ । यस मुद्दालाई लिएर जापान सँग विवाद जारी रहदा , चीनले नोवेम्बर २०१३ मा वायु रक्षा पहिचान क्षेत्र घोषणा गर्यो ।.[२]

से ले चीन-अमेरिका सम्बन्धलाई समसामयिक विश्वको "विश्न महाशक्तिको नयाँ किसिमको सम्बन्ध" बताएका थिए । [३] उनको प्रशासनमा रणनीतिक तथा आर्थिक वार्ता , जुन हु जिन्ताओको कालमा सरु भएको थियो निरन्तर भइरह्यो ।अमेरिका-चीन सम्बन्ध मा उनले भने "यदी चीन र अमेरिका एक अर्का विरुद्ध मोर्चा बन्दी गर्छन् भने त्यो दुवै देशको लागि विनाश हुनेछ "[४] संयुक्त राज्य अमेरिका दक्षिण चीन सागरमा चीन को कदम को आलोचक बनेको छ।[३] २०१४ मा, चीनियाँ ह्याकरहरूले संयुक्त राज्य व्यक्तिगत व्यवस्थापन कार्यालयको कम्प्युटर प्रणाली मा आक्रमण गरी ,[५] लगभग २२ मिलियन व्यक्तिगत रेकर्डको चोरी गर्यो ।[६]

सि जिनपिङ र पङ लियुएनको मस्को गएका तस्वीर

सि ले रसियासंगको सम्बन्ध झनै सुदृढ गरे , मुख्य त २०१४ को युक्रेन सङ्कटको पूर्व सन्ध्या मा। उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि बलियो व्यक्तिगत सम्बन्ध कायम गरेका छन् । दुवै नेता लाई राष्ट्रवादी भावना सहितको बलियो नेता मानिन्छ जो पश्चिमा हरूको स्वार्थको विरुद्ध निडर भएर उभिन्छन्।[७] सि २०१४ को शीतकालिन ओलम्पिकको उद्घाटन समारोहमा उपस्थित भए । सि को शासन कालमा चीनले ४ खर्ब डलरको रसिया सँग ग्यास सम्झौता गरे ; चीन रसियाको सबैभन्दा ठूलो व्यापार साझेदार समेत बन्यो ।[७]

ब्रिक्स नेताहरू भ्लादिमिर पुटिन, नरेन्द्र मोदी, डिलमा रुसेफ, सि जिन्ग्पिंग र ज्याकोब जुमा; जी २० सिखर सम्मेलन ब्रिसबेन अस्ट्रेलिया १४ नोबेम्बर २०१४ मा

सि ले अमेरिकाको एसियामा "रणनीतिक केन्द्रबिन्दु" लाई अप्रत्यक्ष रूपमा आलोचना गरेका छन् ।[८] २१ मे २०१४ मा, क्षेत्रीय सभामा सम्बोधन गर्दै, उनले तेश्रो पक्ष लाई सामेल गर्नु भन्दा एसियाली देशहरूलाई एक हुन् र एउतै मार्गमा संगै अघि बढ्नलाई आह्वान गरे ।[९] नोबेम्बर २०१४ मा, सम्बोधन गर्दै उनले चीन र उनको दक्षिण पूर्वी छिमेकीहरू सँगको मुद्धाहरू समाधान गर्नको लागि बल भन्दा पनि वार्ता र छलफल लाई प्राथमिकता दिन आह्वान गरे ।[१०]

२०१७ को सुरुवातमा, थाड प्रतिरक्षा प्रणाली को खरिद पछि चीन र दक्षिण कोरिया को सम्बन्धमा तिक्तता आयो, [११] भने सि र उत्तर कोरियाली नेता किम जोंग उन सँग भेट वार्ता भएपछी चीन-उत्तर कोरिया सम्बन्ध मा सुधार भयो ।[१२] २०१९ मा जापान ओसाकामा भएको जी-२० वार्ता,मा सि ले उत्तर कोरिया विरुद्ध लगाइएको प्रतिबन्ध सहज गर्न आह्वान गरेका थिए ।.[१३]

२०१६ मा डोनाल्ड ट्रंप राष्ट्रपति भएपछी अमेरिका संगको सम्बन्ध चिसिन थाल्यो ।[१४] २०१८ मा, अमेरिका र चीन ले एक अर्का विरुद्ध व्यापार युद्ध को सुरुवात गरे ।[१५]

४ जुन २०१९, मा सि ले रुसी समाचार संस्था तासलाई आफू अमेरिका रिरान बीचको अहिले द्वन्दले 'चिन्तित रहेको " कुरा बताएका थिए ।[१६] उनले पछि आफ्नो इराने समकक्षी हसन रुहानीसँग साङ्घाई सहयोग सङ्गठनको वार्ताको क्रममा ओमान को खाडी को घटनाको बाबजुद चीन इरान सँगको सम्बन्ध बलियो बनाउने कुरा गरेका थिए ।[१७]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप को चीन आगमन, ८ नोबेम्बर २०१७

नेपाल भ्रमण

चीनका राष्ट्रपति सीले नेपालको दुईदिने राजकीय भ्रमण १२-१३ अक्टोबर २०१९ मा गरेका थिए[१८][१९] । उनलाई तत्कालीन नेपालकी राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत तथा बिदाइ गरेकी थिइन् ।

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड