सुकरात

सुकरात (Socrates) (४७०-३९९ ई. पू.) प्राचीन ग्रीकका विख्यात दार्शनिक हुन। सुकरातलाई सूफि जस्तै मौलिक शिक्षा र आचार द्वारा उदाहरण दिन नै मन पर्थ्यो। वस्तुत: उनका समसामयिक पनि उनलाई सूफी समझन्थे। सूफिहरू जस्तै साधारण शिक्षा तथा मानव सदाचारमा उनी जोड दिन्थे र उनकै तरिका पुराना रूढिहरूमा प्रहार गर्थे। उनी भन्थे, ""साँचो ज्ञान संभव छ तर त्यसको लागि ठीक तरिकामा प्रयत्न गरिए; जुन कुरा हाम्रो दिमागमा आउँछं या हाम्रो अगाडि आएका छन्, त्यसलाई तत्सम्बन्धि घटनाहरूमा हामीले जाच्नु पर्छ, यसरीअनेक परखौं पछि हामी एक सत्यतामा पुग्न सक्छौं। ज्ञानको समान पवित्रतम कुनै वस्तु छैन।'

सुकरात (Σωκράτης)
सुकरात (Socrates)
जन्म४७० BC[१]
मृत्यु३९९ BC (उमेर करिब ७१)
Eraप्राचिन दर्शनशास्त्र
क्षेत्रपश्चिमा दर्शनशास्त्र
विद्यालयप्राचिन ग्रीक
मुख्य रुचिहरू
एपिस्तेमोलोजी, नैतिकता
उल्लेखनीय विचारहरू
सुकरातिय तरिका, सुकराती विडंबना
Influenced
  • सबैभन्दा पछि पश्चिमा दर्शनशास्त्र; अधिक विशेष, प्लेटो, एरिस्टोटल, अरिस्टिप्पस, एंटिस्थेनेस

उनको व्याख्या भिन्न-भिन्न लेखक भिन्न-भिन्न ढङ्गले गर्छन। केही लेखक सुकरातको प्रसन्नमुखता र मर्यादित जीवनयोपभोगलाई देखाएर भन्छन् कि उनी भोगी थिए। दोस्रो लेखक शारीरिक कष्ट तिर हेरि उनको बेपर्वाही तथा आवश्यकता परे पछि जीवनसुखलाई पनि छोडनको लागि तैयार रहने दिखाएर उसलाई सादा जीवनको पक्षपाती बताउँछन्। सुकरातलाई हवाई मन पर्थेन। उनी एथेन्सको धेरै नै गरीब घरमा जन्मिएका थिए। गम्भीर विद्वान् र ख्यातिप्राप्त भए पछि पनि उनले वैवाहिक जीवनको लालसा राखेनन। ज्ञानको सङ्ग्रह तथा प्रसार, यो नै उनको जीवनको मुख्य लक्ष्य थियो। उनको अधूरे कार्यको उनको शिष्य अफलातून र एरिस्टोटलले पूरा गरे। यो दर्शनलाई दुइ भागहरूमा बाँडयो जान सक्छ, पहिलो सुक्रातको गुरू-शिष्य-यथार्थवाद र दोस्रो एरिस्टोटलको प्रयोगवाद।

उनीमाथी युवाहरूलाई बिगार्ने, देवनिन्दा र नास्तिक भएको झूठा दोष लागाईएको थियो र त्यसको लागि उनलाई बिष दिएर मार्ने दण्ड दिइएको थियो।सुकरातले कचौराभरिको बिष खुशी-खुशी पिएर आत्महत्या गरे ।

जीवनी

बाल्यकाल

सुकरातको जन्म एथेन्समा भएको थियो । उनको पिताको नाम साफ्रानिस्कस र आमाको नाम फिनरिट थियो। सुकरातका पिता उनी शिल्पकार थिए तथा आमा सुडेनीको काम गर्थिन् । सुरुमा सुकरातले पनि आफ्ना पिताको पेसा अपनाउँदै शिल्पकारको काम थालेका थिए ।[२]

युवावस्था

मृत्यू

{{Quote box|सुकरातले कारागारबाट भाग्ने आग्रह उनलाई शिष्य तथा स्नेहिहरूलाई भने: भाइहरू, तिमीहरूको यस प्रस्तावलाई म आदर गर्दछु हूँ कि म यहाँबाट भागुं। प्रत्येक व्यक्तिलाई जीवन र प्राण प्रति मोह हुन्छ। प्राण दिनको चाहन्छ र? तर यो ती साधारण मान्छेको लागि हो जुन मान्छे यस नश्वर शरीरलाई नै सबै थोक मान्छन्। आत्मा अमर छ र फेरि यस शरीर सँग किन डराउनु? हाम्रो शरीरमा जो निवास गर्दछ के उनलाई कसैले केही बिगार्न सक्छ? आत्मा यस्तो शरीरलाई पल्ट बार धारण गर्छ अत: यस क्षणिक शरीरको रक्षाको लागि भाग्न उचित छैन। के मैंले कुनै अपराध गरेको छु? जस मान्छेले यसलाई अपराध बताएको छ उसको बुद्धिमा अज्ञानको प्रकोप छ। मैंले त्यो समयमा भनेको थिए-विश्वलाई कहिल्यै पनि एकै सिद्धांतको परिधिमा बाध्न सकिंदैन। मानव मस्तिष्कका आफ्नै सीमाहरू छन्। विश्वलाई जान्न र सम्झनको लागि आफ्नो अंतस्को तमलाई हटाइ दिनु पर्छ। मनुष्य यो नश्वर कायामात्र हैन, त्यो सजग र चेतन आत्मामा निवास गर्दछ। यसैले हामी आत्मानुसंधान तिर नै मुख्य रूपले प्रवृत्त पर्दछ। यो आवश्यक छ कि हामी आफ्नो जीवनमा सत्य, न्याय र ईमानदारीको अवलंबन गर्नुपर्छ। हामिलाई यो कुरा मानेर नै अगाडि बढन छ कि शरीर नश्वर छ। राम्रो छ, नश्वर शरीर आफ्नो सीमा समाप्त गरिसकेको। घुम्दा घुम्दै थाकि सकेको छु। अब संसार रूपी रात्रिमा सुतेरर आराम गरिरहेको छु। सुते पछि म माथि कपडा ओडाइदिनु।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड