सूर्य (देवता)

सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र आफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको आफ्नो काम गर्ने सूर्य प्रती आदार भावले दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नसक्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यबारे जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव आदी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ ।

सूर्य
१९औं शताब्दीमा बनाइएको सुर्यको चित्र
सुर्यका देवता
वर्ग:ग्रह, देव
वासस्थान:सूर्यलोक
जीवनसाथी:सरायु, राज्ञी, प्रभा तथा छायाँ
वाहन:सात वटा सेता घोडाहरू वा सात -टाउके घोडाले तानेको रथ
(सारथी:अरुण)[१]

आकृती (चित्र,मुर्ति) विवेचना

बिम्बप्रतीकअर्थ
मानवाकारअस्तित्व/व्यक्तित्वचिन्नेका लागि एक व्यक्ति सरह सूर्यलाइ आँफु अनुकुल बनाउँन सकिन्छ
सात घोडासंख्या र गतिनीरन्तर गतीमान सूर्यका सात थरी कीरण
रथगति आसनसूर्य आफ्ना कीरणरुपी घोडाले कुदाउँने रथमा पृथ्वी सम्म आउँछन,त्यसरी नै ब्रमाण्डभरी बीचरण गर्छन
नीलो पृष्ठभुँमीआकाशब्रमाण्ड,अन्तरीक्ष,द्युलोक

चाडपर्व तथा व्रत

सूर्यको पूजा गरिने प्रमूख चाड छठ तथा मकर सक्रान्ति हो।

सूर्यको मन्त्र

सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू :

  1. ॐ मित्राय नम
  2. ॐ रवये नमः
  3. ॐ सूर्याय नमः
  4. ॐ भानवे नमः
  5. ॐ खगाय नमः
  6. ॐ पुष्णे नमः
  7. ॐ हिरण्यगर्भाय नमः
  8. ॐ मारिचाये नमः
  9. ॐ आदित्याय नमः
  10. ॐ सावित्रे नमः
  11. ॐ अर्काय नमः
  12. ॐ भास्कराय नमः
  • ऋग्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्र:
आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ॥

सन्दर्भ सूची

हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड