बुधग्रह

सौर्यप्रणालीमा रहेका आठ ग्रहहरू मध्ये सूर्यको सबै भन्दा नजिक रहेको सबैभन्दा सानो ग्रह

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

बुध ☿
मेसेन्जरबाट लिइएको तस्वीर
विवरण
उच्चारण/ˈmɜːrkjəri/ ( )
विशेषणMercurian, Hermian[१]
कक्षपथको विशेषताहरू
युग जे२०००
अपसूर
  • ६९,८१६,९०० किमी
  • ०.४६६ ६९७ एयु
अनुसूर
  • ४६,००१,२०० किमी
  • ०.३०७ ४९९ एयु
अर्ध-मुख्य अक्ष
विलक्षणता०.२०५ ६३०
कक्षीय अवधि
  • ८७.९६९ १ दिन
  • (०.२४० ८४६ वर्ष)
  • ०.५ बुध सौर्य दिन
युटिकाला११५.८८ d
औसत कक्षीय गति४७.३६२ किमी/से
औसत गति१७४.७९६°
झुकाव
  • ७.००५° अण्डाकार
  • ३.३८° सूर्यको भूमध्यरेखा
  • ६.३४° अचल ढाल
उदविन्दुरको देशान्तर४८.३३१°
अनुसूरको सिद्धान्त२९.१२४°
उपग्रहहरूछैन
भौतिक विशेषताहरू
औसत व्यास
  • ४३९.७±१.०किमी[२]
  • ०.३८२९ Earths
समरुपताको0
सतहको क्षेत्रफल
  • ७.४८×१०वर्ग कि.मि.[२]
  • 0.147 Earths
आयतन
  • ६.०८३×१०१०घन कि.मि.[२]
  • 0.056 Earths
द्रव्यमान
  • ३.३०२२×१०२३किलोग्राम[२]
  • 0.055 Earths
औसत घनत्व५.४२७g/cm3[२]
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण
  • ३.७m/s2
  • 0.38 g/s2[२]
रिहाइ वेग4.25 km/s[२]
नाक्षचित्र घृर्णनकाल
  • ५८.६४६दिन
  • ४०७.५h[२]
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग१०.८९२ किमी/घंटा (३.०२६ मी/सेक)
अक्षीय ढाल2.11′ ± 0.1′
उत्तर ध्रुवीय विषुबलम्ब
  • 18h 44m 2s
  • २८१.०१°
उत्तर ध्रुवीय विषुबलम्ब६१.४५°
प्रतिफलन अनुपात
  • ०.०६८ (बोन्ड)
  • ०.१४२ (ज्यामित्रिक अल्बोदो)
सहतको तापक्रमन्यूनमध्यकसर्वोच्च
०°N, ०°W [३]१०० K३४० K७०० K
८५°N, ०°W[३]८० K२०० K३८० K
आपात मान−२.६ देखि 5.7
कौणिक व्यास४.५–१३″
वायुमण्डल
सतहको चापtrace
गठन

यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ।बुधग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्षयान, मध्य म्यारिनर १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शाङ्कन गरेको थियो। त्यसपछि दोस्रो पटक प्रक्षपण गरिएको अन्तरिक्षयान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०% सतहको नक्शाङ्कन गरेको थियो। मेसेन्जरले २००९ को सेप्टेम्ब‍रमा अन्तिम उडान भरेको थियो। यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेकोल धेरै भाषामा यसलाई रोमाली धर्ममा पखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ। नेपालीमा यो ग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।

तस्वीर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड