स्तन ग्रन्थी

स्तन ग्रन्थी (अङ्ग्रेजी: Mammary gland) एक स्तनधारी जनावरको शरीरको विशेष ग्रन्थी हो। यसको प्रमुख कार्य "दूध" उत्पादन गर्नु हो जुन नवजात शिशुको लागि पोषक तथा अति आवस्यक आहार हो। स्तनबाट नै यिनिहरूको नाम स्तनधारी प्राणी रहन गएको हो ।

महिलाको स्तन ग्रन्थी

चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो । यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ । स्तनभरि नै प्रमुख रूपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ । स्तन ग्रन्थी प्राय गरी पोथी स्तनधारी जिवमा मात्र विकसित र दूध उत्पादन हुने गर्छ तर कहिलेकाही भालेमा पनि विकसित हुने र दूध उत्पादन हुने गर्छ ।

यस गणमा सबभन्दा आदिम (primitive) स्तनधारी डकबिल (duckbill) र प्लेटिपस (platypus) हुन् जसले फुल पार्ने गर्छन्। यिनिहरूको स्तन ग्रन्थीमा मुन्टा (nipples) हुँदैन। जनावरहरूमा स्तन ग्रन्थीको विकास पहिलो गर्भधारण हुँदा हुन्छ तर मनव स्त्रीहरूमा भने स्तन ग्रन्थीको विकास किशोर अवस्था मै हुने गर्छ। एस्ट्रोजन र वृद्धि हर्मोन (Growth Hormone) ले स्तन ग्रन्थीको विकासमा महत्त्वपूर्ण भुमिका खेल्दछ।[१][२] गर्भास्थाको समयमा स्तन ग्रन्थीले प्रोजेस्टेरोन र प्रोल्याक्टिन हर्मोन उत्पादन गर्छ। प्रोजेस्टेरोन हर्मोनले प्रोल्याक्टिन हर्मोनको उत्पादनमा कमि गर्छ जसको कारणले गर्भास्थाको समयमा दूध उत्पादन हुदैन अथवा केही मात्रामा बिगौती दूध (colostrum) को उत्पादन हुन्छ र शिशु जन्मिएपछि प्रोजेस्टेरोन हर्मोन उत्पादन कम हुन्छ तेसकारण प्रोल्याक्टिन हर्मोनको उत्पादन वृद्धि हुन्छ र दूधको उत्पादन प्रशस्त मात्रामा हुन्छ। [३]

स्तन विकास चक्र

भ्रुण अवस्थाको ६ हप्ता देखिनै स्तनको विकास शुरु हुन्छ । किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा शुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतया २ - ३ वर्षको चाँडो ढिलो हुन सक्छ ।

इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरूको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रूपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड