हलेसी तुवाचुङ नगरपालिका

हलेसी तुवाचुङ नगरपालिका पूर्वी नेपालको कोशी प्रदेश मा रहेको खोटाङ जिल्लामा अवस्थित छ । नेपाललाई सङ्घीय स्वरूपमा लगेर पुनर्संरचना गर्ने उदेश्य अनुरुप स्थापना गरिएको कोशी प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा छ । यस प्रदेशमा समावेश १४ जिल्लाहरू मध्यको खोटाङ जिल्लाको पश्चिम भेगमा रहेका ११ गाउँ विकास समितिहरू समावेश गरिएका छन् । यसलाई नगरपालिका घोषणा गर्दा गाविस बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले तथा राजापानी समेटिएका हुन् । यस हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र  दुर्छिम गाउँ विकास समितिको कार्यालय रहेको ठाँउ छापडाँडालाई बनाइएको छ । यसको सीमाना पूर्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकारावा बेसी गाउँपालिका पश्चिममा ओखलढुङ्गाउदयपुर जिल्ला उत्तरमा रावा बेसी गाउँपालिकाओखलढुङ्गा जिल्ला तथा दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।[२][३]

हलेसी तुवाचुङ नगरपालिका
देश नेपाल
प्रदेशकोशी
जिल्लाखोटाङ
सरकार
 • मेयरईवन राई
 • उप मेयरविमला राई
क्षेत्रफल
 • जम्मा२८०.१७ किमी (१०८.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९५३२
 • घनत्व११०/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
केन्द्रसाविकको दुर्छिम गाविसको कार्यालय छापडाँडा
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

हलेसी नेपालको एक प्रसिद्ध हिन्दू, किरातबौद्ध धर्मावलम्बीको तीर्थस्थल र संगमस्थलको नाम ‘हलेसी’ हो । जहाँ हलेसी महादेवको मन्दिर अवस्थित छ । अहिले यो नगरपालिकाको ७ नम्बर वडा मा पर्दछ । यस्तै नगरपालिका को १० नम्बर वडा अर्खौले मलाथुम्की डाँडाको शिरमा अवस्थित तुवाचुङ किराँत संस्कृतिको उद्गम स्थल वा आदिमभूमि मानिन्छ । जसलाई तुवाचुङ जायजुम भनिन्छ । यीनै हलेसी र तुवाचुङ मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो ।

विभाजन

समावेश भएका साविक गाउँ विकास समितिहरू
वडा नम्बर समावेश भएका साविक गाउँ विकास समितिहरूसाविक वडा नम्बरकेन्द्र दुर्छिम छापडाँडा
बाहुनीडाँडा१-९दुर्छिम
डिकुवा१-९दुर्छिम
च्यास्मिटार१-९दुर्छिम
बडहरे१-९दुर्छिम
दुर्छिम१-९दुर्छिम
मंगलटार१-९दुर्छिम
महादेवस्थान१-९दुर्छिम
धितुङ१-९दुर्छिम
सल्ले१-९दुर्छिम
१०अर्खौले१-९दुर्छिम
११राजापानी१-९दुर्छिम
जम्मा ११ वटा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड