ह्यारी स्टाइल्स

बेलायती पप गायक

ह्यारी स्टाइल्स (अङ्ग्रेजी: Harry Edward Styles, जन्म: १ फेब्रुअरी १९९४) एक बेलायती गायक, गीतकार तथा अभिनेता हुन्। उनले सन् २०१० को बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर" मा प्रस्तुति दिएसँगै साङ्गीतिक कार्य जीवनको सुरुवात गरेका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र जेन मलिक, लियाम पेन, नाइअल होरनलुई टम्लिन्सनका साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वन डाइरेक्सन राखिएको थियो।[२] उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।[३] द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावलको साइको मनोरञ्जन नामक रेकर्ड लेबलमा हस्ताक्षर गरेका थिए। समूहको सन् २०१६ पछिको अनिश्चितकालीन निष्क्रियता पश्चात् उनले पछि कोलम्बिया रेकर्ड्सका साथ एकल गायकको रूपमा हस्ताक्षर गरेका थिए।[४]

ह्यारी स्टाइल्स
सन् २०१८ मा, स्टाइल्स
जन्मह्यारी एड्वर्ड स्टाइल्स
(1994-02-01) १ फेब्रुअरी १९९४ (उमेर ३०)
रेड्डिच, उस्टरशायर, इङ्ल्यान्ड
पेशा
  • गायक
  • गीतकार
  • अभिनेता
कार्यकालसन् २०१०–हाल
गृहनगरहोल्म्स चापेल, चेशायर, इङ्ल्यान्ड
जम्मा सम्पति£५ करोड ८० लाख
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
  • साइको
  • कोलम्बिया
सहयोगी
वेबसाइटhstyles.co.uk

सन् २०१७ मा, स्टाइल्सले उनको पहिलो गीत "साइन अफ द टाइम्स" जारी गरेका थिए जुन गीतले बेलायती चार्टको शीर्ष स्थानमा रहेको थियो भने अमेरिकाको बिलबोर्ड हट १०० मा शीर्ष ४ मा पुगेको थियो। उक्त गीतलाई रोलिङ स्टोनद्वारा "वर्ष गीत" को रूपमा नामकरण गरिएको थियो भने यसको आधिकारिक श्रव्य दृश्यले ब्रिट पुरस्कार प्राप्त गरेको थियो। उनकै नामको उनको पहिलो गिती सङ्गालो अर्को वर्ष जारी गरिएको थियो जुन १४ वटा देशहरूको चार्टमा शीर्ष स्थानमा पुग्नुका साथसाथै यसलाई वर्ष समाप्ति चार्टमा पनि राखिएको थियो।[५] स्टाइल्सले उनको अभिनय सन् २०१७ को क्रिस्टोफर नोलनको युद्ध प्रधान चलचित्र डुनक्रिक मार्फत सुरु गरेका थिए। उनको दोस्रो गिती सङ्गालो "फाइन लाइन" (सन् २०१९) ले अमेरिकामा अङ्ग्रेजी गायकको सर्वाधिक बिक्री भएको प्रस्तुतिका कारण किर्तिमानी कायम गरेको थियो। यही गिती सङ्गालोमा समावेश गीत "एडोर यु" चार्टको शीर्ष १० मा देखा परेको थियो।

बाल्यकाल

ह्यारी एड्वर्ड स्टाइल्सको जन्म १ फेब्रुअरी १९९४ मा, इङ्ल्यान्डको रेड्डिच, उस्टरशायरमा भएको थियो।[६] उनी एनी कक्स र डेसमन्ड "डेस" स्टाइल्सका छोरा थिए जसले वित्तीय अधिकारीको रूपमा काम गरेका थिए।[७][८][९] धेरै जसो उनका पूर्वजहरू नरफल्कका थिए। उनको पालनपोषण होल्म्स चापेल, चेशायमा भएको थियो[१०] जहाँ उनका परिवारका साथसाथै उनकी दिदि गिम्मा, त्यहाँ बसाइसराइ गरेका थिए।[११]सानोमा उनी डिज्जी वर्ल्ड नामक मनोरञ्जन गृहमा घुम्म गएको सम्झने गर्दछन्।[१२] स्टाइल्सले सोही सहरको एक विद्यालयमा पठनपाठन गरेका थिए।[१३]विद्यालयमा अध्ययन गर्दै गर्दा उनले, ह्वाइट इस्कीमोका प्रमुख गायकको रूपमा रहेका थिए जसले स्थानीय प्रतियोगिताहरू जितेको थियो।[१४] स्टाइल्सका आमाबुबाको उनी ७ वर्षको छँदा सम्बन्ध विच्छेद भएको थियो र उनकी आमाले पछि, रोबिन टुइस्टसँग विवाह गरेकी थिइन् [१४][१५] जसको सन् २०१७ मा, अर्बुद रोगका कारण मृत्यु भएको थियो।[१६] उनका एक सौतेनी दाई माइक र सौतेनी दिदि एमी छन् जुन रोबिन टुइस्टमा सन्तान हुन्। [१०]

बाल्यवस्थामा रहँदा, स्टाइल्सलाई उनका हजुरबुबाले काराओके यन्त्र दिएका थिए जसको मद्दतले उनले एल्भिस प्रेस्लीको गीत " द गर्ल अफ माई बेस्ट फ्रेन्ड" कैद गरेका थिए।[१७] १६ वर्षको उमेरमा उनले होल्म्स चापेलको एक मिठाइँ पसलमा आंशिक रूपमा काम गरेका थिए।[१५]

चलचित्रमा

चलचित्र
वर्षशीर्षकभूमिकाटिप्पणीहरू
सन् २०१३वन डाइरेक्सन: दिस इज असउनी आफैदस्तावेज, साङ्गीतिक चलचित्र
सन् २०१४वन डाइरेक्सन: ह्वेर वि आर – द कन्सर्ट फिल्मसाङ्गीतिक चलचित्र
सन् २०१७ह्यारी स्टाइल्स: बिहाइन्ड द एल्बमदस्तावेज
डुनक्रिकएलेक्स
दूरदर्शन
वर्षशीर्षकभूमिकाटिप्पणी
सन् १०१२आइकार्लीउनी आफैअङ्क: "आइगो वन डाइरेक्सन"
सन् २०१२–२०१९सटर्डे नाइट लाइभआयोजक / साङ्गीतिक अतिथि५ शृङ्खलाहरूमा
सन् २०१७ह्यारी स्टाइल्स एट द बिबिसी उनी आफैविशेष
सन् २०१७, सन् २०१९द लेट लेट शो विथ जेम्स कोर्डेनअतिथि आयोजक२ शृङ्खला
सन् २०१८ह्याप्पी टुगेदरथाह छैनकार्यकारी निर्माता

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड