कञ्चनजङ्घा हिमाल

नेपाल र भारतमा अवस्थित पृथ्वीको तेस्रो अग्लो हिमाल

कञ्चनजङ्घा हिमाल नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो।[३] यो हिमाल ८,५८६ मिटर (२८,१६९ फिट) अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ।[१][४] यो भारतनेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन्। यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ।[५][६] यस हिमालको प्राचीन तथा मौलिक रैथाने नाम सेसेलुङ चन्जनलुङ भनिन्छ । उक्त प्राचीन नामलाई अप्रभङ्स गराई कञ्चनजङ्घा बनाइएको देखिन्छ ।

कञ्चनजङ्घा
सिक्किम, भारतबाट देखिएको कञ्चनजङ्घा हिमाल
सर्वोच्च बिन्दु
उचाइ८,५८६ मी (२८,१६९ फिट)[१]
तेस्रा
प्रमुखता३,९२२ मी (१२,८६७ फिट)[२]
२९औँ
भिन्नता१२४ किमी (७७ माइल) Edit this on Wikidata
सूची
निर्देशाङ्क२७°४२′०९″उ॰ ८८°०८′४८″पू॰ / २७.७०२५०°N ८८.१४६६७°E / 27.70250; 88.14667 ८८°०८′४८″पू॰ / २७.७०२५०°N ८८.१४६६७°E / 27.70250; 88.14667[२]
भूगोल
कञ्चनजङ्घा is located in सिक्किम
कञ्चनजङ्घा
कञ्चनजङ्घा
कञ्चनजङ्घाको अवस्थिति
कञ्चनजङ्घा is located in कोशी प्रदेश
कञ्चनजङ्घा
कञ्चनजङ्घा
कञ्चनजङ्घा (कोशी प्रदेश)
कञ्चनजङ्घा is located in भारत
कञ्चनजङ्घा
कञ्चनजङ्घा
कञ्चनजङ्घा (भारत)
कञ्चनजङ्घा is located in नेपाल
कञ्चनजङ्घा
कञ्चनजङ्घा
कञ्चनजङ्घा (नेपाल)
स्थानताप्लेजुङ जिल्ला, नेपाल;
सिक्किम, भारत[२]
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहणसन् १९५५ को बेलायती कञ्चनजङ्घा अभियान अन्तर्गत २५ मे १९५५ मा, जो ब्राउन र जर्ज ब्यान्ड
(प्रथम शितकालिन आरोहरण ११ जनवरी १९८६ मा, जर्जी कुकुज्का र क्राजिस्टफ वाइलिकिद्वारा)
सबैभन्दा सजिलो मार्गहिमनदी/हिउँ/बरफको मार्ग
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनद्वारा डिसेम्बर २०१९ मा, खिचिएको कञ्चनजङ्घा र यसका वरिपरिका शिखरहरू

सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो। तर, सन् १८४९ मा भारतको विशाल त्रिकोणमितिय सर्वेक्षणले गरेको विभिन्न पठन पाठन र मापनका आधारमा गरिएको हिसाबले त्यतिबेला शिखर पन्ध्र भनेर चिनिने सगरमाथा सबैभन्दा उच्च रहेको थियो भन्ने निष्कर्षमा पुगेको थियो। सबै हिसाबको थप प्रमाणीकरणको लागि अनुमति दिँदै सन् १८५६ मा आधिकारिक रूपमा कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल भनि घोषणा गरिएको थियो।[७]

सन् १९५५ मा बेलायती कञ्चनजङ्घा अभियानमा रहेका जो ब्राउन र जर्ज ब्यान्डले २५ मे १९५५ मा पहिलो पटक कञ्चनजङ्घाको आरोहण गरेका थिए। धर्मराजलाई दिएको वाचा बमोजिमनै उनीहरूले हिमालको चुचुरो यथावत रहने गरी शिखरको काम रोकेका थिए। शिखरमा पुगेका हरेक आरोही वा आरोही समूहले यस परम्परालाई पछ्याएका थिए।[८]

नामकरण

कञ्चनजङ्घाको नाम दुईवटा शब्द मिलेर बनेको छ। शेर्पा अर्थात् तिब्बती भाषामा कार्मा (སྐར་མ) जसको अर्थ तारा र जोङ्ङा(རྫོང་ལྔ) जसको अर्थ किल्ला पाँच हुन्छ। यहीँ कार्माजोङङा (སྐར་མ་རྫོང་ལྔ) नै आप्रवास भएर कञ्चनजङ्घा भएको मानिन्छ। किन भने अहिले सम्म त्यस हिमालको स्थायी पहिलै देखिको बसोबास र नाम शेर्पा बाहेक अरु कुनै को छैन। पा संस्कृत भाषामा कञ्चनको अर्थ सुन वा सुवर्ण भन्ने हुन्छ भने शब्द जङ्घा भोट-बर्मेली शब्द गोङ्गोङबाट आएको हो। कञ्चनजङ्घा नाम लिम्बू भाषावाट समेत आएको मानिन्छ।

भूगोल

हिमालयको कञ्चनजङ्घा हिमशृङ्खला नेपालभारतको सिमानामा रहेको छ र यसले ७,००० मिटर (२३,००० फिट) भन्दा बढी १६ वटा चुचुराहरूलाई समेटेको छ। उत्तरमा, यो ल्होनाक चु, गोमा चु र जोङ्सोङ ला र पूर्वमा टिस्टा नदीमा यो सीमित छ। पश्चिमी सीमा जोङ्सोङ ला देखि गिङ्साङ र कञ्चनजङ्घा हिमनदी र घुन्सा र तमोरका नदी हुँदै जान्छ। कञ्चनजङ्घा सगरमाथाको पूर्व-दक्षिणपूर्वमा लगभग १२५ किलोमिटर (७८ माइल) विशाल हिमालय हिमशृङ्खलाबाट लगभग २० किलोमिटर (१२ माइल) दक्षिणतिर उचालिएको छ। कञ्चनजङ्घाको दक्षिणी मोहडामा ३,०००–३,५०० मिटर (९,८००–११,५०० फिट) अग्लो सिङ्गलिला हिमशृङ्खला रहेको छ जसले सिक्किमलाई नेपाल र उत्तरी पश्चिम बङ्गालबाट अलग गर्दछ।[९]

कञ्चनजङ्घा हिमशृङ्खला र यसका हिमालहरू विशाल पर्वतीय पिण्डहरू हुन्।[१०] यस हिमशृङ्खलाका पाँच उच्चतम शिखरहरू निम्न तालिकामा सूचीबद्ध गरिएका छन्।

शिखरको नामउचाइ (मिटर)उचाइ (फिट)अवस्थितिप्रमुखता (मिटर)प्रमुखता (फिट)नजिकैको उच्च हिमालअवस्थिति (राजनीतिक)
कञ्चनजङ्घा मुख्य[२]८,५८६२८,१६९२७°४२′११″उ॰ ८८°०८′५२″पू॰ / २७.७०३०६°N ८८.१४७७८°E / 27.70306; 88.14778३,९२२१२,८६७सगरमाथा – उत्तरी क्षेत्रसिक्किम, भारत / ताप्लेजुङ, कोशी प्रदेश, नेपाल
कञ्चनजङ्घा पश्चिम (यालुङ याङ)[११]८,५०५२७,९०४२७°४२′१८″उ॰ ८८°०८′१२″पू॰ / २७.७०५००°N ८८.१३६६७°E / 27.70500; 88.13667१३५४४३कञ्चनजङ्घाताप्लेजुङ, प्रदेश नंं.. १, नेपाल
कञ्चनजङ्घा मध्य[१२]८,४८२२७,८२८२७°४१′४६″उ॰ ८८°०९′०४″पू॰ / २७.६९६११°N ८८.१५१११°E / 27.69611; 88.15111३२१०५कञ्चनजङ्घा दक्षिणउत्तरी सिक्किम, सिक्किम, भारत / ताप्लेजुङ, कोशी प्रदेश, नेपाल
कञ्चनजङ्घा दक्षिण[१३]८,४९४२७,८६७२७°४१′३०″उ॰ ८८°०९′१५″पू॰ / २७.६९१६७°N ८८.१५४१७°E / 27.69167; 88.15417११९३९०कञ्चनजङ्घाउत्तरी सिक्किम, सिक्किम, भारत / ताप्लेजुङ, कोशी प्रदेश, नेपाल
काङबाचेन[१४]७,९०३२५,९२८२७°४२′४२″उ॰ ८८°०६′३०″पू॰ / २७.७११६७°N ८८.१०८३३°E / 27.71167; 88.10833१०३३३७कञ्चनजङ्घा पश्चिमताप्लेजुङ, कोशी प्रदेश, नेपाल
गारउडको कञ्चनजङ्घाको नक्सा, १९०३[४]
नेपालबाट देखिएको कञ्चनजङ्घा दक्षिण पश्चिम (यालुङ)

हिमालको मुख्य भाग उत्तर-उत्तरपूर्वदेखि दक्षिण-दक्षिणपश्चिमसम्म पुगेको छ र यसले विभिन्न हिमनदीहरूको सृजना गरेको छ।[१०] यस हिमशृङ्खलामा ६,००० देखि ८,५८६ मिटर (१९,६८५ देखि २८,१६९ फिट) अग्ला चुचुराहरू पाइन्छन्। उत्तरी भागमा यालुङ काङ, कञ्चनजङ्घा मध्य र दक्षिण, काङबाचेन, किराँत चुलीगिम्मीगेला चुली पर्छन् र जोङसाङ लासम्म फैलिएका छन्।[४] सिक्किमको पूर्वी हिमखण्डमा सिनिओल्चु हिमाल पर्दछ। दक्षिणी खण्ड नेपाल-सिक्किम सीमासँगै चल्छ र यसमा काब्रु प्रथम देखि तृतीय भाग समावेश छ।[१५] यो हिमाल दक्षिणतर्फ सिङ्गलिला हिमशृङ्खलासम्म फैलिएको छ भने पश्चिमी क्षेत्र कुम्भकर्णमा समाप्त हुन्छ।[१]

यस हिमशृङ्खलाबाट चार मुख्य हिमनदीहरू बनेका छन्। उत्तरपूर्वमा जेमु हिमनदी र दक्षिणपूर्वमा तालुङ हिमनदी टिस्टा नदीमा गएर मिसिन्छ भने दक्षिण-पश्चिममा यालुङ हिमनदी र उत्तर-पश्चिममा पर्ने काङ्चेन हिमनदी अरूण र कोशी नदीहरूमा गएर मिसिन्छन्।[१६] हिमनदीहरू लगभग ५,००० मिटर (१६,००० फिट) भन्दा माथिको क्षेत्रमा फैलिएका छन् भने हिमनदी क्षेत्रले जम्मा ३१४ बर्ग किलोमिटर (१२१ वर्ग माइल) ओगटेको छ। कञ्चनजङ्घा हिमालले १२० हिमनदीहरू बनाएको छ जसमध्ये १७ वटा भग्नावशेषले ढाकिएको छ। सन् १९५८ देखि १९९२ को बीचमा ५७ वटा परीक्षण गरिएका हिमनदीहरूमध्ये आधाभन्दा बढी नदीहरू सम्भवतः हावाको तापक्रम बढेकोले मासिन पुगेका थिए।[१७]

कञ्चनजङ्घा हिमशृङ्खला ब्रह्मपुत्र नदीको खाडीको उच्चतम उचाइ हो। यो दक्षिणपूर्वी एसियाली मनसुन निर्धारण गर्ने भाग हो र यो विश्वव्यापी रूपमा सबैभन्दा ठुलो नदीको खाडी मध्ये एक हो।[१८] कञ्चनजङ्घा कोशी नदीको खाडीमा अवस्थित ८,००० मिटर (२६,००० फुट) भन्दा माथिका ६ वटा चुचुराहरू मध्ये एक हो। यो गङ्गा नदीको सबैभन्दा ठुलो नदीमध्ये एक हो।[१९]

यो विश्वको तेस्रो सर्वोच्च शिखर भए तापनि कञ्चनजङ्घालाई भौगोलिक प्रतिष्ठाद्वारा २९औँ स्थानमा राखिएको छ। यो हिमालको स्वतन्त्र कदको नाप हो। कञ्चनजङ्घा लागि मुख्य ढलान ४,६६४ मिटर (१५,३०२ फिट) उचाइमा रहेको छ। यो तिब्बतमा अरुण र ब्रह्मपुत्र नदीहरूको बीचमा पानीको धाराको सीमासँगै रहेको छ। तथापि, यो सगरमाथापछि हिमालयको चौथो प्रमुख शिखर हो।[२०][२१]

संरक्षित क्षेत्र

कञ्चनजङ्घा भू-भाग तीन अलग-अलग पर्यावरणीय क्षेत्रहरूको एक परिसर हो जसमा पूर्वी हिमालय र कोणधारी वन, पूर्वी हिमालय उच्च पर्वतीय झाडी र घाँसे मैदान र तराई-दुआर साभाना र घाँसेभूमि पर्दछन्। नेपाल, भारत, भुटान र चीनले कञ्चनजङ्घाको विशाल क्षेत्र वा भू-भागलाई बाँडफाँट गरेका छन् र यसमा जम्मा ६,०३२ वर्गकिलोमिटर (२,३२९ वर्ग माइल) संरक्षित १४ क्षेत्रहरू रहेका छन्।

  • नेपाल: कञ्चनजङ्घा संरक्षण क्षेत्र
  • सिक्किम, भारत: कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज, वर्षे गुराँस अभयारण्य, फाम्बोन्ग ल्हो वन्यजन्तु अभयारण्य, क्योङनोसला उच्च पर्वतीय संरक्षण क्षेत्र, मेनम वन्यजन्तु अभयारण्य, सिङ्गा गुराँस अभयारण्य र पाङ्लखा वन्यजन्तु अभयारण्य
  • दार्जिलिङ, भारत: जोडपोखरी वन्यजन्तु अभयारण्य, सिङ्गलिला राष्ट्रिय निकुञ्ज, सिञ्चल वन्यजन्तु अभयारण्य, महानन्द वन्यजन्तु अभयारण्य र न्योरा उपत्यका राष्ट्रिय निकुञ्ज
  • भुटान: जिग्मे खेसर प्राकृतिक संरक्षण क्षेत्र

यी संरक्षित क्षेत्रहरू गुराँस र सुनगाभा जस्ता विश्वव्यापी रूपमा महत्वपूर्ण वनस्पतिप्रजातिहरूका लागि आवास हुन् र खतरामा परेका थुप्रै प्रमुख प्रजातिहरू जस्तै हिम चितुवा, एसियाली कालो भालु, हाब्रे, सेतोकण्ठे कस्तुरी, चिलिमे र तीतर जस्ता प्राणीहरू यहाँ पाइन्छन्।

आरोहण मार्ग

नेपाल स्थित कञ्चनजङ्घा-उत्तरको आधार शिविर

कञ्चनजङ्घा शिखरसम्म पुग्न चार वटा आरोहण मार्ग छन्। तीमध्ये तीन वटा नेपालका दक्षिणपश्चिम, उत्तर–पश्चिम र उत्तरपूर्वबाट छन् भने भारतको उत्तरपूर्वी सिक्किमबाट एकमात्र मार्ग उपलब्ध छ। अहिलेसम्म सिक्किमबाट आउने उत्तरपूर्वी मार्ग तीन पटक मात्र सफलतापूर्वक प्रयोग हुँदै आएको थियो। भारत सरकारले कञ्चनजङ्घामा गरिने अभियानलाई प्रतिबन्ध लगाएको छ, तसर्थ, यो मार्ग सन् २००० देखि बन्द गरिएको छ।[२२]

आरोहणको इतिहास

सिङ्गलिला हिमशृङ्खलाबाट देखिएको कञ्चनजङ्घाको चित्र[२३]
कञ्चनजङ्घामा अस्ताउँदैै गरेको घाम, सन् १९०५[२४]
गोएचा ला, सिक्किमबाट देखिएको कञ्चनजङ्घाको दक्षिण भूभाग,४,९४० मी (१६,२१० फिट)
दार्जिलिङ युद्ध स्मारकबाट देखिएको कञ्चनजङ्घा

प्रारम्भिक आरोहणका प्रयासहरू

  • अप्रिल १८४८ देखि फेब्रुअरी १८४९ को बीच जोसेफ डाल्टन हुकरले उत्तरी सिक्किम र पूर्वी नेपालका केही भागहरूको अन्वेषण गरेका थिए। मुख्यतया वनस्पतिहरू सङ्कलन गर्न र हिमाली वनस्पतिको वितरणको अध्ययन गर्न उनले उक्त अन्वेषण गरेका थिए। उनी दार्जिलिङ बसोबास गर्दै नदीका खोल्साहरूमा र ४,७६० मिटरको उचाइसम्म कञ्चनजङ्घा फेदमा बारम्बार घुम्दथे।[२५]
  • सन् १८५५ को वसन्त ऋतुमा जर्मन अन्वेषक हर्मन स्लागिन्टविटले दार्जिलिङको यात्रा गरेका थिए। तथापि, नेपाल-तिब्बत युद्धका कारण थप उत्तरतर्फ जान उनी असमर्थ रहेका थिए। मे महिनामा उनले मौसमविज्ञानसम्बन्धी सर्वेक्षणको लागि टोङ्ग्लोको चुचुरोसम्म सिङ्गलिला हिमशृङ्खलाको अन्वेषण गरेका थिए।[२३]
  • सन् १८७९ मा शरतचन्द्र दास र लामा उग्येन-ग्यात्सोले पूर्वी नेपाल हुँदै "कञ्चनजङ्घा" र ल्हासा जाने क्रममा ताशिलुन्पो गुम्बा हुँदै तिब्बतको पश्चिमी क्षेत्र पार गरेका थिए। सन् १८८१ मा तिनीहरू त्यही बाटो भएर फर्किएका थिए।[२६]
  • सन् १८८३ मा विलियम उडम्यान ग्राहम र दुई जना स्विट्जरल्यान्डेली पर्वतारोहीहरूको एउटा दल कञ्चनजङ्घा क्षेत्रमा उक्लिएका थिए। शिखर भन्दा तल ३०–४० फिट (९.१–१२.२ मिटर) भित्र काब्रु आरोहण गर्ने उनीहरू पहिला थिए। उनीहरूले काङ ला भन्ज्याङ पार गरेका थिए र झन्डै ५,८०० मिटरको चुचुरोमा चढेका थिए जहाँबाट तिनीहरूले कुम्भकरण हिमालको अवलोकन गरेका थिए। आरोहण प्रयास धेरै ढिलो भएको निष्कर्ष निकाल्दै उनीहरू फेरि एक पटक दार्जिलिङ फर्किएका थिए।[२७]
  • अक्टोबर १८८५ देखि जनवरी १८८६ बीच रिन्जिन नामग्यालले कञ्चनजङ्घा उत्तर र पश्चिममा अन्वेषण नगरिएको क्षेत्रको सर्वेक्षण गरेका थिए। उनी कञ्चनजङ्घा क्षेत्र नक्सा बनाउने पहिलो स्थानीय सर्वेक्षक थिए भने उनले चुचुरो र छेउछाउका उपत्यकाहरूको दुवैपट्टिको रेखाचित्र उपलब्ध गराएका थिए। उनले यस क्षेत्रमा नेपाल, तिब्बतसिक्किमको सीमाक्षेत्रलाई पनि परिभाषित गरेका थिए।[२८]
  • सन् १८९९ मा बेलायती पर्वतारोही डग्लस फ्रेसफिल्डले इटालेली छाविकार भितोरियो सेल्लालाई समेटेर आफ्नो दलसँग यात्रामा निस्केका थिए।[४]
  • सन् १९०५ मा एलिस्टर क्राउलीको नेतृत्वमा एउटा दलले पहिलो पटक यस हिमाल चढ्ने प्रयास गरेको थियो। एलेस्टर क्राउली सन् १९०२ मा के२ हिमाल प्रयास गर्ने टोलीको भाग थिए। यो टोली फर्कनुअघि पहाडको दक्षिण-पश्चिममा ६,५०० मिटर (२१,३०० फिट) उचाइमा पुगेको अनुमान गरिएको थियो।[२४]
  • सन् १९०७ मा दुई जना नर्वेलीले काब्रु हिमनदी हुँदै दक्षिणमा जोङ्ग्री आरोहण गर्न निस्केका थिए। झण्डै ६,९०० मिटरअग्लो अग्लो शिविरबाट उनीहरू शिखरको टुप्पोभन्दा १५/१८ मिटर तल सम्म पुग्न सफल भएका थिए र त्यसपछि तेज बतास चल्न थालेकाले उनीहरू फर्किएका थिए।[२७]
  • सन् १९२९ मा जर्मन पल बाउरले एउटा अन्वेषण टोलीको नेतृत्व गरेका थिए जुन उत्तरपूर्वमा ७,४०० मिटर (२४,३०० फिट) सम्म पुगेको थियो र यो पाँच दिने आँधीका कारण उनीहरू पछि हट्न बाध्य बनेका थिए।[२९]
  • मे १९२९ मा अमेरिकी इएफ फार्मरले दार्जिलिङ छोडेर रैथाने भरियाहरू लिएर नेपाल तर्फको काङ ला पार गरेर काब्रु उक्लिएका थिए।[१०]
  • सन् १९३० मा गुन्टर डायरेनफर्टले जर्मनेली उली विल्यान्ड, अस्ट्रियाली अर्विन स्नाइडर र कञ्चनजङ्घा आरोहण गर्न प्रयास गर्ने अङ्ग्रेज फ्राङ्क स्माइथे लगायतका अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरेका थिए। खराब मौसम र हिउँको कारण तिनीहरू असफल भएका थिए।[२९]
  • सन् १९३१ मा पल बाउरले दोस्रो जर्मन अन्वेषण टोलीको नेतृत्व गरेका थिए। त्यस टोलीले खराब मौसम, रोगबिमार र मृत्युको कारण पछि हट्नुअघि उत्तरपूर्वदिशातर्फ जाने प्रयास गरेको थियो। पिटर अफस्चनाइटर लगायत उक्त टोली सन् १९२९ को प्रयासभन्दा ३०० मिटर माथि उक्लिएपछि पछि हटेका थिए।[३०]
  • सन् १९५४ मा जोन केम्पेले जेडब्ल्यू टकर, एसआर ज्याक्सन, जिसी लुइस, टिएच ब्राहम र मेडिकल अफिसर डिएस माथ्युज सम्मिलित दलको नेतृत्व गरेका थिए। उनीहरूले कञ्चनजङ्घा दक्षिण-पश्चिममा पर्ने विशाल बरफको ढिक्कासम्म जाने बाटो पत्ता लगाउन माथिल्लो यालुङ हिमनदी पत्ता लगाएका थिए। यो पुन: प्रयासले गर्दा सन् १९५५ को सफल अभियानले प्रयोग गरेको मार्गतर्फ डोऱ्याएको थियो।[३१]

प्रथम आरोहण

कञ्चनजङ्घा जाने अन्तिम बाटोमा रहेको एउटा साइन बोर्ड
प्रथम आरोहण टोलीको पूनर्मिलन सन् १९९०- अगाडि (बायाँ देखि दायाँसम्म): निल माथर, जोन एन्जेलो ज्याक्सन, चार्ल्स इभान्स र जो ब्राउन र पछाडी पट्टी (बायाँ देखि दायाँसम्म): टोनी स्ट्रेथर, नोर्मान हार्डी, जर्ज ब्यान्ड, र जोन क्लेग

सन् १९५५ मा जो ब्राउन र जर्ज ब्यान्डले २५ मे मा पहिलो पटक कञ्चनजङ्घा आरोहण गरेका थिए। त्यसपछि २६ मे मा नर्मन हार्डी र टोनी स्ट्रेथर यसको आरोहण गरेका थिए।[३२] आरोहण टोलीमा जोन क्लेग, चार्ल्स इभान्स, जोन एन्जेलो ज्याक्सन, निल म्याथर र टम म्याककिन्नोन पनि समावेश थिए। आरोहणको क्रममा, एलेस्टर क्राउलीको १९०५ को मार्ग (सन् १९५४ को पुन: अनुसन्धानद्वारा निरीक्षण गरिएको) काम लाग्ने कुरा प्रमाणित भएको थियो। यो मार्ग यालुङ हिमनदीबाट चुचुरोको दक्षिण-पश्चिममा सुरु हुन्छ जुन ३,००० मिटर (१०,००० फिट) अग्लो छ। उनीहरूले आफ्नो आरोहण यात्रा अप्रिल १८ देखि सुरु गरेका थिए भने मे २८ सम्ममा सबै जना आधार शिविरमा फर्किएका थिए।[३३]

अन्य उल्लेखनीय आरोहणहरू

कञ्चनजङ्घाको एमिनेसन
  • सन् १९७३ जापानी अभियानको युताका आगेता र ताकेओ मात्सुदाले दक्षिणपश्चिमी पर्वतमाला चढेर यालुङ काङ भनिने कञ्चनजङ्घा पश्चिममा आरोहण गरेका थिए। मात्सुदा शिविरमा फर्केनन् र उनको लास कहिल्यै फेला परेन। आगेताबाट छुट्टिँदा उनको मृत्यु भएको कुरा उक्त अभियानले निष्कर्ष निकालेको थियो।[३४]
  • सन् १९७७ कर्णेल नरेन्द्र कुमारको नेतृत्वमा रहेको भारतीय सेनाको टोलीले कञ्चनजङ्घाको दोस्रो आरोहण गरेको थियो। तिनीहरूले सन् १९२९ र १९३१ मा जर्मनेली अभियानलाई पराजित गर्ने कठिन खाडल अर्थात् उत्तरपूर्वमा भएको अभियान पूरा गरेका थिए।[३५]
  • सन् १९७८ पोल्यान्डेली टोलीले कञचनजङ्घा दक्षिण शिखरको पहिलो सफल आरोहण गरेका थिए जसमा (वोजसिच व्रोज र युजीनेज च्रोबकले १९ मे र कञ्चनजङ्घा मध्यलाई वोजसिएच ब्रान्स्की, जिग्मन्ट एन्ड्रिज हेनरिक, काजिमिएरज ओलेचले २२ मे यसको आरोहण गरेका थिए।[३६]
  • सन् १९७९ तेस्रो आरोहण, मे १६ मा र पहिलो पटक अक्सिजनविना, डग स्कट, पिटर बोर्डम्यान र जो टास्करले उत्तरी क्षेत्रमा नयाँ मार्ग स्थापना गरेका थिए।[३७]
  • सन् १९९८ ज्ञानेट ह्यारिसन पहिलो महिला थिइन् जसले अक्सिजन बिनानै यसको उत्तरी क्षेत्रको आरोहण गरेकी थिइन्।[३८]
  • सन् २००९ स्पेनी पर्वतारोही एदुर्ने पासाबान शिखरमा पुगेका थिइन्। उनी बाह्रवटा आठ हजार मिटर अग्लो शिखर चुम्ने पहिलो महिला बनेकी थिइन्।[३९]
  • मे २००९ मा, कञ्चनजङ्घा शिखरसम्म पुग्ने पहिलो पोल्यान्डेली महिला किङ्गा बारानोस्का थिइन्।[४०]
  • मे २०१४ मा, बुल्गेरियाली बोयन पेत्रोभ अतिरिक्त अक्सिजनको प्रयोग बिना शिखर चुचुरोमा पुगेका थिए। पेत्रोध मधुमेह रोगी थिए।[४१][४२]
  • सन् २०१४ को मे महिनामा छन्दा गायेन शिखरमा पुग्ने पहिलो भारतीय महिला बनेकी थिइन्। हिमपहिरोले गर्दा उनको मृत्यु भएको थियो।[४३]

उन्नत आरोहण उपकरणको बावजुद कञ्चनजङ्घा पुग्न प्रयास गरेका आरोहीहरूको मृत्युदर धेरै छ। सन् १९९० को दसकदेखि कञ्चनजङ्घाको मुख्य चुचुरोमा चढ्दा २०% भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।[४४]

पर्यटन

साँझमा टाइगर हिलबाट देखिएको कञ्चनजङ्घा
गान्तोक, सिक्किमबाट देखिएको हिमाल
जलपाइगुडी सहरबाट देखिएको कञ्चनजङ्घा

नेपालमा यसको विकट स्थान र भारतबाट त्यसको पहुँचमा कठिनाई हुने भएकाले कञ्चनजङ्घा क्षेत्रले पर्यटनमा न्युन मात्रा टेवा पुर्‍याएको छ। सिक्किममा पनि कञ्चनजङ्घा क्षेत्रमा पदयात्रा गर्न अनुमति दिइएको छ। गोएचा ला पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएको छ। यो कञ्चनजङ्घा दक्षिणपूर्वको विशाल सतहको ठिक अगाडि अवस्थित गोएचा ला भन्ज्याङ हुँदै जान्छ।[४५]

सन्दर्भ सामग्रीहरू


बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड