कञ्चनपुर जिल्ला

कञ्चनपुर जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो।

कञ्चनपुर जिल्ला
भीमदत्त नगरपालिकामा मदन चौक
भीमदत्त नगरपालिकामा मदन चौक
कञ्चनपुर जिल्लाको स्थानको अवस्थिति
कञ्चनपुर जिल्लाको स्थान
निर्देशाङ्क: २८°५०′उ॰ ८०°२०′पू॰ / २८.८३३°N ८०.३३३°E / 28.833; 80.333 ८०°२०′पू॰ / २८.८३३°N ८०.३३३°E / 28.833; 80.333
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
स्थापितसन् १८६०
सदरमुकामभीमदत्त नगरपालिका
सरकार
 • प्रकारसमन्वय समिति
 • अङ्गजीविस, कञ्चनपुर
 • प्रमुखदुर्गादत्त बोहरा
 • उप-प्रमुखराम कुमारी राना
क्षेत्रफल
 • जम्मा१,६१० किमी (६२० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा४५१,२४८
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेप्रस)
मुख्य भाषा (हरू)डोटेली (३७.९%), थारु (२५.४%), नेपाली (१६.१%), बैतडेली (५.२%), अन्य (१५.४%)
प्रमुख राजमार्गहरूमहेन्द्र राजमार्ग
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास

पहिले नेपालको बाइसे चौबिसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अङ्ग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिस इन्डियामा गाभिएको पाइन्छ। प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कञ्चनपुर नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँकेबर्दिया नयाँ मुलुकको रूपमा नेपालको अङ्ग भएको हो।

नेपालको अङ्ग बनेपछि कैलाली र कञ्चनपुर (कैलाली र कंचनपुर) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको।

भूगोल

जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय शृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ३ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउँपालिकाहरूमा विभाजन गरिएको छ।

प्रशासनिक विभाजन

कञ्चनपुर जिल्लालाई ७ नगरपालिका र २ गाउँपालिकामा विभाजन गरिएको छ।[१]

कञ्चनपुर जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
भीमदत्त नगरपालिका१९महेन्द्रनगर१०४,५९९
पुनर्वास नगरपालिका११पुनर्वास५३,६३३
बेदकोट नगरपालिका१०सिसैया४९,४७९
महाकाली नगरपालिका१०दोधारा चाँदनी३९,२५३
शुक्लाफाँटा नगरपालिका१२झलारी पिपलाडी४६,८३४
बेलौरी नगरपालिका१०बेलौरी५३,५४४
कृष्णपुर नगरपालिकाकृष्णपुर५६,६४३
बेलडाँडी गाउँपालिकाबेलडाँडी२१,९४९
लालझाडी गाउँपालिकाशंकरपुर२२,५६९

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड