बर्दिया जिल्ला

बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेतसल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।[१]

बर्दिया जिल्ला
बर्दिया राष्ट्रिय निकुञ्ज
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामगुलरिया नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बर्दिया
जनसङ्ख्या
 • जम्मा४६०८३१
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

नामाकरण

यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -

  • स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र समृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
  • पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये ६ नगरपालिका र २ गाउँपालिका छन्।

बर्दिया जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
गुलरिया नगरपालिका१२गुलरिया६६,६७९
राजापुर नगरपालिका१०राजापुर६९,८७३
मधुवन नगरपालिकामधुवन२६,४३१
ठाकुरबाबा नगरपालिकासैनवार५७,२०५
बाँसगढी नगरपालिकाबाँसगढी५५,८७५
बारबर्दिया नगरपालिका११जयनगर६८,०१२
बढैयाताल गाउँपालिकामैनापाेखर५२,०५६
गेरुवा गाउँपालिकापथरैया४०,६५४

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड