गाब्रियल बोरिक

चिलीको राष्ट्रपति

ग्राबियल बोरिक फन्ट (स्पेनी उच्चारण: [ɡaˈβɾjel ˈβoɾitʃ][क]; जन्म: सन् १९८६ फेब्रुअरी ११)[१] चिलीका राजनीतिज्ञ हुन्। उनी सन् २०२१ डिसेम्बर २० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।

गाब्रियल बोरिक
सन् २०२१ मा बोरिक
चिलीका राष्ट्रपति
पद बहाली
२०२२ मार्च १

बोरिकले चिली विश्वविद्यालयमा कानुन सङ्कायमा अध्ययन गरेका थिए। उनी सन् २०१२ मा चिली विश्वविद्यालय विद्यार्थी महासङ्घका अध्यक्ष पदमा निर्वाचित भएका थिए।[२][३][४] विद्यार्थी प्रतिनिधिको रुपमा, उनी सन् २०११-१३ को चिलीको विद्यार्थी विरोध प्रदर्शनको प्रमुख नेता थिए। बोरिक सन् २०१३ मा मगलानेस क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक स्वतन्त्र सांसद निर्वाचित भएका थिए। सन् २०१७ को निर्वाचनमा दोस्रो कार्यकालमा भने उनी ब्रोड फ्रन्टको तर्फबाट निर्वाचित भएका थिए । ब्रोड फ्रन्ट उनले अन्य कयौं पार्टीसँग मिलेर बनाएको गठबन्धन हो।

बोरिक चिलीको इतिहासको सबैभन्दा युवा राष्ट्रपति हुन्। विश्वको सबैभन्दा युवा राष्ट्राध्यक्षमा उनी दोस्रो स्थानमा छन्। यसका साथै उनी देशको इतिहासमा सबैभन्दा धेरै मात प्राप्त गरेर निर्वाचित भएका राष्ट्रपति समेत हुन्।[५][६]

राजनैतिक स्थान

विदेश नीति

बोरिकाले क्युवा, निकारागुवाभेनेजुएलाको बामपन्थी सरकारलाई मानव अधिकार उल्लङ्घनको विषयमा बिरोध गरेका छन्। बोरिकले "प्रजातान्त्रिक बामपन्थीहरूले यो बिषयमा दोहोरो मापदण्ड अपनाउन नहुने र आफ्नै नागरिक विरुद्धको मानव अधिकार हननलाई जायज ठहराउन स्व-निर्णयको सिद्धान्तको प्रयोग गर्न नहुने" कुरा बताएका थिए।[७] उनको २०२१ को राष्ट्रपतीय चुनावी अभियानमा, उनले निकारागुवाको आमा निर्वाचनमा धाधली भएको र चिली कम्युनिस्ट पार्टी (उनका एक सहयोगी) लाई डेनियल ओर्टेगाको सरकारलाई समर्थन गरेको बयान फिर्ता लिन आह्वान गरे ।[८]

बोलिभियाको विषयमा, बोरिकले दुई देश बीच सम्बन्ध पुनर्स्थापना गर्ने मनसाय व्यक्त गरेका छन्। चिली र बोलिभियाको सम्बन्ध सन् १९७८ यता नराम्रो छ।[९] उनले फल्कल्यान्ड टापुको विषयमा अर्जेन्टिनाको दावीलाई समर्थन गरेका छन्। [१०]

अरब-इजरायल द्वन्दको विषयमा, बोरिकाले धेरै मौकामा प्यालेस्टाइनको समर्थन गरेका छन्। इजरायली बस्ती, जसलाई अन्तराष्ट्रिय समुदायले अबैध मानेको छ, मा बनेका सामान आयातमा रोक लागाउन बोरिकले विधेयक प्रस्तुत गरेका थिए। ह्युमन राइट वाचमा आधारित यो बिधेयकलाई अमेरिकन काउन्सिल अफ जुदाइजम जस्ता यहुदी संघटनले निन्दा गरेका थिए।[११]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड