गिल्गित बस्तिस्तान
गिल्गित-बल्तिस्तान, पाकिस्तान प्रशासित एक क्षेत्र हो जसले ठूलो कश्मीर क्षेत्रको उत्तरी भागको गठन गर्दछ। यो क्षेत्र सन् १९४७ देखि भारत र पाकिस्तानबीच विवादको विषय बनेको छ। भारत र चीनबीच केही समय पछि यही क्षेत्र विवादको विषय बनेको थियो। यो पाकिस्तान प्रशासित सबैभन्दा उत्तरी क्षेत्र हो। यो दक्षिणमा आजाद कश्मीर, पश्चिममा खैबर पख्तुनख्वा, उत्तरमा अफगानिस्तानको वाखान, पूर्व र उत्तर पूर्वमा चीनको सिन्जियाङ क्षेत्र, र भारतीय प्रशासित सङ्घ शासित क्षेत्र जम्मू र कश्मीर र दक्षिण पूर्वमा लद्दाखको सिमानामा रहेको छ।
गिल्गित बस्तिस्तान گِلگِت بَلتِستان རྒྱལ་སྐྱིད་ སྦལྟི་ཡུལ། | |
---|---|
प्रशासनिक क्षेत्रको रूपमा पाकिस्तान प्रशासित क्षेत्र | |
निर्देशाङ्क: ३५°२१′N ७५°५४′E / ३५.३५°N ७५.९°E ७५°५४′E / ३५.३५°N ७५.९°E | |
प्रशासित देश | पाकिस्तान |
स्थापना | १ नोभेम्बर १९४८ |
राजधानी | गिल्गित |
सबैभन्दा ठूलो सहर | स्कार्दू[१] |
सरकार | |
• प्रकार | स्वायत्त प्रदेश |
• अङ्ग | गिल्गित-बल्तिस्तान सरकार |
• गभर्नर | राजा जलाल हुसेन मकपून |
• मुख्यमन्त्री | खालिद कुर्शिद |
• प्रमुख सचिव | मोहम्मद खुराम आगा[२] |
• व्यवस्थापिका | विधानसभा |
• उच्च अदालत | गिल्गित-बल्तिस्तान सर्वोच्च पुनरावेदन अदालत[३] |
क्षेत्रफल | |
• जम्मा | ७२९७१ किमी२ (२८१७४ वर्ग माइल) |
[५] | |
जनसङ्ख्या | |
• जम्मा | १२४९००० |
• घनत्व | १७/किमी२ (४४/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी मानक समय) |
भाषा | बाल्ती, सिना, वाखी, बुरूसास्की, खोवार, डोमाकी, उर्दू (प्रशासित) |
मानव विकास सूचकाङ्क (सन् २०१८) | ०.५९३ [८] मध्यम |
सभा सिट | ३३[९] |
विभाग | ३ |
जिल्ला | १४[१०] |
तहसील | २८ |
वेबसाइट | gilgitbaltistan |
गिल्गित-बल्तिस्तान ठूलो कश्मीर क्षेत्रको एक भाग हो। यो पाकिस्तान र भारतबीच लामो समयसम्म चलेको द्वन्द्वको विषय हो। यस क्षेत्रले आजाद कश्मीरसँग सिमाना बाँडेको छ, जससँग संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले यसलाई "पाकिस्तान प्रशासित कश्मीर" भनेका छन्। गिल्गित-बल्तिस्तान आजाद कश्मीर भन्दा छ गुणा ठूलो छ। यो भूभाग दक्षिणमा भारतीय प्रशासित सङ्घ शासित क्षेत्र जम्मू कश्मीर र लद्दाखको पनि सिमानामा रहेको छ जसलाई भारत र पाकिस्तानबीचको वास्तविक सीमा रेखाद्वारा अलग गरिएको छ।
वर्तमान समयका गिल्गित-बल्तिस्तान इलाका "उत्तरी क्षेत्र" नामबाट सन् १९७० मा छुट्टै प्रशासनिक एकाइ बनेको थियो। यो पूर्व गिल्गित एजेन्सी, बल्तिस्तान जिल्ला र धेरै साना पूर्व प्रमुख राज्यहरूको सङ्गमद्वारा गठन गरिएको थियो, जसमध्ये सबैभन्दा ठूलो हुन्जा र नगर थियो। सन् २००९ मा, यसलाई सीमित स्वायत्तता प्रदान गरिएको थियो र पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीद्वारा हस्ताक्षर गरिएको स्वशासन आदेश मार्फत गिल्गित-बल्तिस्तानको नाम परिवर्तन गरिएको थियो। यसको उद्देश्य गिल्गित-बल्तिस्तानका जनतालाई सशक्त बनाउनु पनि थियो। तथापि, वास्तविक शक्ति मुख्यमन्त्री वा निर्वाचित सभाको नभई बडा हाकिमकै हो भनी शास्त्रविद्हरू उल्लेख गर्छन्। जनसङ्ख्याको अनुसार, गिल्गित-बल्तिस्तानको पाकिस्तानको पाँचौँ ठूलो प्रदेश हो। पाकिस्तानी सरकारले संयुक्त राष्ट्रसङ्घको प्रस्तावना अनुसार सम्पूर्ण कश्मीर मुद्दाको समाधान गर्नुपर्ने मागलाई खतरामा पार्ने आधारमा गिल्गित-बल्तिस्तानलाई प्रान्तीय दर्जाको आह्वानलाई अस्वीकार गरेको थियो। तथापि, सन् २०२० को नोभेम्बरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २०२० को गिल्गित–बल्तिस्तानको विधानसभा निर्वाचनपछि यसलाई अस्थायी प्रान्तीय दर्जा दिने घोषणा गरेका थिए। यो लामो समयदेखिको माग थियो।
गिल्गित-बल्तिस्तानले ७२,९७१ किलोमिटर (२८,१७४ वर्ग मिटर) क्षेत्रफल ओगटेको छ र यो अत्यन्तै पहाडी इलाका हो। सन् २०१३ मा यसको अनुमानित जनसङ्ख्या १२.४९ लाख रहेको थियो भने (सन् २०१५ मा शाहिद जावेद बुर्की (२०१५)द्वारा गरिएको अनुमान अनुसार यसको जनसङ्ख्या १८ लाख रहेको थियो। यसको राजधानी सहर गिल्गित हो जसको अनुमानित जनसङ्ख्या २,१६,७६० रहेको छ।गिल्गित-बल्तिस्तानमा "आठ हजार" मिटर भन्दा बढी उचाइ भएका हिमालहरू मध्ये पाँच यहाँ अवस्थित छन् भने सात हजार मिटर भन्दा अग्ला हिमाल ५० भन्दा बढी छन्। ध्रुवीय क्षेत्रबाहिर विश्वका तीनवटा सबैभन्दा लामो हिमनदीहरू गिल्गित-बल्तिस्तानमा पाइन्छन्। यस क्षेत्रको मुख्य पर्यटन गतिविधि ट्रेकिङ र पर्वतारोहण हो। यो उद्योगको महत्व बढ्दो छ।
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
- गिल्गित बल्तिस्तान परिषद्कको वेबसाइट
- गिल्गित बल्तिस्तान सरकारको वेबसाइट
- गिल्गित बल्तिस्तान सरकारको आधिकारिक पर्यटनको वेबसाइट
- कश्मीर र गिल्गित-बल्तिस्तान मन्त्रालयको आधिकारिक वेबसाइट
- अजर, अम्जद हुसेन, "गिल्गित-बल्तिस्तान:विवादित कि कश्मीर विवादको सिकार?", मूलबाट २२ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१८।
- गिल्गित बस्तिस्तान कर्लीमा