जर्मन पुन: एकीकरण
जर्मन पुन: एकीकरण (जर्मनेली: Deutsche Wiedervereinigung ) सन् १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) संघीय गणतन्त्र जर्मनी (पश्चिम जर्मनी) संग जोडिएर एकिकृत जर्मनी भएको प्रकृया थियो।
एकीकरण प्रक्रियाको अन्त्यलाई आधिकारिक रूपमा जर्मन एकता (जर्मनेली: Deutsche Einheit ) भनिन्छ, प्रत्येक वर्ष ३ अक्टोबरलाई जर्मन एकता दिवसका रूपमा मनाइन्छ।[१] बर्लिन पुनर्मिलन भएर एउटै शहर भयो, र फेरि एकिकृत जर्मनीको राजधानी भयो।
सन् १९९० पछि एकिकृत जर्मनी एक उत्तराधिकारी राज्य नभइ पहिलेको पश्चिम जर्मनीको विस्तारित निरन्तरता हो। विस्तारित संघीय गणतन्त्र जर्मनीले युरोपियन आर्थिक समुदाय (पछि युरोपियन युनियन ), नाटो र संयुक्त राष्ट्र लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा पश्चिम जर्मन सीटहरू कायम राख्यो। पूर्वी जर्मनी सदस्य रहेको वारसा सम्झौतामा र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा, सदस्यता अन्त्य भयो किनभने पूर्वी जर्मनीको नै अस्तित्व अन्त्य आयो।
पुनर्मिलनको प्रक्रिया
सहयोग
बर्लिनको पर्खाल गिरेको २ हप्ता पछी २ नोभेम्बर १९८९ मा पश्चिमी जर्मन चान्सलर हेल्मुट कोलले दुई जर्मनलाई अन्तिम पुनर्मिलनको दिशामा उनीहरूको सहयोग विस्तार गर्न आह्वान गरेर १० बुँदे कार्यक्रम घोषणा गरे। [२]
जर्मन पुन: एकीकरण सन्धि
२३ अगस्ट १९९० मा पूर्वी जर्मनीको संसदले पूर्वी जर्मनी र पश्चिम जर्मनीमा विलयको लागि/ एकीकरणको लागि र पश्चिम जर्मनीको मौलिक कानूनको विस्तारको लागि एक संकल्प प्रस्ताव पारित गर्यो। [३][४][५] पूर्वी जर्मनीको विलयको संकल्प प्रस्तावलाई पश्चिम जर्मनीको संसदले २३ अगस्टमा स्वीकर गर्यो। र औपचारिक रुपमा २५ अगस्ट १९९० को मिति भएको पत्र पूर्वी जर्मन राष्ट्रपति सबिन बर्ग्मानान पोल बाट पश्चिम जर्मनीका राष्ट्रपति रिता सस्समुथलाई पेश गरियो।[६] यसरी, औपचारिक रुपमा, एकीकरणको प्रक्रिया पश्चिम जर्मनीमा पूर्वी जर्मनीको विलय, पश्चिम जर्मनीमा लागू भएको मौलिक कानून पूर्वी जर्मनीमा स्वीकार्य पूर्वी जर्मनीको सार्वभौम निर्णय र पश्चिम जर्मनीको मौलिक कानूनको धारा २३ को व्यव्स्था अनुसार भयो।
अन्तरास्ट्रिय प्रभाव
यसको व्यवहारिक नतिजास्वरुप नव-एकीकृत संघीय गणतन्त्र जर्मनीले पुरानो पश्चिमी जर्मनीको संयुक्त राष्ट्र संघ, नेटो, युरोपेली युनियन र अन्य अन्तराष्ट्रिय संगठनहरूको उत्तराधिकारीको मान्यता पायो। पुरानो पश्चिम जर्मनीको सबै सन्धि सम्झौताको एक पक्षको रुपमा जर्मनीले निरन्तरता दियो। एकीकरण सन्धि अनुसार परिमार्जित मौलिक कानून तथा संवैधानिक कानूनहरू यसको विस्तारित भूभागमा स्वतः लागू भयो। पहिलेको पश्चिम जर्मनीका राष्ट्रपति र चान्सलर आफ्नो पदमा कायम रहे, तर उनीहरूको क्षेत्राधिकारमा भर्खरै गाभिएको पुरानो पूर्वी जर्मनीको क्षेत्र पनि जोडियो।
जर्मन एकताको दिन
सन् १९९० मा भएको पूर्वी जर्मनी तथा पश्चिमी जर्मनीको औपचारिक एकीकारण भएको यो दिनको उपलक्ष्यमा, ३ अक्टोबरलाई त्यसयता जर्मनीको आधिकारिक जर्मन राष्ट्रिय बिदा, जर्मन एकता दिवस (जर्मनेली: Tag der deutschen Einheit ) मानिन्छ। यसअघि पश्चिम जर्मनीमा १७ जुन र पूर्वी जर्मनीमा ७ अक्टोबरलाई राष्ट्रिय दिवस मानिन्थ्यो । [७]
त्यस पछि
- १४ नोभेम्बर १९९० मा, जर्मनी र पोल्याण्डले जर्मन – पोलिस सीमा रेखा सन्धि गरे।
- १५ मार्च १९९१ मा, जर्मनीसँगको सम्मानको साथ अन्तिम सम्झौताको सन्धि लागू भयो । यो सन्धी जो १२ सेप्टेम्बर १९९० मा मस्कोमा पूर्वी जर्मनी र पश्चिम जर्मनी एक पक्षा रहेर र दोश्रो विश्वयुद्धका चार प्रमुख विजयी शक्ती (बेलायत, फ्रान्स, सोभियत संघ र संयुक्त राज्य अमेरिका)को अर्को पक्ष बनेर हस्ताक्षर गरेका थिए । यो सन्धिलाई एकीकृत जर्मनी र अन्य चार सम्बद्ध देशले अनुमोदन गरेका थिए ।
आन्तरिक एकीकरण
पहिलेको पूर्वी जर्मनी र पश्चिमी जर्मनी बिच जीवनशैली, रहनसहन, धनसम्पत्ति, राजनैतिक आस्था र अन्य विषयको गहिरो खाडल अझै छ र अझै पनि यो पनि देखिन्छ। पूर्वी जर्मनीको आर्थतन्त्र एकीकरदेखी नै संघर्षरत रहेको छ, र पश्चिम बाट पूर्वमा धेरै सहुलियत दिदै आइरहेको छ। पहिलेको पूर्वी जर्मनी पटक पटक दक्षिण इटालीको अल्पविकसित क्षेत्र सँग र अमेरिकी गृहयुद्धपछिको अमेरिका सँग तुलना गरिन्छ। पूर्वी जर्मनीको अर्थतन्त्रले लय समातेको भएपनि अझै पूर्वी र पश्चिमी बिच अन्तर छ।[८][९]
धारणा तथा जीवन सन्तुष्टि
पिउ रिसर्च सेन्टर द्वारा २०१९ मा गरिएको एक सर्वेले बताएअनुसार, दुबै पूर्वी र पश्चिम जर्मनीमा बसोबास गर्ने ९०% जर्मनहरू पुनः एकीकरण ठीक भएको विश्वास गर्छन्।,[१०] पश्चिम जर्मनीमा भन्दा पूर्वी जर्मनी हल्का धेरै समर्थन छ।[११] ८३% पूर्वी जर्मनले पूर्वी जर्मनी बजार अर्थतन्त्रमा परिवर्तन भएको समर्थन गरे, १३% ले असमर्थन गरे भने बाँकीले निश्चित नभएको बताए।[१२] जीवन सन्तुष्टि पूर्वी र पश्चिमी जर्मनी दुबैमा १९९१ यता सुधार भएको छ। जीवन सन्तुष्टिको ग्रेडमा १९९१ मा पूर्वी जर्मनीका १५% ले उनीहरूको जीवन सन्तुष्टि ७-१० बिच पर्छ भन्थे २०१९ मा त्यो प्रतिशत ५९% पुग्यो। पश्चिमी जर्मनीमा त्यो बिचमा त्यो प्रतिशत ५२ बाट ६४ पुग्यो। [१०]