न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम

इतिहास

यो भौतिक विज्ञान को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो पुस्तक 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।

गणितीय सुत्र

दुई पिण्ड बिच दुरीमा हुँदा लाग्ने गुरुत्वार्कषण बल ,


Derivation

[१][२]न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्व्यापी नियम अनुसार "कुनै दुई विन्दु पदार्थका बीचमा आकर्षण बल हुन्छ जुन बल ती दुई पदार्थको पिण्डको गुणानफलसँग समानुपातिक तर ती दुई बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ।"

न्यूटनको नियम अनुसार,

i.e. ----------1

i.e. -----------2

समीकरण 1 र 2 लाई मिलाउदा,

, जहाँ गुरुत्वार्कषण स्थिर अङक हो।

  को मान 6.67×  हुन्छ।

को परिभाषा

न्यूटनको गुरुत्वार्कषण अनुसार,

यदि, , भए,

[३]"1kg पिण्ड भएको दुई वस्तुहरुलाई एक मिटरको दुरीमा राख्दा तिनिहरु बिच उत्पन्न गुरुत्वार्कषण बललाई गुरुत्वार्कषण स्थिर अङक( ) भनिन्छ।"

यो भौतिक विज्ञान को आधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले आफ्नो पुस्तक 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले आफूबाट प्राप्त गरेको भनी दाबी गरे।


आधुनिक भाषामा, यो नियमले: कुनै एक बिन्दु पदार्थले अन्य सबै बिन्दु पदार्थहरूलाई, तिनीहरूबीचको रेखाको दिशमा, एउटा बलले आकर्षण गर्छ, भन्छ। उक्त बल तिनीहरूको पीण्डको गुणानफलसँग समानुपातिक र ती बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। यससम्बन्धी प्रयोगशालमा पहिलो जाँच बेलायती वैज्ञानिक हेनरी क्याभेन्डिसले, यसको प्रकाशनको १११ वर्षपछि र लगभाग न्यूटन स्वयंको निधनको ७१ वर्षपछि सन् १७९८ मा गरेका थिए।

यो नियम कोलम्बको सिन्द्धान्तसँग मेल खान्छ, जुन कुनै दुइ चर्ज भएको बस्तुहरू बीचको बल पत्ता लगाउन प्रयोग हुन्छ। यी दुबै नियमहरू दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छन्। कोलम्बको सिद्धान्तमा चार्जको गुणानफल हुन्छ भने न्यूटनको सिद्धान्तमा पीण्डको गुणानफल हुन्छ।

तत्पश्चात यो नियमलाई आइन्स्टाइनको जेनेरल रिलेटिभिटी सिद्धान्त्ले आत्मासात् गरेको छ, तर यो दैनिक जीवनका प्रयोगका लागि अझै पनि एउटा महत्त्वपूर्ण नियम हो। अन्त्यन्त सुक्ष्म अध्ययनका लागि मात्र आइन्स्टाइनको नियमको जरूरत पर्दछ, जस्तै अत्यन्त धेरै पीण्ड र घनत्व भएका बस्तुहरू वा धेरै नै नजिक भएका दुई पीण्ड (जस्तै बुध ग्रह र सूर्य)का बीचको बल अध्ययन गर्न मात्र आइन्सटाइनको सिद्धान्त आवश्यक पर्छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड