न्यु इयर्स डे (टेलर स्विफ्टको गीत)

"न्यु इयर्स डे" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत २७ नोभेम्बर २०१७ मा एल्बमको चौथो एकल रूपमा अमेरिकी रेडियोहरूमा सार्वजनिक गरिएको थियो।[१] स्विफ्टले यस गीतलाई ज्याक एन्टोनअफसँगको सहकार्यमा लेखन र निर्माण गरेकी हुन्।

"न्यु इयर्स डे"
टेलर स्विफ्टको एकल
सार्वजनिक२७ नोभेम्बर २०१७
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
लम्बाई:५५
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • ज्याक एन्टोनअफ
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"इन्ड गेम"
(२०१७)
"न्यु इयर्स डे"
(२०१७)
"गोर्जियस"
(२०१८)

पृष्ठभूमि र सार्वजनिक

"न्यु इयर्स डे" गीतलाई टेलर स्विफ्ट र ज्याक एन्टोनअफले रचना र निर्माण गरेका हुन्। एन्टोनअफले वर्णन गरेकी यो गीत उनी आफ्नो घरमा हुँदा एकदमै छिटो रचिएको थियो।[२] यस गीतलाई रचना गर्नमा स्विफ्टले लण्डनमा हुँदा नयाँ वर्षको अघिल्लो दिन आयोजना गरेको एक पार्टीले प्रेरणा दिएको थियो भने यस गीतको सार पनि त्यहिँ समारोहसँग सम्बन्धि छ।[३][४] "न्यु इयर्स डे" रेपुटेसन एल्बमको सार्वजनिक भएपछि पनि निकै समयपछि सार्वजनिक गराइएको गीत थियो।[५] यस गीतले अमेरिकी कन्ट्रि रेडियोमा एल्बमको चौँथो एकलको रूपमा २७ नोभेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो।[६]

चार्ट प्रस्तुति

"न्यु इयर्स डे" गीत अमेरिकी चार्ट कम्पनी हट कन्ट्रि सङको शीर्ष ४० मा आउँदै चार्ट प्रवेश गरेको थियो भने पछि यो गीत शीर्ष ३३ मा आउन सफल भएको थियो। यस गीतले कन्ट्रि एयरप्ले चार्टको पनि ४१अौँ स्थानमा आएको थियो। यो गीत सन् २०१४ मा स्विफ्टको सेक इट अफ पछि दुवै चार्टमा प्रवेश गर्ने पहिलो गीत बनेको थियो। यो गीत क्यानडाको आधिकारिक चार्ट कम्पनी क्यानडेली हट १०० मा शीर्ष ५०अौँ स्थानमा आउन सफल भएको थियो।

प्रत्यक्ष प्रस्तुति

"न्यु इयर्स डे" गीतको प्रत्यक्ष प्रस्तुति अक्टोबर २०१७ मा स्विफ्टको रेपुटेसन विश्व भ्रमणका बेलामा रेकर्ड गरिएको थियो। भने उक्त प्रस्तुतिलाई एबीसि टेलिभिजन द्वरा ९ नोभेम्बर २०१७ मा पुन:प्रसारण गरिएको थियो।[७] स्विफ्टले यस गीतलाई १३ नोभेम्बर २०१७ मा जिम्मी फलोनको द टुनाइट सो विथ जिम्मी फलोन कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[८][९] यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा विभिन्न देशका सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१०]

चार्ट

चार्ट (२०१७–१८)शीर्ष
स्थान
बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[११]३३
 क्यानडा (क्यानडा कन्ट्री)[१२]५०
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१३]३३
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[१४]४१

सार्वजनिक इतिहास

देशमितिढाँचालेबलसन्दर्भ
 संयुक्त राज्य अमेरिका२७ नोभेम्बर २०१७कन्ट्रि रेडियोबिग मेसिन[१५]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड